Search

दोलखा भीमेश्वर मन्दिर सर्वसाधारण नागरिक र भक्तजनहरुको दर्शनको लागि भोली २८ गतेदेखि खुल्ला

दोलखा भीमेश्वर मन्दिर सर्वसाधारण नागरिक र भक्तजनहरुको दर्शनको लागि भोली २८ गतेदेखि खुल्ला

अजय प्रधान, दोलखा ।
२७, भाद्र, बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ स्थित ऐतिहासिक शहरमा अवस्थित साक्षात दोलखा भीमेश्वरको मन्दिर सर्वसाधारण र भक्तजनहरुको दर्शनको लागि भोली देखि खुल्ला गर्ने भएको छ । कोभिड १९ को संक्रमणबाट भक्तजनहरुलाई बचाउनको लागि २०७७ मंसिर १९ गतेदेखि प्रवेशद्धार बन्द गरेर बाहिरबाट दर्शन गराउर्दै आएकोमा हिजो २६ गते क्षमापूजा गरी अगाडीको च्यानल गेट खुल्ला गरिएको थियो ।

दोलखा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको सल्लाह र निर्देशन अनुसार दोलखा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को आउने बैठकमा निर्णय अनुमोदन गर्ने गरी भोली देखि भीमेश्वर मन्दिर सर्वसाधारण नेपाली दाजुभाई, दिदीबहीनी र भक्तजनहरुको दर्शनको लागि खुल्ला गर्ने भएको छ भनी भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठले आज जानकारी दिनु भयो ।

यसै गरी लामो समयदेखि बन्द भए पश्चात हिजो क्षमा पूजा गरि च्यानल गेट खोलिएको र आज फेरी प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेज्यूबाट सामाजिक धुरी कायम गर्नुका साथै अन्य स्वास्थ्य सम्वन्धीको मापदन्डहरुको बारेमा भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितीले व्यवस्थापन गर्ने गरि सर्वसाधारणको लागि दर्शन गर्न खोल्ने भन्ने सल्लाह भए बमोजिम भोली देखि सामाजिक धुरी कायम गरी माक्स र स्यानिटाईजर प्रयोग गरि साक्षात भगवान भीमेश्वरको मन्दिर दर्शनको लागि तयारी भईरहेको भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो ।

साक्षात भगवानको दर्शन गर्न आउने भक्तजन नेपाली दाजुभाई, दिदीबहीनीहरुको लागि खुसीको कुरा भएकोले सम्पूर्ण भक्तजन दाजुभाई, दिदीबहीनीहरु दोलखा भीमेश्वरको दर्शनको लागि आउनको लागि यसै बाँपीझ्याला अनलाईन पत्रिकाबाट हार्दिक आमन्त्रण गर्नुका साथै विनम्र अनुरोध गरिएको छ भनी वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment