Search

द्वाल्खा गुठीको बार्षिक साधारण सभा सम्पन्न, विनोद मास्केको अध्यक्षतामा गठीत प्रस्तावित कार्यसमिती अनुमोदन

द्वाल्खा गुठीको बार्षिक साधारण सभा सम्पन्न, विनोद मास्केको अध्यक्षतामा गठीत प्रस्तावित कार्यसमिती अनुमोदन

२१ पुष, बाँपीझ्याला, काठमाण्डौं । द्वाल्खा गुठीको बार्षिक साधारण सभा आज पुष २१ गते शनिवारका दिन विजुलीबजार स्थित क्रिष्टल पार्टी प्यालेसमा सम्पन्न भएको छ । गुठीका अध्यक्ष विनोद मास्केको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी गुठीको पूर्व अध्यक्ष समाजसेवी बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठ रहेको थियो ।

यसै गरी विशेष अतिथीमा गुठीका पूर्व अध्यक्ष कृष्ण प्रसाद मास्के, अतिथीहरुमा पर्यटन विकास वोर्डका अध्यक्ष बैकुण्ठनारायण प्रधान, कालिञ्चोक युवा क्लवका अध्यक्ष अनिलचन्द्र श्रेष्ठ, बनारसी सहयोगी हातहरुका अध्यक्ष निरेश श्रेष्ठ, द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष विश्वलक्ष्मी श्रेष्ठ, नेवाः देय् दवुका केन्द्रिय उपाध्यक्ष शान्त श्रेष्ठ, जिल्ला अध्यक्ष देवेन्द्रनारायण प्रधान, प्राध्यापक ईन्जिनियर हरिदर्शन श्रेष्ठ, प्राध्यापक अमन श्रेष्ठ, समाजसेवी सुनिल मास्के लगायत दोलखाका लब्ध प्रतिष्ठीत व्यक्तीत्वहरु र सदस्यहरुको उपस्थिती रहेको थियो ।

अध्यक्ष विनोद मास्केबाट संस्थाले गरेको क्रियाकलाप तथा साधारण सभा सम्वन्धी प्रकाश पार्नु भएको थियो । यसै गरी गुठीका महासचिव उपेन्द्र प्रधानले बार्षिक प्रतिवेदन, ११ जनाको प्रस्तावित कार्यसमितीको नामावाली र कोषाध्यक्ष लेखनाथ श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरिएको थियो ।

यसरी प्रस्तुत गरेको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रस्तावित कार्यसमितीलाई सर्वसम्मतीले पास गरिएको छ । जस अनुसार अध्यक्षमा विनोद मास्के, उपाध्यक्षमा महेश्वर प्रधान, महासचिवमा उपेन्द्र प्रधान, कोषाध्यक्षमा लेखनाथ श्रेष्ठ, सह–सचिवमा निरेन्द्र मास्के र सदस्यहरुमा कल्याणी श्रेष्ठ, अमरकुमार प्रधान, प्रकाश श्रेष्ठ, शान्ती श्रेष्ठ, अन्नपूर्ण श्रेष्ठ र स्थानिय संयोजक राकेश श्रेष्ठ रहेका छन् ।

यसरी सम्पन्न साधारण सभामा शुभकामना मन्तव्य दिनेहरुमा प्रमुख अतिथी एवं बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठ, गुठीका पूर्व अध्यक्ष कृष्ण प्रसाद मास्के, समाजसेवी बैकुण्ठनारायण प्रधान, भल्ला मास्के, प्राध्यापक अमन श्रेष्ठ, प्राध्यापक हरिदर्शन श्रेष्ठ लगायतका व्यक्तीत्वहरु रहेका छन् ।

उपस्थित सम्पूर्ण प्रमुख अतिथी, विशेष अतिथी, अतिथीज्यूहरु लगायत सम्पूर्ण महानुभावहरुलाई गुठीका जेष्ठ सदस्य अमरकुमार प्रधानले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । यसै गरी प्रमुख अतिथी समाजसेवी बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठज्यूबाट पानसमा बत्ति बालेर उद्घाटन गरिएको उक्त कार्यक्रममा द्वाल्खा गुठीका संस्थापक अध्यक्ष गोविन्दमान सिंह श्रेष्ठको धर्मपत्नी बेदकुमारी श्रेष्ठको सस्मरणमा गुठीको तर्फबाट परिवारलाई शोकपत्र हस्तान्तरण गरिएको थियो ।

यसै गरी गुठीका संस्थापक अध्यक्षेदेखि लिएर निवर्तमानध्यक्ष रुपा श्रेष्ठ लगायत दिवंगत सदस्यहरुको सस्मरणमा १ मिनेट मौनधारण र राष्ट्रियगानबाट प्रार्थना गरिएको थियो ।

गुठीका महासचिव उपेन्द्र प्रधानले कार्यक्रम संचालन गरिएको गरिएको थियो । अन्तमा उपस्थिती सम्पूर्ण व्यक्तित्वहरुलाई गुठी र दोलखावासीको तर्फबाट आभार व्यक्त गर्दे धन्यवाद सहित कार्यक्रमका सभापती विनोद मास्केले कार्यक्रम समापन गरिएको थियो ।

गुठीका निवर्तमान अध्यक्ष रुपा श्रेष्ठ २०७८ चैत्र १० गते दिवंगत भएसँगै साधारण सभा हुन सकेको थिएन ।

अन्तमा विहानी चियाखाजाको व्यवस्था गरिएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!