नेपाल सम्वत् ११४४ दिल्लाथ्व, ३ (९ साउन, २०८१) बुधबार, बाँपीझ्याला, दोलखा । दोलखाका युवा नेता कुन्दनराज काफ्ले बागमती प्रदेश सरकारको मन्त्री बनेका छन् ।
बागमती प्रदेशसभा सदस्यमा दोलखाबाट निर्वाचित सांसद काफ्लेले विना विभागीय मन्त्रीको शपथ लिएका हुन् । उनी प्रदेशसभामा रहेका कांग्रेस सांसद मध्ये लोकप्रिय र जुझारु युवा नेताका रुपमा उनी चिनिन्छन् ।
जम्कट्टेल नेतृत्वको सरकारको पछिल्लो पटक मन्त्रीमण्डल पुर्नगठनमा पनि काफ्लेको नाम मन्त्रीको चर्चामा थियो । तर, यो पटक उनलाई मन्त्री बनाइएको हो ।
उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिईएको छ । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदु कुमार श्रेष्ठले शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका थिए ।