Search

माओवादी केन्द्र बागमती प्रदेश कमिटीले पूर्व महान्याधिवक्ता मुक्तीनारायण प्रधान सहित ३७ जनाको नाम राष्ट्रिय सभा निर्वाचका लागि सिफारिस

माओवादी केन्द्र बागमती प्रदेश कमिटीले पूर्व महान्याधिवक्ता मुक्तीनारायण प्रधान सहित ३७ जनाको नाम राष्ट्रिय सभा निर्वाचका लागि सिफारिस

२१ पुष, बाँपीझ्याला, दोलखा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले राष्ट्रिय सभा निर्वाचनका लागि पूर्व महान्याधिवक्ता एवं बरिष्ठ अधिवक्ता मुक्तीनारायण प्रधान सहीत ३७ जनाको नाम सिफारिस गरिएको छ ।

माओवादीको बागमती प्रदेश समितिले पूर्व महान्याधिवक्ता एवं बरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधान, बागमती प्रदेशका पूर्व इन्चार्ज हितमान शाक्य, पूर्व राज्यमन्त्री एवँ नेतृ देवी खड्का, नेता हिमाल शर्मासहित ३७ जनाको नाम पार्टी केन्द्रमा शिफारिस गरेको छ । जसमा काठमाडौं उपत्यकावाट मात्रै १२ जना रहेका छन् ।

काठमाडौं उपत्यकावाट मात्रै १२ जना

काठमाडौं उपत्यकावाट मुक्तिनारायण प्रधान, हितमान शाक्य, हिमाल शर्मा ईश्वरीप्रसाद भट्टराई, कुमार पौडेल, दिलीप महर्जन, नन्दकुमार प्रसाईं, परशुराम तामाङ छन्। यस्तै काठमाडौँबाटै दलिततर्फ अमरबहादुर विक र शंखर दुलाल छन् भने महिलातर्फ कौशर शाह र रुपा महर्जन श्रेष्ठ रहेका छन् ।

यसै गरी काभ्रेका कृष्ण अधिकारी र दिनानाथ गौतम, रामेछापका डिल्लीराम तामाङ, भक्तपुरका दिलीप प्रजापति, रापेछापका धावा लामा, भक्तपुरका प्रेम ढकाल, सिन्धुपाल्चोकका प्रेमप्रसाद सापकोटा, सिन्धुलीका रसबहादुर कार्की, धादिङका रामबहादुर भण्डारी, चितवनका सूर्यप्रसाद सुवेदीको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले बताउनु भयो ।

महिलातर्फ काठमाडौँबाहेक दोलखाकी देवी खड्का, चितवनकी निशा शर्मा, नुवाकोटकी मीना पाख्रिन (बिमा), नुवाकोटकै राममाया बोगटी, रापेछापकी लक्ष्मी गुरुङ, मकवानपुरकी लक्ष्मी गोले र चितवनकी संगीता भट्टराई रेग्मीको नाम सिफारिस गरिएको सार्वजनिक गरिएको छ ।

त्यस्तै दलिततर्फ ६ जनाको नाम सिफारिस गरेर पठाइएको छ । जसमा काठमाडौँका २ जनाबाहेक रामेछापका केशरकुमार कालिकोटे, चितवनका खेम दर्जी, सिन्धुलीका विनोद विक र नुवाकोटका शिव खाती रहेका छन् ।यस्तै अपांग तथा अशक्ततर्फ रामेछापका भक्तबहादुर थापा र शंकर बोहरा, काभ्रेका भोला अर्याल र सिन्धुपाल्चोकका टीकाराम पराजुलीको नाम सिफारिस गरिएको छ ।

राष्टिय सभामा बागमती प्रदेशवाट ४ सिट रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment