Search

लघुकथा : चामलको गेडामा नामाक्षर

लघुकथा : चामलको गेडामा नामाक्षर


अमरकुमार प्रधान

आदरणीय गुरु दाइ बद्रीमान सिंहले जमानामा आफ्नी आमा टीकालक्ष्मी श्रेष्ठस‘ग भारतमा तीर्थ यात्रा गर्दा एक ठाउ‘ चामलको गेडामा नामाक्षर लेखिदिएको प्रसङ्ग सुनाउनु भएको थियो । जुन हाम्रा लागि विचित्र लागेको थियो । कालक्रमले खास गरी नातिनी सिचु पैदा भएपछि हामीहरु भारतको मुम्बईमा छौ । यहॉको प्रसिध्द मन्दिर मध्ये सिध्द विनायक हो । गणेश मुूर्तिको सुड दाहिने तिर भएकोले सिध्द विनायक भनिदो रहेछ । इ.सं. १६९२ मा स्थापना भएको यो मन्दिर एउटी बा“झी महिलाले सन्तानको कमना गरी इ“टको सामान्य म्न्दिर बनाइ दिएकी थिइन् । इ. सं.१८०१ मा हालको भव्य मन्दिर बनाइएछ ।

२०७६ माघे सङ्क्रान्तिको दिन बिहान सालीद्वय चन्दा घिमिरे र सृजना शर्मास“ग सिध्द विनायक गयौ“““ । अलग अलग दुबो र पूmलको गुच्छा मोदक मिठाइ किन्यौ“ । उनीहरुले आआप्mना चप्पल मिठाइ पसलमा छोडेछन् । लाममा लागेर बीचमा पुगेपछि मलाई होस आयो । लाम एकोहोरो भएकोल बीचबाट निस्कन मिलेन । लामको बाहिरी छेउमा एउटा काठको बाकस रहेछ । मैले आफ्नो चप्पललाई त्यही बाकसमुनि छिराए“ । अनि क्रमबध्द तरिकाले सिध्दविनायक सामन्ने पूmल भेटी चढाई दर्शन गर्यौ, प्रसाद ग्रहण गर्यौ । लाम बाहिर सिध्दविनायक देखिने ठाउ“मा बसी केही बेर तिनैजनाले ध्या्न गर्यौ । त्यस पछि मन्दिर परिसर बाया““तिर रहेका दुइटा छुचुन्द्राका मूर्तिका कानमा कुरा गरी ढोग्यौ । अनि चप्पल लिई लगाई मोबाइलमा फोटो खिची ट्याक्सीमा हाम्रो निवास लोधा निउ कफे परेड वोडाला आयौ“ । खाना खाएपछि मेरी श्रीमति शशीले उनीहरुलाइ छत्रपति शिवाजिमाहाराज विमान स्थल छोडेर आइन् । उनीहरु नेपाल एअरलाइन्स आर ए २०२ विमान चढी काठमाडौ““ गए ।

२०७६ माघ १२ गते, २६ जनवरी २०२०, भारतको गणतन्त्र दिवसको दिनविदा भएकोले नातिनी सिचु हेर्न तिन्की आमा मतिना निवासैमा बसिन् । शशी र म उबर चढी मुम्बादेवीको मन्दिर गयौ“ । विदाका दिन भएर होला बाहिर सडक देखि लामो लाम थियो । लामको बीचमा उभिरहेको एकजना प्रौढलाई हामीहरु नेपालबाट आएको भनेपछि आप्mनै अघिल्तिर छिर्न दिए । मध्यान्हको घाम पोल्ने थियो । लाम बिस्तारै सर्दै थियो । मैले शशीलाई अगाडि गई छायादार ठाउ“ खोजी बस्न भने । १५ मिनेट जति पछि तिनी पनि लाममा मिसिइन् । मुम्बादेवीकै नामबाट मुम्बई शहरको नाम रहेको छ । अङ्ग्रेजीहरुको शासनकालमा बम्बई भनियो । भारत स्वतन्त्र भएको ६ दशक पछि बम्बईको प्राचिन नाम मुम्बई राखिएको छ । यद्यपि चलचित्र नगरीको रुपमा बलिउड नै प्रसिध्दि छ ।

