Search

बाइडनले भने, ‘हामी जित्दैछौं’; ट्रम्पले भने, ‘उनीहरु चोरीको कोसिस गरिरहेछन्’

बाइडनले भने, ‘हामी जित्दैछौं’; ट्रम्पले भने, ‘उनीहरु चोरीको कोसिस गरिरहेछन्’

बाँपीझ्याला, अमेरिकी राष्ट्रपति चुनावमा आइरहेको परिणामको क्रममा डेमोक्रेट उम्मेद्वार जो बाइडनले भाषण दिएका छन् । उनले आफू अहिले जुन स्थानमा छन्, त्यसमा खुसी भएको बताएका छन् ।

उनले भने, ‘विसकन्सिन र मिशिगनका लागि खुसी छौं । चुनाव त्यतिबेलासम्म समाप्त हुँदैन जबसम्म हरेक एक ब्यालेटको गन्ती हुँदैन ।’

‘हामीलाई लागिरहेको छ कि हामी जीततर्फ अघि बढिरहेका छौं, तपाईंको धैर्य सराहनीय छ । हामी निकै राम्रो महसुस गरिरहेका छौं । नतिजा आउन समय लाग्छ, भोट गन्न समय लाग्नेछ किनभने हरेक भोटको गन्ती हुनेछ । डाकबाट पठाइएको भोट पनि । म वा ट्रम्प दुबैले कसले जित्यो भनेर घोषणा गर्न सक्दैनौं, यो अमेरिकी जनताले निश्चित गर्नेछन् ।’

यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मतगणनाबीच ट्वीट गरेर आफ्ना प्रतिद्वन्द्वीमाथि चोरीको आरोप लगाएका छन् ।

ट्रम्पले लेखे, ‘हामी अघि छौं तर उनीहरु चुनाव परिणाम हामीबाट चोर्न चाहन्छन् । हामी यस्तो हुन दिँदैनौं । चुनाव समाप्त भएपछि भोट हाल्न पाइँदैन ।’ –बीबीसी

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!