Search

निर्माण उद्योगको समस्या समाधान गर्न सरकार गम्भीर रहेको छ : प्रकाशमान सिंह, उपप्रधानमन्त्री

निर्माण उद्योगको समस्या समाधान गर्न सरकार गम्भीर रहेको छ :  प्रकाशमान सिंह, उपप्रधानमन्त्री

नेपाल सम्वत् ११४४ दिल्लाथ्व, २ (८ साउन, २०८१) मंगलबार बाँपीझ्याला । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूको भुक्तानी लगायतका समस्या समाधान गर्न सरकार गम्भीर गृहकार्यमा रहेको बताउनु भएको छ ।

मंगलवार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग शहरी विकास मन्त्रालयमा भेट गर्दै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले सरोकारवालासँग छलफल गरी निर्माण उद्योगको समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभयो । निर्माण व्यवसायीहरूका लागि काम गर्ने उपयुक्त वातावरण सरकारले तयार गर्ने उहाँले बताउनुभयो ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले निर्माण उद्योग शिथिल हुँदा समग्र अर्थतन्त्रमा गम्भीर चाप परेको स्विकार गर्नुभयो । महासंघ अध्यक्ष रवि सिंहले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंह समक्ष अव्यवहारिक ऐन नियम, भुक्तानी, सरकारी निकायबीचको समन्वय अभाव लगायतका समस्याले गर्दा निर्माण उद्योग कठीन मोडमा पुगेको जानकारी गराउनुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई भेट :
यसै गरी महासंघ प्रतिनिधिमण्डलले मंगलवार नै उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई भेटी निर्माण उद्योगमा देखिएको भुक्तानी लगायतका समस्याहरूबारे जानकारी गराएको छ । जवाफमा मन्त्री खड्काले सरकार र निर्माण व्यवसायीहरू हातेमालो गरी मुलुकको विकासमा जुट्नुपर्ने धारणा राख्नुभयो ।

निर्माण उद्योगको समस्यालाई सरकारले गम्भीर रुपमा लिएको मन्त्री खड्काले बताउनुभयो । मन्त्री खड्काले निर्माण व्यवसायीहरूले समयमै गुणस्तरीय काम गर्नुपर्ने बताउनुभयो । महासंघ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री र उर्जा, जलस्रोत तथा र्सिचाई मन्त्रीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!