नेपाल सम्वत् ११४४ दिल्लाथ्वः ११, (२ श्रावण, २०८१) बुधबार, बाँपिझ्याला । प्रत्येक महिनाको विहीवार पशुपती चौलागाईं प्रादेशिक अस्पताल चरिकोटमा मानसिक रोग सम्वन्धी सल्लाह र सेवा प्रदान गर्ने गरिएको छ ।
मानसिक अस्पताल लगनखेलको प्राविधिक सहयोगमा विगत एक बर्षदेखि उक्त सेवा पशुपती चौलागाई प्रादेशिक अस्पतालबाट सेवा प्रदान आईरहेको छ भनी मानसिक अस्पताल विकास समिती लगनखेलका अध्यक्ष मधुकर तुलाधरले बाँपिझ्याला डटकमलाई बताउनु भयो ।

यसै गरी भोली साउन ३ गते विहीवार मानसिक रोगसँग सम्वन्धीत डाक्टर बासुदेव कार्कीको साथमा आफुपनी चरिकोट जान लागेको उहाँले बताउनु भयो । साथै दोलखा जिल्लामा रहेका मानसिक रोगीहरुलाई सेवा लिनको लागि उपत्ययका आउन नपरोस् भन्ने उद्देश्यले उक्त सेवा चरिकोट स्थित पशुपती चौलागाई अस्पतालबाट सेवा प्रदान गरिएको समेत उहाँको भनाई रहेको छ ।
यस सम्वन्धमा डा. बासुदेव कार्कीसंग सम्पर्क गर्दा, दोलखामा मानसिक रोग संग सम्वन्धीत रोगी विरामीहरु प्रायः दिर्घ मानसिक रोगबाट ग्रसित भएको पाईएको छ । यसै गरी सल्लाह र सचेतना हुनका लागि आउने अन्य विरामीहरुमा छारे रोग र मानसिक चिन्तामा रहेका विरामीहरु आउने गरेको बताउनु भयो । आफु चरिकोटजादा एक पटकमा ५०–६० जना विरामीहरुलाई सेवा उपलब्ध गराउँर्दै आएको समेत उहाँको भनाई रहेको छ ।
यसै गरी नेपाल सरकारको आर्थिक बर्ष २०७७/०७८ मा गरिएको राष्ट्रिय मानसिक रोग स्वास्थ्य सर्भेक्षण अनुसार कुल जनसंख्याको ४.१० % प्रतिशत समूदायका सदस्यहरुलाई मानसिक उपचार गराउनु पर्ने आकंडा देखिएको भएतापनी सो अनुसार उपचार र सल्लाहको लागि विरामीहरु आएको छैन भन्नु भयो । समस्या देखिएका विरामीहरु आएको भएतापनी साधारणतया मानसिक समस्या भएको विरामीहरु नआएको उहाँको भनाई रहेको छ ।
यसरी बैज्ञानिक उपचारको लागि सर्वसाधारण रोगीहरु आउने गरेको छैन । जसको लागि प्रचार प्रसारको कमी आफुले महशुष गरिएको समेत उहाँले बताउनु भयो । यसको लागि प्रदेश सरकार, स्थानिय सरकारले मानसिक रोग सम्वन्धी आवश्यक परामर्श सहीत सचेतामुलक कार्यक्रम संचालनमा ल्याउनु पर्ने भनाई राख्नु हुन्छ ।
औषधी मात्र खाएर मानसिक रोग निको हुने भन्दा पनी उक्त रोगबाट कसरी टाढा रहने भन्ने मुल कुरा रहेकोले सो सम्वन्धी आवश्यक परामर्श सहीत चेतनामुलक कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनु भयो । र यस रोग रोगी आफैले निको पार्नु पर्नेमा सचेत हुनु पर्ने हुन्छ भन्नु भयो । यसको लागि आवश्यक परामर्श सेवा र औषधी सेवनको लागि सल्लाह र सुझाव लिनको लागि प्रत्येक महिनाको विहीवार चरिकोट स्थित पशुपती चौलागाईं अस्पतालले दिर्दै आएको सेवा लिन आउन पनी दोलखा जिल्लावासीलाई आग्रह सहित अनुरोध गर्नु भएको छ ।
यसै गरी गाउँ गाउँमा रहेका मानसिक रोग सम्वन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले उक्त तालिमको सदुपयोग गर्नु पर्छ नकी तालिम लिएर प्रमाण पत्र मात्र लिएर बस्ने होईन भन्नु भयो ।
