नेपाल सम्वत् ११४४ बछलाथ्व (५ अषाढ २०८१) बाँपिझ्याला । प्राचीन दोलखा शहरको दि पुखुर्चा रिसोर्टमा ग्रामीण सामुदायिक विकास परिषद दोलखाद्वारा आयोजित तीनदिने पत्रकारिता प्रशिक्षण र रेडियो उद्घोषण तालिम शुुभारम्भ भएको छ । सो कार्यक्रमलाई बाँपिझ्याला मिडिया प्रा.लि.ले संयोजन गरेको हो । आज ५ गतेदेखि ७ गतेसम्म संचालन उक्त कार्यक्रम संचालन हुनेछ ।
परिषदका अध्यक्ष उपेन्द्र प्रधानको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि दोलखा जिल्ला समन्वय समितिका प्रमुख वर्जुराम घतानी, विशेष अतिथिमा दोलखा जिल्ला प्रहरीका प्रहरी निरीक्षक जीवन श्रेष्ठ रहेका थिए । त्यसैगरी अतिथिहरुमा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाली काँग्रेस दोलखा जिल्लाका प्रवक्ता राकेश श्रेष्ठ, नेकपा एमालेका जिल्ला सदस्य ज्ञानेन्द्र प्रधान, नेकपा माओवादी केन्द्रका भीमेश्वर नगर दोलखाका इन्चार्ज सुब्बा श्रेष्ठ पत्रकार महासंघका पूर्व सदस्य जीवन लामा र पत्रकार बाबुराम शर्मा लगायतका पत्रकार तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।
यसै गरी भीमेश्वर पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ, पशुपति चौंलागाईं अस्पताल सञ्चालन समितिका अध्यक्ष तथा भीमेश्वर नगर वडा नं. २ का काँग्रस अध्यक्ष भरतप्रधान, राजकुलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक कुमारी जोशी चाकुबजी, समकालीन एकता समाज नेपालकी अध्यक्ष सकुना श्रेष्ठ, राजकुलेश्वर आधारभूत विद्यालयका पूर्व प्र.अ.हर्कबहादुर श्रेष्ठ, ग्रामीण विकास टुकी संघका कार्यकारी अधिकृत पुर्षार्थ श्रेष्ठ, नेवाः देय् दवु दोलखा जिल्ला अध्यक्ष देवेन्द्रनाराण प्रधान लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक संघसंस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता तथा प्रशिक्षक र विद्यार्थीहरूको उपस्थित रहेका थिए ।
परिषदका सदस्य अजय प्रधानबाट स्वागत मन्तव्य व्यक्त भएपछि प्रमुख अतिथि बर्जुराम घतानीबाट कार्यक्रम विधिवत् उद्घाटन भएको थियो । राष्ट्रप्रेमी नृत्य प्रदर्शन गरिएका थिए । यसपछि शुभकामना मन्तव्य दिनेहरुमा जिल्ला समन्वय समिती दोलखाका प्रमुख एंव प्रमुख अतिथी बर्जुराम घतानी, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाली काँग्रेस दोलखा जिल्ला प्रवक्ता राकेश श्रेष्ठ, नेकपा एमालेका ज्ञानेन्द्र प्रधान, पत्रकार महासंघ जिल्ला शाखा दोलखाका पुर्व अध्यक्ष जिवन लामा, माओवादी केन्द्र भीमेश्वर नगर ईञ्चार्ज सुब्बा श्रेष्ठ, पशुपति चौंलागाई मेमोरियल अस्पताल सञ्चालनका अध्यक्ष भरत प्रधान
को क्रममा समकालीन एकता समाज नेपालकी अध्यक्ष सकुना श्रेष्ठ, नेकपा एमालेका ज्ञानेन्द्र प्रधान, पशुपति चौंलागाई मेमोरियल अस्पताल सञ्चालनका अध्यक्ष तथा भीमेश्वर नगर वडा नं. २ का काँग्रस अध्यक्ष भरत प्रधान र समकालिन एकता समाज नेपालका अध्यक्ष सकुना श्रेष्ठ मलेकुले शुभकामना मन्तव्य राखेका थिए ।
सभाका सभापति उपेन्द्र प्रधानबाट आफ्नो मन्तव्य सहित कार्यक्रम समापन भएपछि दोस्रो सत्रमा पत्रकारिता तथा रेडियो उद्घोषण तालिम शुरुआत भएको थियो । यस प्रशिक्षणमा प्रशिक्षण लक्ष्मण खड्का, चिरञ्जीवी मास्के, रमेश खतिवडा र बालकृष्ण श्रेष्ठले प्रशिक्षण दिईने थाहा भएको छ । तालिममा ५१ जना प्रशिक्षार्थी सहभागी भएका छन् ।
good news