Search

जेष्ठ नागरिक सम्मान: डब्बल बहादुर श्रेष्ठ

जेष्ठ नागरिक सम्मान: डब्बल बहादुर श्रेष्ठ

डब्बल बहादुर श्रेष्ठ
भी. न. पा. नं. – २, पुरान्छे दाेलखा
, हाल थापथली, काठमाण्डौं

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. –२, पुरान्छे टोल दोलखामा वि.सं. १९७८ साल कार्तिक चौथीको दिन बुबा स्वर्गीय भवानी शंकर श्रेष्ठ र स्वर्गीय आमा लक्ष्मी शोभा श्रेष्ठको कोखबाट जन्मनु भएको कान्छा छोरा बर्ष ९९ को डब्बल बहादुर श्रेष्ठ हुनु हुन्छ । १७ बर्षको उमेरमा भीमेश्वर नगरपालीका वडा नं. २ कोर्छे स्थित स्वर्गीय पुर्ण बहादुृर प्रधानको जेठी श्रीमती स्वर्गिय चिचामई प्रधानको जेठी छोरी स्वर्गीय मरिची देवी प्रधान संग बैबाहिक सम्वन्ध गाँस्नु भएका जेष्ठ नागरिक डब्बल बहादुर श्रेष्ठज्युको ३ छोरा बुहारी क्रमशः जेठा छोरा स्वर्गिय राम प्रसाद श्रेष्ठ बुहारी रुद्रलक्ष्मी श्रेष्ठ, माईला छोरा लक्ष्मण श्रेष्ठ बुहारी रेणुका श्रेष्ठ र कान्छा छोरा कुष्ण प्रसाद श्रेष्ठ बुहारी भुवनेश्वरी श्रेष्ठ हुनु हुन्छ । यसै गरी ३ छोरी र जुवाईहरु जेठी छोरी गंगादेवी श्रेष्ठ जुवाई शिव बहादुर श्रेष्ठ, माईली छोरी टिकालक्ष्मी श्रेष्ठ जुवाई कृष्ण कुमार श्रेष्ठ र कान्छी छोरी भर्ना देवी श्रेष्ठ, जुवाई हुनु हुन्छ ।

साधारण लेखपढ भएका भीमेश्वर नगरपालीका वडा नं. –२ दोलखामा सबै भन्दा जेष्ठ रहनु भएका जेष्ठ नागरिक डब्बल बहादुर श्रेष्ठज्युले आफ्ना बितेका सम्झनाहरुलाई यसरी स्मरण गर्नु हुन्छ । श्रीमती स्वर्गीय मरिचीदेवी श्रेष्ठ रहन्दाको अवस्थामा आफुले छोरा छोरीहरुको व्यवहार गरि दिएको र ठाँउ ठाउँमा व्यवस्थापन भई सकेपछि कोहि छोरा नोकरी, कोही छोराहरुले व्यापार व्यवसाय गरी आय आर्जन गर्न सफल भएको र माईला छोरा लक्ष्मण श्रेष्ठ र कान्छा छोरा कृष्ण प्रसाद श्रेष्ठले सामाजिक कार्य पनी सं–संगै अगाडी लगी आ–आफ्नो ठाउँमा नाम कमाउन सफल भएकोमा खुसी व्यक्त गर्नु हुन्छ ।

तर जव आफ्नो श्रीमती मरिचीदेवी श्रेष्ठको वि.सं. २०३४ साल तिर स्वगारोहण भयो त्यसबेला देखि करिव २०६२। ०६३ साल सम्म २०३२ सालतिर टसिचावाली स्थित बनाएको नयाँ घरमा एक्लै बस्दै, आई आफै खाना पकाएर खाने गर्नु हुन्थ्यौ भने लुगा धुने कार्यमा छोरीहरु गंगादेवी श्रेष्ठ र टिकालक्ष्मी श्रेष्ठले सहयोग गर्दै आउनु भएको सुनाउनु हुन्छ ।

डब्बल बहादुर श्रेष्ठ साथमा माईला छोरा लक्ष्मण श्रेष्ठ दायाँ र कान्छा छोरा कृष्ण प्रसाद श्रेष्ठ बायाँ

यसै गरी जव श्रेष्ठज्यु जवान हुनु हुन्थ्यौ यती बेला भी.न.पा. वडा नं. –२ राम्पा जानु र आउँनु निरन्तरता एवं दिन चर्चाको विषय रहेको थियो । राम्पामा २ मुरीको धान खेती, मकै खेती, ५ पाथी बारीमा मकै, कोदो खेती, १७–१८ वटा गाईवस्तु मध्ये ४ हल गोरु र १४ वटा गाई सहित बाख्राहरु पालेको र यसबाट दही दुध खानको लागि आफुले किनेर खानु नपरेको स्मरण पनि गर्नु हुन्छ ।

जव विहान उठ्ने वितिकै राम्पा जाने अनी चिसापानी भन्ने ठाउँमा मुख धोयर नित्य पूजा आजा गरी सकेपछि राम्पाको गोतामे बाजेको होटेलमा गएर चिया नास्ता गरी त्यसपछि खेती काममा जाने गरेको बताउनु हुन्छ ।

यसै गरी जुन बेलासम्म वहाँ खेतीपातीको लागी राम्पा जान सक्नु हुने थियो र आफु सक्षम हुनु हुन्थ्यौ, यस बेलासम्म वहाँ कोही छोराहरु संगै बस्ने रुची राख्नु भएन किन भने यसरी एक्लै बस्नुमा वहाँले छुट्टै मज्जा लिने कुरामा वहाँको कान्छा छोरा कृष्ण प्रसाद श्रेष्ठको भनाई रहेको छ । जव यसरी एक्लै बस्ने गर्नु हुन्थ्यौ एकातिर डब्बल बहादुर श्रेष्ठ र अर्को तिर वहाँको जेठा दाजु जनकलाल श्रेष्ठ, यी दुई दाजुभाई बिच चखेवाको जोडीमा जस्तै मन मिल्ने र आत्मीयता रहेको थियो । दाजुले भाईलाई छोड्न नचाहने र भाईले दाजुलाई छोड्न चाहनु हुन्नथ्यौ । एकापट्टि चुलोमा के पाक्छ अर्को तिरको चुलोमा नपु¥याईकन नबाँडीकन नखाने, भजन गाउँन भीमेश्वर मन्दिर जादा पनि दाजुभाई संगै जाने, कतै आमन्त्रण गरेको ठाउँमा जाने बेलामा पनी संगै खेतीको लागि राम्पा जादा पनी दाजुभाई अघिपछी भई संगै जाने बानी रहेको थियो । यस्तो बानी हुनु यी दुई दाजुभाईको विशेषता नै रहेको कान्छा छोरा कृष्ण प्रसाद श्रेष्ठको थप अनुभव रहेको छ ।

स्थायी घर भीमेश्वर नगरपालीका वडा नं. –२ पुरान्छे–टसिचावाली दोलखा शहर भई हाल काठमाण्डौं थापथली स्थित माईला छोरा लक्ष्मण श्रेष्ठ र बुहारी रेणुका श्रेष्ठको साथमा रहन्दै आउनु भएको छ । वहाँको हेरचाहको लागि छोरा बुहारीको अलावा छुट्टै सहयोगीहरुको व्यवस्थापन गरी राखेकोले अहिलेसम्म आफु स्वस्थ्य रहन मद्धत पुगेको कुरा बताउनु हुर्दै छोरा बुहारी प्रति गर्भ गर्नु हुन्छ ।
सफा अनी सुकिलो बस्त्रमा बस्न मन पराउने र हसिलो स्वभाव भएका सधै जिस्कीएर रमाईलो गर्न मन पराउने श्रेष्ठज्युको अहिलेको दिनचर्चा भानुभक्तको रामायण, श्रीमद्भागवत कथा सार, हारती माता, १२ तिर्थ स्थलको माहाम्य, श्री भागवद गिता अध्ययन गर्दै विताउने गरेको बताउनु हुन्छ । यसै गरी उपत्यकाबाट प्रकाशनमा आउने गरेको दैनिक पत्रिकाहरु कान्तिपुर, नयाँ पत्रिका र गोरखापत्र दिनमा दुई तिन घण्टा बिना चश्मा पढ्न सक्ने बताउनु हुन्छ । जेष्ठ नागरिक श्रेष्ठज्यु ९९ बर्ष पार गर्दै अव दुई चार महिनामा १०० बर्षमा पुग्दै हुनु हुन्छ ।

तर वहाँ उठ्न र बस्न अलि अप्ठ्यारो भएको महशुष गर्दै अरु क्रियाकलाप गर्न मलाई गाहा्े नभएको बताउनु हुन्छ । उमेरले १०० पुग्न लागेपनी मेरो लभाव ६०–७० बर्षको भन्दा कम छैन र उस्तै जस्तै रहेको बताउनु हुन्छ । आफुलाई केहि उच्च रक्तचाप प्रेसर भएको र उक्त प्रेसर कम गर्नको लागि औषधीको सेवन नगरी आफ्नै माईला छोरा लक्ष्मण श्रेष्ठबाट सञ्चालित कम्पनीबाट उत्पादन गर्ने गरिएको यार्सागुम्वा जडिबुटीबाट बनेको रक्सी दिनमा एक दुई प्याक खाने गरेको बताउनु हुन्छ ।

अहिलेसम्म भगवान भीमेश्वरको कृपाले गर्दा म एकशय वर्ष पुग्न लाग्दा पनी बुढो भएको महशुष गर्न परेको छैन । साथै माईला छोरा बुहारीको हेरचाह, कान्छा छोराको थप हेरचाहका कारण सन्तुष्टी व्यक्त गर्दै खुसी लागेको बताउनु भयो । साथै मेरो अतितका जिवनीलाई सम्पूर्ण दोलखावासी लगायत शुभचिन्तकहरुको बिचमा लान यस बाँपीझ्याला अनलाईन पत्रिकाले खेलेको भुमीकाको लागि धन्यवाद दिनु हुदै यसको निरन्तरताको कामना गर्दै बर्तमान अवस्था देश विदेश कोविड १९ को संक्रमणको कारणले जुन अवस्था सिर्जना भएको छ ।

त्यसबाट दोलखावासी र नपाली जनतलाई बचाई राख्न दोलखा भीमेश्वर संग प्रार्थना गर्नु भएको व्यक्त गर्नु भयो ।

जय शम्भु । जय दुर्गा भवानी ।। जय भीमेश्वर ।।।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!