Search

होमस्टे घरवास अध्ययन अवलोकन भ्रमण सम्पन्न

होमस्टे घरवास अध्ययन अवलोकन भ्रमण सम्पन्न

बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका चरिकोट दोलखाको आर्थिक सहयोग र कम्युनिटी रुरल डेभलपमेन्ट सोसाईटी नेपाल दोलखाको संयोजनमा १६ फाल्गुण देखि १९ फाल्गुण २०७७ सम्म होमस्टे घरवास अध्ययन, अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरिएको छ ।
भीमेश्वर नगरपालीका दोलखा, दातृ संस्था फोरुट नर्वेको आर्थिक संहयोग र ग्रामीण विकास टुकी संघ चरिकोट, सिविन नेपाल र कम्युनिटी रुरल डेभलपमेन्ट सोसाईटी नेपाल दोलखा आयोजनामा यही फाल्गुण ८ गते देखि १० सम्म भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा चम्पूजामा तालिम सम्पन गरिएको थियो ।


यसै तालिमको निरन्तरता संगै भीमेश्वर नगरपालीका चरिकोट दोलखाको आर्थिक सहयोगमा होमस्टे अध्ययन अवलोकन भ्रमणको आयोजना गरिएको हो । अध्यन, अवलोकन भ्रमणको क्रममा अग्यौली –५, बाघखोर नगरपालीका स्थित अमलटारी मध्यवर्ती सामूदायिक होमस्टे, पोखरा नगरपालीका वडा नं २२ स्थित कालावाङ घरेडी सामूदायिक होमस्टे र बन्दीपुर सामूदायिक होमस्टे, बन्दिपुरमा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरिएको कम्युनिटी रुरल डेभलपमेन्ट सोसाईटी नेपाल दोलखाका उपाध्यक्ष गोपाल प्रधानले बताउनु भयो ।


यसै गरी उक्त होमस्टे अध्ययन भ्रमणमा भीमेश्वर नगरपालीका वडा नंं १, २ र ६ का स्थानिय वासिन्दाहरुको सहभागीता रहेको थियो । उक्त होमस्टे अवलोकन भ्रमण कार्यक्रममा भीमेश्वर नगरपालीकाका उपमेयर कमला बस्नेत, भीमेश्वर नगरपालीका वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, नसस चरित्र कृष्ण जोशी, सचिव विना श्रेष्ठ र सहभागीहरु समेत गरी जम्मा ३६ को सहभागीता रहेको थियो । जसमा महिला सहभागीता १६ र पुरुष सहभागी २१ जनाको रहेको उपाध्यक्ष प्रधानले बताउनु भयो ।


यसरी तिनै स्थानमा गरिएको होमस्टेले अध्ययन भ्रमण गरेको कार्यक्रमहरुमा भीमेश्वर नगरपालीकाका उप मेयर कमल बस्नेतज्युको उपस्थिती रहेको थियो । यसै क्रममा अवलोकन भ्रमणको औचित्य र महत्व माथी प्रकाश पार्नु हुर्दै आगामी दिनमा दोलखा जिल्ला भीमेश्वर नगरपालीकाका स्थानिय वासिन्दाहरुले पनि अध्ययन भ्रमणको उपलब्धीलाई सदुपयोग गर्नुका साथै आन्तरीक, बाह्य पर्यटकहरुको आगमनको माध्यमको रुपमा होमस्टे घरवास कार्यक्रमलाई अघि बढाई विशेषतः महिलाका साथ साथै पुरुषहरुको आम्दानीको श्रोत बृद्धि हुने कुरामा विश्वास रहेको बताउनु भयो । यस कार्यक्रमले स्थानिय वासिन्दाहरुलाई मात्र फाईदा नभै भीमेश्वर नगर अनी दोलखा जिल्लालाई समेत फाईदा र राम्रो हुने भनाई व्यक्त गर्नु भयो ।


यसै गरी वडाध्यक्ष विराजमान श्रेष्ठले अहिले भीमेश्वर नगरपालीकाले नगरपालीका भित्रको वडा न.ं १, २ र ६ लाई होमस्टे घरवास सम्वन्धी तालिम दिएर सो सम्वन्धी अध्ययनको लागि अवलोकन अध्ययन भ्रमण गर्ने मौका प्रदान गरको छ ।

यसैले तालिममा सहभागी स्थानिय वासिन्दाहरुले होमस्टे घरवासलाई एउटा आम्दानीको स्रोतको रुपमा अघि बढाउनेमा आफु विश्वस्त रहेको र यसको लागि आफु सधै सहयोग गर्न तयार रहेको भनाई राख्नु भयो ।


यसै गरी संयोजक संस्थाको तर्फबाट उपाध्यक्ष गोपाल प्रधानले होमस्टे तालिम, अवलोकन भ्रमण कार्यक्रम भीमेश्वर नगरपालीकाका स्थानिय वासिन्दाहरुका लागि आवश्यक थियो ।

जुन फोरुट नेपाल, भीमेश्वर नगरपालीकाको वितिय सहयोग र ग्रामीण विकास टुकी संघ चरिकोट, दोलखा र सिविन नेपालले आफु रहेको संस्थालाई समेत साझेदारी संस्थामा आवद्ध गरी होमस्टे तालिम र अध्ययन अवलोकन कार्यक्रममा सहयोग गरेकोमा सहयोगी संस्थाहरु प्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा पनी कम्युनिटी रुरल डेभलेपमेन्ट सोसाईटी नेपाल दोलखाले दोलखा जिल्लावासी र भीमेश्वर नगरवासीको लागि यस्तै कार्यक्रम गर्दै अघि बढ्दै जानेमा आफु र आफ्नो संस्था लागि परिरहने भनाई व्यक्त गर्नु भयो ।

यसै गरी होमस्टे घरवास कार्यक्रमको अध्ययन अवलोकन भ्रमणमा जानु हुने सहभागीहरुको लागि भीमेश्वर नगरपालीका वडा न. २ लिष्टोल घर भई हाल बुटवल बस्दै आउनु भएका डा. प्रायश्चित श्रेष्ठ र सरोज श्रेष्ठले बुटवल स्थित बिहानी खाजाको लागि संयोजन गरी सहयोग गर्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!