Search

इस्लाम धर्मावलम्वीले मनाउने ‘ईद उल फित्र’ को अवसरमा सार्वजनिक बिदा

इस्लाम धर्मावलम्वीले मनाउने ‘ईद उल फित्र’ को अवसरमा सार्वजनिक बिदा
२९ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । आज सार्वजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेपछि ‘ईद उल फित्र’ बिहीबार मनाउने भएपछि आज सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो । ईदको दिनमा नमाज पूरा गरे पछि एक अर्कालाई अंकमाल... Read More

प्रधानमन्त्री दाहालद्वारा ईद पर्वको अवसरमा शुभकामना व्यक्त

प्रधानमन्त्री दाहालद्वारा ईद पर्वको अवसरमा शुभकामना व्यक्त
२९ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश जारी गर्नुहुँदै इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम... Read More

भीमेश्वर नगरपालिका वडा नं. ५ किराँतीछापमा धार्मिक ग्रन्थ सम्बन्धी पुस्तकका लागि महायज्ञ

भीमेश्वर नगरपालिका वडा नं. ५ किराँतीछापमा धार्मिक ग्रन्थ सम्बन्धी पुस्तकका लागि महायज्ञ
२८ चैत्र, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. ५ किराँतीछापमा आफूले खोजेको पुस्तक सहजतरिकाले उपलब्धहुने गरी धार्मिक ग्रन्थ सम्बन्धी पुस्तकहरुकालागि महायज्ञ सुरु गरिएको छ । यसरी सबै धर्मका धर्मलम्वी र भक्तजनहरुलाई विभिन्न धर्मका ग्रन्थहरु लगायतका पुस्तकहरु अध्ययन र अनुसन्धानको लागि धार्मिक पुस्तकालय स्थापना गरिने भएको छ । प्राचिन बस्ती किराँतहरुको भूमिको रुपमा परिचित किराँतीछापमा आज चैत्र २८ गते २०८०... Read More

राष्ट्रपति सभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले शपथ लिए

राष्ट्रपति सभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले शपथ लिए
२८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।​ राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभाको उपाध्यक्ष... Read More

महाकवि गिरिजाप्रसाद जोशीको ८६ औं जन्म जयन्ती मनाईए

महाकवि गिरिजाप्रसाद जोशीको ८६ औं जन्म जयन्ती मनाईए
२८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । काठमाडौं रत्न राज्यलक्ष्मी क्याम्पसको करिब ४५ बर्ष पूरानो गौरवमय इतिहास बोकेको सुकुन्दा साहित्य पालाद्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्म जयन्ती मनाईएको छ । उक्त पालाले गत साल पनि महाकवि गिरिजाप्रसाद जोशीको ८५ औ जन्म जयंति मनाउने कार्य गरेका स्मरणीय छ । महाकविको जन्मदिन चैत २४ गते शनिबार पारेर गरिएको कार्यक्रममा भर्खरै बित्नु भएका महाकवि... Read More

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
२८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् । बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए । यस अघि कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी... Read More

सरकारले आसन्न लगानी सम्मेलनलाई लक्षित गर्दै १२ कानुन संशोधनको तयारी

सरकारले आसन्न लगानी सम्मेलनलाई लक्षित गर्दै १२ कानुन संशोधनको तयारी
२८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । सरकारले आसन्न लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न १२ कानुन संशोधनको तयारी थालेको छ । लगानी भित्र्याउन कानुनी जटिलता फुकाउने तयारीमा रहेको सरकार आवश्यक परे कानुन संशोधनका लागि अध्यादेशको विकल्पमा समेत जाने तयारीमा छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभाको बुधवार भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् ।... Read More

फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ शुक्रबार देखि प्रदर्शन हुने

फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ शुक्रबार देखि प्रदर्शन हुने
२८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ शुक्रबार प्रदर्शन तयारीमा छ । देशव्यापी रिलिज हुन दुई दिन बाँकी रहँदा एड्भान्स टिकट बिक्री खुला भएको छ । देशभरका हलले दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्मलाई उत्साहजनक शो दिएका छन् । क्यूएफएक्सले ६१ शो दिंदा आईएनआईले २१ शो दिएको छ । वान सिनेमाजले... Read More

प्रभु बैंक र नेपाल क्लियरिब हाउस लि. विच नेपाल – भारतबीच अन्तर्देशीय कारोबार सम्वन्धी सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिब हाउस लि. विच नेपाल – भारतबीच अन्तर्देशीय कारोबार सम्वन्धी सम्झौता
२८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । प्रभु बैंक लि. र नेपाल क्लियरिब हाउस लि. (एनसीएचएल) का विच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्फबाट प्रमुख व्यवसाय अधिकृत श्री रश्मी पन्त र नेपाल क्लियरिब हाउस लि. (एनसीएचएल) का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेशमान सिंह प्रधानले हस्ताक्षर गरिएको... Read More

आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन
२८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक १:१५ बजे बोलाइएको छ । संसद्‌ सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने छन् । राष्ट्रियसभा सदस्य दुर्गा गुरूङले ‘राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने... Read More
1 2 3 4 5 1,032
error: Content is protected !!