Search

आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

१७ कार्तिक, बाँपीझ्याला, एजेन्सी । इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोलीमाथि आर्सनलले १-० जित निकाल्यो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा आर्सनलका लागि पियरे एमरिक औबुमेयाङले निर्णायक गोल गरे। उनले खेलको ६७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। युनाइटेडका पाउल पोग्बाले आर्सनलका हेक्टर बेलेरिनलाई फउल गरेपछि आर्सनलले पेनाल्टीको अवसर पाएको थियो।

जितसँगै ७ खेलबाट १२ अंक जोडेको आर्सनल अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ ६ खेलबाट ७ अंक जोडेको युनाइटेड तालिकाको १५ औं स्थानमा छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!