Search

‘कालीपुरुष’ मा वर्षा शिवाकोटी

‘कालीपुरुष’ मा वर्षा शिवाकोटी

बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री वर्षा सिवाकोटी फिल्म छोड्ने र जोडिनेमा अन्य अभिनेत्री भन्दा निकै अगाडि छिन् । केही अगाडि फिल्म ‘सुदूर’ छोडेकी अहिले भने ‘कालीपुरुष’ नामक एक नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । फिल्म राघव आचार्यले निर्देशन गर्न लागेका हुन् । ‘कालीपुरुष’ अहिलेलाई राखिएको फिल्मको टाइटल हो । काम गर्दैजादा फिल्मको नाम परिवर्तन पनि हुन सक्ने निर्माण युनिटले जनाएको छ ।

मानकृष्ण महर्जनको छायाँंकन रहने ‘कालिपुरुष’मा नव–नायक रमेश बाँनियाको पनि मुख्य भूमिका रहनेछ । फिल्मको अन्य टिम समेत छनौटको क्रममा रहेका छन् । सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको यो फिल्म इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । फिल्मको छायाँकन फागुणको अन्तिम साताबाट सुरु बताइएको छ ।
हालै ‘परदेशी २’को छायांकन सकाएकी वर्षा पछिल्लो समय व्यवसायमा पनि आवद्ध छिन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment