Search

कंगना रनौतका कारण फेरि ऋतिक रोशन समस्यामा

कंगना रनौतका कारण फेरि ऋतिक रोशन समस्यामा

बाँपीझ्याला, एजेन्सी । अभिनेता ऋतिक रोशन एक पटक फेरि अभिनेत्री कंगना रनौतका कारण समस्यामा आएका छन् । कंगनाले दायर गरेको मुद्दामा अपराध शाखा मुम्बईले ऋतिक रोशनलाई सूचना दिँदै शनिबार बयान दिनका लागि बोलाएको छ ।

ऋतिक रोशनले शनिबार अपराध शाखाको क्रिमिनल इन्टेलिजेन्स यूनिटमा आफ्नो बयान दिनुपर्ने छ । सन् २०१६ मा ऋतिक रोशनले कंगनाको अकाउन्टबाट १०० भन्दा बढी ईमेल पठाएको भन्दै मुद्दा दायर गराएका थिए । सोही मुद्दामा चेकजाँच चलिरहेको छ ।

कंगनाले ऋतिकले मेल पठाएको आरोप लगाउँदै आएको समयमा ऋतिकले मेल नपठाएको भन्दै कंगनामाथि छानबिन गर्न भन्दै मुद्दा दायर गराएका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment