प्रमुखको योजना आम सहमतिमा पारित भयो । सफलतामा उनी पुलकित भए । कार्यक्रम विसर्जनको घोषणा हुन लागेको थियो । उपस्थित मध्ये एक विद्यार्थीले हात उठाए । उनलाई बोल्ने अनुमति प्राप्त भयो । “प्रमुखज्यू हजुरको छोराछोरी कति छन् ?” प्रमुख शङ्कोच मिश्रित भावमा बोल्न थाले– “सार्वजनिक कार्यक्रममा व्यक्तिगत प्रश्नको औचित्य छ र ?”
“हजुर अवस्य छ ।” “चारजना । ” “कहाँ छन् ? ” “युरोप अमेरिका, अष्ट्रेलिया र कान्छो राजधानीमा ।” “उनी पनि विदेशकै चक्करमा होइन ?” “खै !” “हजुरका छोराछोरीले किन थातथलो छाडे त ? ” “खै !” “उपयुक्त रोजगारी, सेवा , सुविधा पाए भने यतै बस्थे होलान् कि !” “सायद ।”
“तपाईंले तीन सन्तान गाउँको बरदान झै घोषणा गरी पुरस्कार पनि घोषणा गर्नु भएको छ । गाउँ रित्तिनुको प्रमुख कारण कम जन्मदर नै होला या अन्य केही ?”