दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ पिङ्गलमा दिवंगत बुबा गौरीमान प्रधान दिवंगत आमा कृष्ण लक्ष्मी श्रेष्ठकी जेठी छोरी रमादेवी प्रधान मल्ल हुन ।
१५ बर्षको उमेरमा भीमेश्वर नगरपालीका वडा नं. २ चामसली निवासी दिवंगत नारायण बहादुर मल्लसँग बैबाहिक जिवनमा बाँधिन्नु भएकी बर्ष ८६ की जेष्ठ नागरिक रमादेवी प्रधान मल्ल र बर्ष ७३ की भुवनदेवी प्रधान मल्ल श्रीमती भुवनदेवी प्रधान मल्ल वि.सं. २०२७ बैबाहिक जिवनमा बाँधिन्नु भएका हाल उहाँहरु काठमाण्डौं जिल्ला नागार्जुन नगरपालीका वडा नं. ५ सरनपुर सितापाईलामा छोरा अशोक मल्ल सँगै बस्दै आउनु भएको छ ।
आज उहाँको निवास सितापाईला भेट्ने शुभअवसर प्राप्त भयो । यसको लागि उहाँको छोरा अशोक मल्ललाई बाँपिझ्याला डटकमको तर्फबाट धन्यवाद व्यक्त गर्दछौं ।
दिवंगत नारायण बहादुर मल्लको जेठी श्रीमती रमादेवी प्रधान मल्ल हुनु हुन्छ । यसै गरी कान्छी श्रीमती भुवनदेवी प्रधान मल्ल हुनु हुन्छ ।
भुवनदेवी प्रधान मल्ल जेठा सुपुत्र अशोक मल्ल र यस्तै गरी कान्छा सुपुत्र राजकुमार मल्ल हाल परिवारका साथ अमेरीकामा हुनु हुन्छ । यसै गरी छोरीहरु जेठी छोरी मञ्जु मल्ल कोरोनाको बेलामा दिवंगत हुनु भयो । माईली छोरी मेघामल्ल थापा पनौती बिबाह हुनु भएको छ भने कान्छी छोरी सञ्जु मल्ल अष्ट्रेलियामा हुनु हुन्छ ।
असोज मल्ल पेशाले क्याटरिङ्ग व्यवसायी र धार्मीक पर्यटकिय स्थल कालिञ्चोकको वासस्थान कुरीमा त्रिपुरा रिर्सोट संचालकका साथै युवा समाजसेवी हुनु हुन्छ । हाल उहाँसँग आफ्नी ठुलीआमा रमादेवी प्रधान मल्ल र आमा भुवनदेवी प्रधान हुनु हुन्छ । असोक मल्लका श्रीमती निरु मल्ल, छोरीहरु सिम्रन मल्ल, श्रृया मल्ल र छोरा अनिस मल्ल हुनु हुन्छ ।
दिवंगत नारायण बहादुर मल्लले दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा वि.सं. २०३३ सालमा पशुपति मन्दिर बनाई दिएर चर्चामा आउनु भएको थियो ।
हाल उक्त ठाउँ पशुपती डांडाको नामबाट ख्याती प्राप्त रहेको छ । जुन मन्दिर कन्या माध्यमिक विद्यालय चरिकोटको दक्षिण पूर्वमा रहेको छ । यसै गरी जतिबेला सदरमुकाम चरिकोटमा पशुपति मन्दिर बनाई दिनु भएको थियो त्यतिबेला अन्य कुनै मठ–मन्दिर थिएन ।
उक्त मन्दिर निर्माण पश्चात हालका अन्य मन्दिरहरु स्थनिय निकाय र चरिकोटका वासिन्दाहरुको सहयोगमा निर्माण गरिएको हो ।
यसरी जेष्ठ नागरिक आदरणिय रमादेवी प्रधान मल्लसँग भेट भयो । उहाँको सु–स्वास्थ्य, कुसल मंगल र दिघार्युको लागि बाँपिझ्याल डटकम परिवार अनी दोलखावासीको तर्फबाट दोलखा भिमेश्वरमा प्रार्थना गर्दछौं । जय द्वाल्खा, जय भिमेश्वर ।।