Search

भानु विद्यापीठ लिटरेचर फाउन्डेसन चारिकोट दोलखाको आयोजनामा भानु जन्म जयन्ती मनाए

भानु विद्यापीठ लिटरेचर फाउन्डेसन चारिकोट दोलखाको आयोजनामा भानु जन्म जयन्ती मनाए

हरि श्रेष्ठ, दोलखा
नेपाल सम्वत् ११४४ दिल्लाथ्वः ७, (२९ असार, २०८१) शनिबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका, भानु-विद्यापति साहित्य प्रतिष्ठानद्वारा २११औँ भानु जन्मजयन्ती आज भिमेश्वर नगरपालीकाको हलमा सम्पन्न भएको छ। भानु विद्यापीठ लिटरेचर फाउन्डेसन चारिकोट दोलखाका अध्यक्ष शङ्करलाल श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

भीमेश्वर नगरपालीकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विशेष अतिथिमा मेलुङ गाउँपालीका अध्यक्ष हिराकुमार ठोकर, कालिन्चौक गाउँपालीका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, प्रमुख जिल्ला अधिकारी तुकराज पोख्ररेल, शिक्षा विकास समन्वय समिति प्रमुख शङ्कर बाबु श्रेष्ठ, तत्कालीन भीमेश्वर नगरपालीकाका प्रशासनिक अधिकारी मानबहादुर खडका, प्रशासनिक अधिकारी नारायण प्रसाद सेढाई लगायत अन्य अतिथिहरू तथा विभिन्न संस्थाहरू, कार्यालय प्रमुखहरू र प्रतिनिधिहरू, साहित्य प्रेमीहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरुमा भीमेश्व नगरपालीकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी ईस्वरनारायण् मानन्धर, कालिन्चोक गाउँपालीकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, दोलखा प्रमुख जिल्ला अधिकारी, मेलुङ गाउँपालीकाका प्रशासनिक अधिकारीले आदिकबि भानुभक्तको जीवनी र रामायण पाठबारेमा मन्तव्य दिनु भएको थियो ।

नेपाल प्रेस काउन्सीलका सदस्य पत्रकार चिरञ्जीवी मास्केलाई रु. १५ हजार नगर सहीत बिष्णुलक्ष्मी साहित्य पुरस्कारबाट सम्मान गरिएको थियो । कार्यक्रम भानु विद्यापीठ साहित्य परिषद्का सचिव सुन्दर खडकाले सञ्चालन गर्नु भएको थियो ।

भीमेश्वर नगरपालिका, भानु-विद्यापति साहित्य प्रतिष्ठानद्वारा आयोजित आदिकवि भानुभक्त आचार्यकाे २११ औँ जन्मजयन्ती रामायण वाचन तथा पुस्तक विमाेचन “दाेलखा साहित्यिक यात्रा भाग-५” मा सम्मानित बिष्णुलक्ष्मी साहित्यिक प्रतिष्ठानलाई बधाई एवं यसका संस्थापक तथा संरक्षक चिरञ्जिवि (मञ्जु) मास्केज्युलाई हार्दिक बधाई ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment