Search

प्रारम्भिक बालविकास के हो र यसमा किन लगानी गर्नुपर्छ ?

प्रारम्भिक बालविकास के हो र यसमा किन लगानी गर्नुपर्छ ?

प्रारम्भिक बालविकास के हो ?

प्रारम्भिक बालविकास भन्नाले गर्भावस्थादेखि ८ वर्ष उमेर समुहका बालबालिकाहरुको सर्वाङ्गीण (शारीरिक, सामाजिक, संवेगात्मक, भाषिक र बौद्धिक) विकास प्रकिृयालाई बुझाउँदछ । साथै बालबालिका सर्वाङ्गीण विकासका लागी तर्जुमा गरिएको बालबालिका, अभिभावक तथा बालबालिकासँग प्रत्यक्ष काम गर्ने (हेरालु, सहयोगी तथा शिक्षक) सहयोगी कार्यकर्ताहरुका लागी निर्माण गरिएका नीति एवम् सबै किसिमका कार्यक्रमहरुलाई जनाउँदछ ।

प्रारम्भिक बालविकासमा किन लगानी गर्नुपर्छ ?

वैज्ञानिक आधार

  • जीवनको सुरुवाती वर्षमा मस्तिष्कको विकास सबैभन्दा तीव्र गीतमा हुने भएकाले,
  • तीन वर्षको उमेरसम्मा बालबालिकाको मस्तिष्क वयस्कको मस्तिष्क भन्दा दुई गुणा बढी क्रियाशील हुने भएकाले,
  • यस समयमा मानव मस्तिष्कको कोषिका (न्युरोन) हरुले ७०० देखि १००० प्रति सेकेण्डका दरमा नयाँ सम्पर्क स्थापित गरिरहेका हुने भएकाले,
  • तीन वर्षको उमेरसम्ममा मस्तिष्कको तौल ८७ प्रतिशत भैसकेको हुने भएकाल,े
  • प्रारम्भिक उमेरमा बालबालिकाले पाउने पोषण, स्वास्थ्य, र उत्प्रेरणामुलक वातावरण र सिकाइका अवसरहरुले बालबालिकाको मस्तिष्क विकासमा सकारात्मक प्रभाव पार्ने हुनाले ।

सामाजिक आधार

  • प्रारम्भिक बालविकास कार्यक्रमले समाजमा रहेका विभेद (लैङ्गिक, सामाजिक, आर्थिक) हरुमा सकारात्मक परिवर्तन ल्याउन सकिने हुनाले,
  • सामाजिक असमानता जीवनको सुरुवाती दिनहरुबाट नै सरुहुने र सोहि समयदेखि नै विभेदहरुमा कमी ल्याउन प्रारम्भिक बालविकास कार्यक्रमले प्रत्यक्ष सहयोग पुयाउने हुनाले,
  • विशेषगरी विषम परिस्थितिमा रहेका तथा विशेष संरक्षण आवश्यकता भएका बालबालिकाका लागी रेखदेख, राम्रो स्वास्थ्य, पोषण, सिकाइ र प्रोत्साहन बढी आवश्यक हुने भएकाले,

आर्थिक आधार

  • प्रारम्भिक उमेरमा बालबालिकाको समग्र विकासका लागी लगानी गरिएमा त्यसको प्रतिफल धेरै गुणा बढी हुने भएकाले,
  • ठुला बालबालिकाको शिक्षा र तालिममा गरिने लगानीको भन्दा धेरै प्रतिफल प्रारम्भिक उमेरमा लगानी गर्दा प्राप्त हुने भएकाले,
  • प्रारम्भिक बालविकास कार्यक्रममा १ डलर खर्च गरेमा १७ डलर बराबर को प्रतिफल आउँछ भन्ने अन्तर्राष्ट्रिय मान्यता भएको हुनाले,
  • प्रारम्भिक बालविकासको प्रतिफलका आयस्रोत भएका बालबालिकाहरुमा बढी भएको पाइएकाले ।

बालअधिकारको सुनिश्चितता र दिगो विकासका लक्ष्यहरु हासिल गर्नमा सहयोग :
संयुक्त राष्ट्र संघिय महानुभावद्वारा प्रतिपादित बालअधिकार सम्बन्धि महासन्धी (१९८९) मा उल्लेखित प्रमुख चार बालअधिकारहरु बाँच्न पाउने, विकास गर्न पाउने, सुरक्षित हुनपाउने र अधिकारको सुनिश्चितता प्रारम्भिक बालविकास कार्यक्रमबाट मात्र सम्भव छ ।

सूचना सम्प्रेशनको लागि प्रारम्भिक वालविकास समाज नेपालद्वारा प्रकाशित बुलेटिनबाट

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!