Search

कोरोना निको भएका बिरामीमा देखियो घातक ‘म्युकोर्मिकोशिस’

कोरोना निको भएका बिरामीमा देखियो घातक ‘म्युकोर्मिकोशिस’

२७ बैशाख, बाँपीझ्याला, काठमाण्डौं, बिबिसी । गत शनिबार बिहान मुम्बईस्थित आँखा विशेषज्ञ डा अक्षय नैर र उनका समकक्षीहरु ३ हप्ता अघि कोरोना निको भएकी एक २५ बर्षिया महिलाको मधुमेह जाँच गर्दै थिए । जाँच गर्दागर्दै उनको नाकमा एक नली घुसाएर पुनः स्वाब परिक्षण गरियो । जसमा एकदमै घातक मानिने ‘म्युकोर्मिकोशिस’ नामक फंगसको संक्रमण रहेछ ।


यसले उनको नाक, आँखा र दिमागलाई पनि धेरै असर पुर्याइसकेको रहेछ । उनले आफ्नो ज्यान बचाउन आँखा निकाल्नुपर्ने भयो । पछिल्लो समय भारतका नयाँ भेरियन्टको कोरोना महामारी फैलिएपछि कोरोना संक्रमणमाट मुक्त भएकाहरुमा डाक्टरहरुले विभिन्न प्रकारका नयाँ तथा अच्चम्म लाग्दा संक्रमण अनुभव गरेका छन् । जसमा म्युकर्मोकोशिस पनि एक हो ।

के हो म्युकर्मोकोशिस ?
डा. नैरका अनुसार म्युकर्मोकोशिस एक दुर्लभ संक्रमण हो । यो सडेगलेका फलफुलहरु, फोहोरको डंगुर, माटोलगायत जताततै हुन्छ । यो स्वस्थ मानिसको नाकभित्र पनि हुनसक्ने उनको भनाई छ ।

यसले खासगरी नाक, आँखा र घाँटीको बीचमा हुने साइनसभित्र असर गर्छ । यसले दिमागमा असर गर्नुका साथै मधुमेहसँगै फोक्सोमा असरसँगै तथा मृत्युसम्म हुने सम्भावना रहन्छ । यस्तै यसले प्रतिरक्षा प्रणाली कम भएका तथा एचआइभी एड्स संक्रमण रहेका बिरामीलाई भने ठुलो असर पार्ने देखिन्छ ।
डाक्टरहरु भने म्युकर्मोकोशिस संक्रमण भएको बिरामीहरुको मृत्युदर ५० प्रतिशत हुने अनुमान गर्छन ।

तर, यसको रोकावटका लागि विभिन्न हर्मोनहरुले भने सहयोग गर्ने गर्छन् । यी हर्मोनहरुले फोक्सो ड्यामेज हुनेदेखि विभिन्न अप्ठ्याराहरुलाई परास्त गर्ने गर्छन । यो संक्रमणले कोरोना संक्रमण भएका विरामीलाई मधुमेह बढाउनुका साथै मधुमेहको मात्रा भने बढाईदिन्छ ।

डा नैर मुम्बईका ३ अस्पतालमा काम गर्दै आएका छन् । उनले अप्रिलमा मात्रै ४० बढि संक्रमितमा म्युकर्मोकोशिसको संक्रमण रहेको भेटाएका थिए । जसमध्ये धेरैजसो कोरोना निको भएर मधुमेहको शिकार भएका थिए । यस्तै ११ जनाले शल्यक्रियामार्फत आफ्नो आँखा गुमाइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै मुम्बईका विभिन्न अस्पतालमा यसका संक्रमितहरु बढिरहेको समेत उनले बताएका छन् । यस्तो संक्रमण भएका विरामीहरुमा नाकबाट रगत आउने, सिँगान बगिरहने, आँखा सुन्निने र दुख्ने, विस्तारै आँखा देख्न छोड्नेलगायतका समस्या देखा पर्छन । यस्तै यो संक्रमण भएपनि नाकको वरिपरि कालो धब्बा देखिनेसमेत समस्या देखापर्छ ।

चिकित्सकहरुका अनुसार यस्तो संक्रमण भएका विरामीहरु अस्पतालमा प्राय ढिलो आउने गर्दछन् । विरामीहरु प्राय आफ्नो आँखाको दृष्टि गुमाईसके पनि आउनाले शल्यक्रिया गरेर आँखा निकाल्नुपर्ने डाक्टरहरु बताउँछन् । यसरी आँखा शल्यक्रियामार्फत निकाल्दा यसको संक्रमण दिमागसम्म पुग्न पाउँदैन र बिरामी मृत्युको मुखसम्म पुग्नबाट बच्छन् ।

तर, डाक्टरहरु यदि बिरामी आँखाको दृष्टि गुमाउनुअघि नै आफुकहाँ आए गिजा निकालेर पनि यसको संक्रमण विस्तारलाई रोक्न सकिने बताउँछन् । यसका लागि प्रभावकारी मानिएको एक खोप प्रतिडोजको ३ हजार ५ सय रुपैयाँ पर्छ । जुन प्रत्येक दिन ८ हप्तासम्म लगाउनुपर्छ । यसले संक्रमण रोक्न मद्दत पुर्याउने चिकित्सकहरु बताउँछन् । बिबिसीबाट अनुवाद

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!