पैसा तिरी जुत्ता हेर्ने व्यवस्था रहेछ । हामीले चप्पल त्यही“ राख्यौ“ । अनि दर्शन गर्न लाम अगाडि छिर्यौ । दा“या तिर मुम्बादेवी बायातिर अन्नपूर्ण देवीका शिर प्रतिमा भव्य रहेछन् । पालैस“ग दर्शन गर्यौ, प्रसाद लियौ“ । बाहिर निस्की रु. २०।– तिरी चप्पल लगाई सडकमा आई उबर चढी अर्को प्रसिध्द मन्दिर महालक्ष्मीथान पुग्यौ“ । त्यहा“ पनि लाम लामै थियो ।

त्यहा“ कमलको पूmल बेच्नेस“ग फुल किनी हामी नेपाली भनी बताए पछि उसले लाम बीचबाट छिर्न भन्यो । चप्पल पनि त्यही“ राखी लामको बीचमा छिर्यौ । महालक्ष्मीको मन्दिर भनी प्रसिध्दि भए पनि महालक्ष्मीको अध्र्द कदको प्रतिमा स“गै दा“यातिर महाकाली र ब“ायातिर महासरस्वतीका अध्र्द कदका प्रतिमा अवस्थित थिए । हाम्रो पालो आए पछि फुल चढाई स्तुति गर्यौ“ । अनि प्रसाद लिई बाहिर निस्की पसलेलाई धन्यवाद दिई आ–आप्mनो चप्पल लगाई सडकमा आयौ“ ।

१० मिनेट जति पैदल हिडेपछि हाजि अलि मस्जिद जाने बाटो पुग्यौ““ । अरब सागरको किनार बीच १.५ कि.मि. लम्बाइ, १२ फीट चौडाइ र ६ फीट उचाइको ग्राभेल सडकमा पैदल दर्शनार्थीहरु मस्जिद आवत जावत गरिरहेका थिए । इस्लामहरुको प्रसिध्द मस्जिद भए पनि हाजि अलि मस्जिद सबैका लागि खुला रहेछ । लाम लाग्न नपरे पनि जाने बाया र फर्कने दाया तिर गर्नाले भीड स्वतः व्यवस्थित भयो । शशी र म बायातिरबाट छिरी पञ्चमीको पाइला चाल्न थाल्यौ“ ।

छिटो हिड्न अगाडिकाले रोक्थ्यो, ढिलो गरे पछाडिकाले धकेल्थ्यो । मस्जिद परिसर फैलेको हुनाले त्यहा“ भीड भएन । मस्जिदको मजारमा अर्पण गर्ने सामगी्र बेच्ने खुला पसल थिए । त्यतैतिर चामलको गेडामा नामाक्षर लेख्ने ठाउ“ देख्न पाउ“दा उत्सुक र हर्षित भयौ“ । मेरो पनि बना्इ माग्दा पसलेले नाम लेखी जान र मस्जिद घुमेर फर्कदा तयार हुने कुरा बतायो ।

मस्जिदमा जीर्णोध्दार भइ राखेकोले मुल मजार मात्र खुला थियो जहाँ श्राध्द पूर्वक नमन गर्यौ । फर्केर अघिको पसल पुग्यौ“ । पसले केटोले नाम सोधी रु ३०।– लिई एउटा किचेन (साचो अड्काउने) दियो जसमा पारदर्शी सानो प्लााष्टीक खोलभित्र अंग्रेजी अल्फाबेटमा ‘एएमएआर‘ लेखिएको चामलको गेडा थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!