Search

दोलखा स्थित शिवमन्दीर पुननिर्माण एक सस्मरण

दोलखा स्थित शिवमन्दीर पुननिर्माण एक सस्मरण
सकुना श्रेष्ठ, दोलखा
हाल पुल्चोक, ललितपुर

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ स्थित माथिल्लो टोल बजारमा शिव मन्दिर पुननिर्माणको बारेमा सस्मरण गर्नु पर्दा २०६६ साल बैशाख १ गते दोलखाको मच्छिन्द्रनाथको रथ जात्रा २०६५ को शुभ अवसरमा कालिञ्चोक युवा क्लव दोलखाद्वारा आयोजित सम्मान कार्यक्रम माथिल्लो टोल स्वयम्भुनाथको प्राङ्गनमा सम्पन्न गरिएको थियो ।
यसमा मेरो तर्फबाट कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गरेको थियो । यसै सन्दर्भमा कार्यक्रम हुदाँ हुर्दै गर्दाको अवस्थामा अगाडीपट्टी रहेको नारायण भगवान अर्थात शिव भगवानको मन्दिरमा आखाँ प¥यौ जुन मन्दिर जिर्ण अवस्थामा रहेको थियो । यतिकैमा मेरो मानसपटलमा आयो कि अव यस मन्दिरको पुननिर्माण गर्नु पर्छ र यसलाई बनाउन पहल गर्छू भनी मनमा कुरा उब्जे पछि यही कुरालाई मनमा लिएर बसे ।


उक्त कार्यक्रम सौहार्दपुर्ण रुपमा सफल भई समापन भयो । यसरी उक्त कार्यक्रमको समापन पछि तत्कालिन क्लवका अध्यक्ष गोपाल प्रधान र उपाध्यक्ष प्रविण प्रधान विच जुन मैले सोचेको थिए मन्दिरको बारेमा त्यही कुरा दुई जनाको विचमा शेयर गरे यही कुरालाई दुवै जनाको तर्फबाट सकारात्मक भाव व्यक्त भएको पाएँ । यसपछी अझ मन्दिर पुननिर्माण गर्नमा थप बल प्रदान गरेको महशुष गरे ।

यस विचारलाई काठमाण्डौं आएर मैले दोलखा म्यासमुचा खलकका दिदि बहीनीहरु समक्ष दोलखा म्यासमुचा खलकको अध्यक्ष ज्योती श्रेष्ठ सैजुज्यूको घरमा बसेको बैठकमा मन्दिर पुननिर्माण गर्ने कुराहरु राखे जसमा दिदीहरु अञ्जु श्रेष्ठ, ज्योती श्रेष्ठ सैजु, शिला श्रेष्ठ, रमा श्रेष्ठ र बहिनी हेमा मानन्धर लगायत धेरै जसो म्यासमुचा खलकका दिदिबहीनीहरुको सहभागीता रहेको थियो । यसपछी मन्दिर पुननिर्माण गर्ने सम्वन्धमा सवैको तर्फबाट सकारात्मक सल्लाह र सहयोग गर्ने प्रतिवद्धता आएपछि यसलाई अगाडी बढाउने कुरामा हामी सवै सहमती भयौ । यसलाई दोलखा म्यासमुचा खलककै सक्रियतामै बनाउने सहमती पनी ग¥यौ ।

शिव मन्दिर पुननिर्माण हुनु भन्दा अगाडी


पछि मन्दिर बनाउनमा एउटा निर्माण कमिटी बनाउने कुरा आएपछी दोलखा म्यासमुचा खलक र दोलखा चेलिबेटी बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालय महाराजगञ्जमा मेरै संयोजकत्वमा ७ सदस्यीय कमिटी रहेको एक निर्माण कमिटी गठन ग¥यौ । जसमा सदस्यहरुमा दिदीहरु अञ्जु श्रेष्ठ, ज्योती श्रेष्ठ सैजु, शिला श्रेष्ठ, रमा श्रेष्ठ, गिता श्रेष्ठ र बहिनी हेमा मानन्धर रहनु भएको थियो भने दोलखाबाट दिदि गिता श्रेष्ठ रहनु भएको थियो । यसबारेमा फेरी दोलखा जादा मेरै घरमा दाजु हर्क बहादुर श्रेष्ठ, काका शान्त कृष्ण श्रेष्ठज्यूहरुको विशेष उपस्थितीमा यस बारेमा सर–सल्लाह र बैठक गरेपछी पुनः निर्माणको तयारीमा जुट्यौ ।
यसरी पुननिर्माण कार्यको लागि दोलखा भित्र र बाहिर, देश भित्र बाहीर बस्नु हुने आफन्त, सहयोगी दाजुभाई, दिदिबहिनी र शुभचिन्तकहरु संग हामीले सहयोगको लागि कुरा अगाडी बढायौ र यसमा सवैको सक्रियताले गर्दा राम्रै सफलता हासिल पनि ग¥यौ ।


मन्दिर पुननिर्माणको लागि प्राविधिक सहयोगीमा ईन्जिनियर दाजु राजेन्द्र कुमार जोशी, दाई नहेन्द्र प्रधान र हरिदर्शन श्रेष्ठज्यूको सल्लाह, सहभागीता र सहयोग रहेको थियो । पुननिर्माणको लागि दाई हर्क बहादुर श्रेष्ठ, काका शान्त कृष्ण श्रेष्ठ, स्वर्गिय दाजु ज्ञानकृष्ण श्रेष्ठ र दाई मदनदास श्रेष्ठज्यूको विशेष सल्लाह र सुझाव सहितको सहयोग रहेको थियो । यसै गरी काका आत्मा कृष्ण श्रेष्ठ, काकी रूपा श्रेष्ठ र दाई माधवमणी राजभण्डारीज्यूको विशेष सल्लाह र सहयोग रहेको थियो ।
मन्दिर पुननिर्माणको पछिल्लो चरणमा दिदी विष्णु लक्ष्मी श्रेष्ठको विशेष सहयोग र सहभागीता रहेको थियो । यस मन्दिर पुननिर्माण अभियानमा विशेष गरी दोलखा म्यासमुचा खलकका पदाधिकारीज्यूहरु लगायत सम्पूर्ण म्यासमुचा खलकका सदस्यहरुको सहयोग र सहभागीता रहेको थियो । यसरी सवैको अमुल्य सहयोग र सद्भावको कारणले गर्दा मिती २०६८ साल मंसिर २९ गते विधिवत रुद्री पूजा आजा गर्ने काम सम्पन्न ग¥यौ ।

शिव मन्दिर पुननिर्माण पश्चात


अन्तमा, मन्दिर बनाउने मेरो सपनालाई पुरा गर्न सहभागी भई ह्दय देखि सहयोग गर्नु हुने दोलखा भित्र बाहीर, देश भित्र बाहिर बस्नु हुने सम्पूर्ण दोलखाली दाजुभाई दिदी बहिनीहरु र शुभचिन्तक महानुभावहरुमा आभार प्रकट गर्दछु । यसै गरी आगामी दिनहरुमा म र दोलखा म्यासमुचा खलकको तर्फबाट गरिने दोलखाको सामाजिक विकासको कार्यमा यहाँहरुको सक्रिय सहभागीता र सहयोग रहने छ भन्ने आशा व्यक्त गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!