Search

आईपीएलको यो १७औँ संस्करण मार्च २२ तारिखदेखि सुरु

आईपीएलको यो १७औँ संस्करण मार्च २२ तारिखदेखि सुरु

७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण यसै महिना सुरु हुँदैछ । प्रत्येक वर्ष नियमित रुपमा सञ्चालन हुँदै आएको आईपीएलको यो १७औँ संस्करण हो ।

प्रतियोगिताको १७औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुनेछ । भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । पहिलो खेल मार्च २२ मा हुनेछ भने २१औँ खेल अप्रिल ७ तारिखमा खेलिने छ ।

हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो खेल साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच खेलिने छ । पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ ।

प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादको सहभागिता रहने छ ।

यसपटक पनि आईपीएलमा विश्वभरका चर्चित खेलाडीले विभिन्न टोलीबाट प्रतिस्पर्धा गर्दैछन् । अधिकांश खेलाडीलाई क्लबहरुले अक्सनमार्फत खरिद गरेका हुन् । यसपटक पनि चेन्नई सुपर किङ्स महेन्द्रसिंह धोनीको कप्तानीमा ओर्लने छ ।

चेन्नई सुपर किङ्समा डेभोन कनवे, अजिनक्या राहाने, रुतुराज गायकवाड, मोइन अली, रविन्द्र जडेजा, ड्यारल मिचेल, मिचेल सान्टनर, शिवम दुबे, रचिन रविन्द्र, दिपक चाहर, सार्दुल ठाकुर, मुस्तफिजुर रहमान, महिस थिक्सना, माथिसा पाथिरानालगायतका खेलाडी रहेका छन् ।

यसैगरी दिल्ली क्यापिटल्स रिसव पन्तको कप्तानीमा मैदानमा ओर्लने छ । दिल्ली क्यापिटल्समा डेभिड वार्नर, यस ढुल, पृथ्वी श, साई होप, मिचेल मार्स, अक्सर पटेल, सुमित कुमार, एनरिच नोर्जे, ईशान्त शर्मा, मुकेश कुमार, खलिल अहमद, कुलदिप यादव, लुङ्गी एंगिडी, प्रविण दुबे, ह्यारी ब्रुकलगायतका खेलाडी रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!