Search

एक्साइडको ७४ एम्पियर नयाँ ब्याट्री बजारमा, अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिने

एक्साइडको ७४ एम्पियर नयाँ ब्याट्री बजारमा, अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिने

बाँपीझ्याला, काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले ७४ एम्पियरको इपिक डिन (EPIQ DIN) ब्याट्री ७७ महिना वारेन्टीको साथ अत्याधुनिक गाडीहरुका लागि ल्याएको छ ।

सिप्रदी ट्रेडिङ्गअन्तर्गत एक्साइड ब्याट्री विभागका महाप्रबन्धक सुरेश कुमार तिवारीका अनुसार EPIQ DIN ब्याट्री उत्कृष्ट प्रविधिद्वारा निर्मित ब्याट्री हो । यसमा प्रयोग भएको पेन्टा एल्वोइले गर्दा ब्याट्रीमा लाग्ने खिया कम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउँछ जसले गर्दा यो ब्याट्री अन्य ब्याट्रीहरुको तुलनामा बढी समयसम्म टिक्ने गर्दछ ।

यो इपिक डिन ७४ ब्याट्रीमा प्रयोग भएको विशेष पेस्टले गर्दा ब्याट्री टिक्ने अवधि बढाउने मात्र होइन छिटो चार्ज पनि हुने गर्दछ । इपिक डिन ७४ ब्याट्रीमा जडि़त डबल क्लाड पोलिथिलिन र ग्लास म्याट सेपरेशनले गर्दा धेरै नै भरपर्दो तथा लामो समय सम्म ब्याट्री टिक्ने तिवारीले बताए ।

इपिक डिन ७४ ब्याट्रीको राम्रो विशेषता भनेको वेट सेल्फ लाइफ हो । यो वेट सेल्फ लाइफ बढी हुने भएकोले छिटो डिस्चार्ज हुँदैन ।

सामान्यतया अटोमोटिभ ब्याट्रीहरु ३ महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ तर इपिक डिन ७४ ब्याट्री ६ महिनासम्म पनि प्रयोग नगरीकन राख्दा डिस्चार्ज हुँदैन । त्यसपछिको समयमा यदि ब्याट्री डिस्चार्ज भइहाले पनि यो ब्याट्री अन्य ब्राण्डको तुलनामा छिटो चार्ज हुन्छ ।

इपिक डिन ७४(EPIQ DIN)ब्याट्रि बिएमडब्लु, सेभ्रोलेट, टाटा, फोर्ड रेन्जर, ह्युनडाई, मर्सिडिज बेन्ज, निसान, रेनौल्ट, स्कोडा, भोक्सवागन, मित्सुबिशी जस्ता अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिन्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!