Search

नेपालको ईतिहासमा पहिलो स्थानमा दोलखा

नेपालको ईतिहासमा पहिलो स्थानमा दोलखा

गौरीशंकर हिमालः
हिन्दु धर्माबलम्वि प्रख्यात भगवान श्री महादेव र पार्वतीको उत्पत्ति भएको हिमाली स्थान अनि नेपालको समय मापनको केन्द्र रहेको छ ।
चाँदीको सिक्काः
नेपालको ईतिहासमा तत्कालिन दोलखाका राजा जयईन्द्रसिंह देवले पहिला पटक चाँदीको सिक्का प्रचलनमा ल्याएको स्थल ।
द्वाल्खा भीमेश्वरः
देशमा आउन सक्ने संकटको संकेतको रुपमा पसिना आउने भीमेश्वर जुन भगवानलाई एक शिला तिन अवतारको रुपमा पुज्ने गरिन्छ ।
कालिञ्चोकः
हिन्दुहरुको तपोवनको रुपमा मात्र नभई नेपालकै ईतिहासमा पर्यटकिय दृष्टिकोणले क्लयध कपष् स्पोटिङ्ग गरेको पहिलो स्थान हो ।
लप्चीः
करिव १ हजार वर्ष अगाडी बुद्ध धर्मावलम्वि बोदिसत्व प्राप्त गर्नु हुने धर्मगुरु “मिलारेपा” ले झण्डै ३३ वटा मेरिटेसन बनाएको प्रशिद्धता पाएको स्थान ।
विगु टासिगुम्बाः
विक्रम सम्वत् १९९० मा भुटानको लामा डुप्पा रिम्पोछे सोराव दोर्जे लामाले नेपालको पहिला पल्ट बौद्ध धर्माबम्बी (आनी) भिक्षुहरुको लागि प्रशिक्षण केन्द्र स्थापना गरेको स्थल ।
बेदिङ (गौरीशंकर गाविस):
नेपालको सवै भन्दा बढी छिटो कान्छा अनी कान्छीहरुले सगरमाथा आरोहण गर्नेहरुको भुमी ।
आदिवासीः
नेवारको ईतिहासमै नेवार जाति, नेवार सँस्कृती, नेपाल भाषा अनी दोलखाको थामी, जिरेल, सुरेल जातीको उत्पती भएको स्थल ।
च्छोरोल्पाः
हिमशिखरको सबभन्दा उच्च भु–भागमा अवस्थित ताल ।
शैलुङ्गेश्वरः
सय वटा थुम्का शैलुङ्गेश्वर डाँडा महाभारत रेन्जको सवै भन्दा लामो डाँडा ।
जिरीः
नेपालको एउटा मात्र ज्युरीक अफ नेपाल अनी नेपालय थिगुर जुकुन ज्युरीक अफ नेपाल अनी गेट वे अफ एभरेष्टको प्रवेश द्वार ।
माथिल्लो तामाकोशी जलविद्युत योजनाः
नेपालय ईतिहासकु पहिलो पटक सवभन्दा ठुलो र आफ्नै देशको लगानीमा बन्न गईरहेको जलविद्युत योजना ।
१२०० पल्टनः
नेपाल र भोट बिचमा लडाई हुंदा नेपालको तर्फबाट १२०० वटा ढुंगाको आकार बनाई तिब्बेतियनहरुलाई परास्त गरेको स्थान ।
द्वाल्खाः
नेपालको ईतिहासमा ऐतिहासिक, धार्मीक साँस्कृतिक अनी आफ्नै मौलिक भिन्न नेपाल भाषा र पाँच पाण्डव गुप्तवास बसेको स्थानले परिचित ।
पुष्कर शाहः
नेपालको ईतिहासमा साईकलबाट संसारको भ्रमण गर्ने पहिलो व्यक्ति ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!