Search

लक्ष्मी श्रेष्ठ (रुकमणी)

लक्ष्मी श्रेष्ठ (रुकमणी)

उ पतक थपे नाप छिजि जेष्ठ नागरिक मयजु लक्ष्मी श्रेष्ठ (रुकमुणी)

ईसि प्रयास थपे ग्वाहार ।।।
हाम्रो प्रयास तपाईहरुको सहयोग ।।।

पर्सा जिल्ला विरगञ्ज नगरपालीकामा वि.सं. १९९८ सालमा बुबा हरि बहादुर मास्के र आमा नारायण माया (नरमायाँ) मास्केको कोखबाट जन्मनु भएकी जेठी छोरी लक्ष्मी श्रेष्ठ (रुकमणी) श्रेष्ठ हुन । बसाई सराईको सिलसिलामा रौतहट जिल्लामा लगभग १५ बर्षसम्म बसोबास गर्दै आउनु भएकी लक्ष्मी श्रेष्ठ ((रुकमुणी) भीमेश्वर नगरपालीका वडा नं. २ डोक्छे निवासी माधवलाल श्रेष्ठको जेष्ठ सुपुत्र मोहनबहादुर श्रेष्ठसँग वि.सं. २०१३ सालमा बैबाहिक जिवनमा बाँधिन्नु भएकी श्रेष्ठकी दुई छोरा पुर्षार्थ श्रेष्ठ, लोकशास्त्र श्रेष्ठ, दुई छोरी सपना श्रेष्ठ र विपना श्रेष्ठ रहेका छन् ।

दुई छोरा पुर्षार्थ श्रेष्ठ र लोकशास्त्र श्रेष्ठको साथमा लक्ष्मी श्रेष्ठ

लक्ष्मी श्रेष्ठकी ४ भाईहरु छन् । विष्णु मास्के, रामजी मास्के, बद्रि मास्के र मुक्ति मास्के रहेका छन् । बाजेले मायाँ गरेर लक्ष्मी श्रेष्ठलाई रुकमुनी श्रेष्ठ नाम राख्नु भएको स्मरण गर्नु हुन्छ आदरणीय लक्ष्मी श्रेष्ठ ।

जेष्ठ नागरिक लक्ष्मी (रुकमुणी) श्रेष्ठ ८२ बर्ष पुग्नु भएको छ । आफ्नो छोरा पुर्षार्थ श्रेष्ठ ग्रामीण विकास टुकी संघ चरिकोटमा कार्यकारी निर्देशक, माईला छोरा लोकशास्त्र श्रेष्ठ सप्रोस नेपालमा कृषि विज्ञ भई कार्य सम्पन्न गर्दै आउनु भएको छ ।
यसै गरी छोरी सपना श्रेष्ठ शिक्षीका हुनु भएको भएतापनी केही बर्ष पहिले स्वईच्छा अवकास लिई सक्नु भएको छ । कान्छी बिपना समाजसेवामा लगनशिल हुनु भएको छ । यस शुभकार्यको लागि हामी र हाम्रो बाँपीझ्याला डटकम गौरवान्वित छ ।

दुई छोरी गंगा–जमुना


यसै गरी वि.सं. २०६७ सालमा श्रीमान् मोहनबहादुर श्रेष्ठ दिवंगत भईसकेपछी हाल छोराहरु पुर्षार्थ श्रेष्ठ र लोकशास्त्र श्रेष्ठ सँग बस्र्दै, कहिले काठमाण्डौ र कहिले प्राचिन शहर दोलखामा बस्र्दे आउनु भएका छ । अहिले लक्ष्मी (रुकुमणी) श्रेष्ठ गृहस्थी जिवन विताउनमा तल्लीन हुनु हुन्छ । हाम्रो बाँपीझ्याला डटकमको टिमले भेटेको बेला वहाँसँग कुराकानी गरेको अंशको केही सारांश यही हामीले प्रस्तुत गरेका छौं ।

लक्ष्मी श्रेष्ठ (रुकमणी) दिवंगत श्रीमान् मोहनबहादुर श्रेष्ठको साथमा

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!