एनएमबि बैंकले २४सै घण्टा र ७अ‍ै दिन सापटी सेवा दिने, कसरी लिन सकिन्छ ?

बाँपीझ्याला, काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा शुरू गरेको छ । जसले कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बताएको छ । यो नेपालमै पहिलो पटक २४सै घण्टा र ७अ‍ै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो । उक्त सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो बीनाको व्यक्तिगत कर्जा हो । एनएमबिमा तलव खाता भएका तलवि कर्मचारीहरुलाई रु. १,००,००० सम्म २४सै घण्टा र ७अ‍ै दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।

एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले एनएमबि सापटी डिजिटल बैंकिङ्गमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग भएको, जसले ग्राहकहरूलाई वित्तीय सेवाहरु सहजै प्रदान गर्नुको साथै ब्राण्डसँगको अनुभव अभिबृद्धि गर्ने बताए । उनले शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको शुरु देखी अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरण प्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पु¥याउँने बताए ।

एनएमबि सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ जसले यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्क रहित माध्यमको रुपमा प्रस्तुत गरेको सिइओ केसीले बताए ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

You May Also Like

More From Author

+ There are no comments

Add yours