Search

माओवादी केन्द्र र समाजवादी पार्टी एकिकरण हुर्दै एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने

माओवादी केन्द्र र समाजवादी पार्टी एकिकरण हुर्दै एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने

३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी(नेसपा)बीच एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्न सकारात्मक छलफल भएको छ । आइतबार दुई पाटीका वार्ता टोलीबीच भएको छलफलमा नेकपा कायमै राखेर समाजवादी फुर्को थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको नेसपाका वार्ता टोली संयोजक संयोजक गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टी एकता संयोजन समितिमार्फत पार्टीको वैचारिक तथा नीतिगत सुझाव, झण्डा, नाम लगायत विषयमा आवश्यक सुझाव दिएर अगाडि बढ्ने सहमति भएको छ । ‘दुवै पार्टीको वार्ता टोलीबीच भएको छलफलमा माओवादी केन्द्र नाम हटाएर एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्नेगरी सहमति नजिक पुगिएको छ । त्यसका लागि पार्टी एकता संयोजन समितिमार्फत पार्टीको नाम झण्डा, वैचारिकत तथा नीतिगत विषय टुंगो लगाउने सहमति भएको छ’, उनले भने ।

एकता संयोजन समिति गठन गर्न माओवादी र नेसपाको वार्ता समितिस्तरमा सहमति
यस्तै माओवादी केन्द्रको वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले आवश्यकताअनुसार एकता संयोजन समिति गठन गर्न सहमति भएको बताए । यसैगरी उनले विशेष महाधिवेशनमार्फत माओवादी केन्द्र शब्द हटाउन तयार भएपनि नेकपा शब्द भने नहटाउने पहिल्यै निर्णय भइसकेको बताए । बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिने भन्दै उनले एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) बनाउन सकिनेबारे सकारात्मक प्रतिक्रिया दिए ।

‘दुवै पार्टीको वार्ता टोली बैठकले पार्टीको नाम, झण्डा, वैचारिक तथा नीतिगत दस्तावेज लेखनका लागि अन्तिम रुप दिन एकता संयोजन समिति बनाउन सुझाव दिने सहमति भएको छ । नेकपा हाम्रो बटम लाइन हो । बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिन्छ’, पोखरेलले भने ।

यद्यपि नेकपा शब्द कायमै राख्ने विषयमा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले भने असहमति जनाएका छन् । यसै विषयमा पार्टीभित्र विवाद भएपछि उनले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएका छन् ।

अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ, महासचिव रमेश यादव लगायत नेताहरू पूर्वसहमति अनुसार पार्टी एकताका पक्षमा रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!