नेपाल सम्वत् ११४४, दिल्लागाः ५, (१० साउन, २०८१), विहीवार, बाँपिझ्याला । महिला एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समूह ए बाट समूह विजेता हुँदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै समूह ए बाट नेपाल र युएई समूह चरणबाट बाहिरिएका छन् ।
त्यस्तै समूह बी बाट श्रीलंका शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै समूह बी बाट थाइल्याण्ड र मलेसिया समूह चरणबाट बाहिरिएका छन् ।
अब सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तान खेल्ने भएका छन् । सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुने छन् ।
त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुने छ ।