Search

एमालेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियान दोलखाको सबै स्थानीय तहमा

एमालेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियान दोलखाको सबै स्थानीय तहमा
बाँपीझ्याला, दोलखा । नेकपा एमालेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियान दोलखाको सबै स्थानीय तहमा सञ्चालन भइरहेको छ । नेकपा एमालेले संगठन सुदृढिकरणका लागि सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियान जिल्लाको सबै पालिकामा चलिरहेको हो । गत फागुन १० गते जिल्ला कमिटीको बैठक बसेर कार्ययोजना सहित ग्रासरुट अभियान थालेको नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । ग्रासरुट... Read More

बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदै

बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदै
बाँपीझ्याला, काठमाण्डौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत लिंदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ । यसअघि सरकारमा सहभागि राप्रपाले आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो... Read More

रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता

रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता
बाँपीझ्याला, काठमाण्डौं । सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषकलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा अनुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नेपाल र बङ्गलादेशबीच... Read More

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा घोडेजात्रा सम्पन्न

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा घोडेजात्रा सम्पन्न
बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो । शो–जम्पतर्फ सहसेनानी राजेश श्रेष्ठ... Read More

ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा
बाँपीझ्याला, काठमाडौँ । काठमाडौ‌ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा... Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी
७ चैत, बाँपीझ्याला, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डबिरुद्ध नाराबी गर्दै बिरोध जनाएका थिए... Read More

बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ
७ चैत, बाँपीझ्याला, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल काठमाण्डौंस्थित बूढानीलकण्ठ नगरपालिका–१३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन... Read More

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
बाँपीझ्याला, काठमाडौँ । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठन गरेको सो समितिले आज एक सूचना जारी गर्दै सुझाव माग गरेको हो । “आगामी आर्थिक वर्ष २०८०र८१ को आर्थिक ऐन, तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजश्व नीतिका साथै भन्सार महसुल, मूल्य... Read More

सल्यानमा किराना पसल जलेर घाइते भएका तीन जनालाई उपचारका लागि भारत लगियो

सल्यानमा किराना पसल जलेर घाइते भएका तीन जनालाई उपचारका लागि भारत लगियो
बाँपीझ्याला, काठमाडौँ । सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोलास्थित शंकर रानाको किराना पसल जलेर घाइते भएका तीन जनालाई उपचारका लागि भारत लगिएको छ। तीन कोठाको टिनले छाएको एकतले घरमा रहेको किराना पसलमा आगलागी हुँदा घाइते भएका चार जनालाई मेडिकल कलेज कोहलपुर बाँकेबाट थप उपचारका लागि लख्नऊ लगिएको हो। घाइते भएका १८ वर्षीय क्षेत्रमणि रानाबाहेक घरधनी २४ वर्षीय शंकर राना, २६ वर्षीय... Read More

चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखे

चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखे
बाँपीझ्याला, काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन्। रूस-युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ। दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो। रूसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा शक्तिराष्ट्रहरूले... Read More
1 2 3 785
error: Content is protected !!