Search

सन्दर्भ : दशै

सन्दर्भ : दशै
सविना मानन्धर, फोटो पत्रकार


समयले साथ दिन छोडेपछी कसैको केही लाग्दैन भन्ने गरेको सुनिन्थ्यौ साच्चिकै हो रहेछ । यस वर्ष विश्वका मानव जातीलाई जैविक प्रकोप कोविड –१९ ले रुवाउन सम्म रुवाएको छ । यसले नेपाल पनी रुमलीरहेको अवस्था छ । यतीले मात्र नपुगी समय र मौसम अनुसारको चाडपर्व समेत मनाउन नपाईने भईसक्यौ ।
यही सन्दर्भमा यसपाली आउँदै गरेको दशै तिहार पनी खल्लोमै वित्ने भयो ।

खर ले छाएको रातोमोटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो ।


दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो ।
रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाटबाबियो उठाउदै हिडिन्थो र पो दसै आएझै लाग्थो ।


दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दसै आएझै लाग्थो ।


दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै मिठो मसिनो कुट्नु पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थो र पो दसै आएझै लाग्थो ।


दसैमा फलानो आयो ढिस्कानो आउदेन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो र पो दसै आएझै लाग्थो ।


पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थो ।


बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो र पो दसै आएझै लाग्थो ।
अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दसै आएझै लाग्थो ।


मुग्लानीहरु हररर अत्तर बास्ना आउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै गाउ छिर्थे र पो दसै आएझै लाग्थो ।
घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी प्राइभेट पिङ हालिदिनु पर्छ भनेर आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दसै आएझै लाग्थो ।


सधै निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो र पो दसै आएझै लाग्थो ।


निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङ छन्द्राङ पार्दै हिड्न पाइन्थो र पो दसै आएझै लाग्थो ।


टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले छोरा मान्छेलाई टिका लगाउदा पैसा नदिएर छोरी मान्छेलाई मात्र पैसा दिएको देखेर अहिले अलि हाँसो अलि खल्लो लाग्ने गर्दछ । आखिरमा त छोरा मान्छे भएर के गर्ने बालपनको दशै त छोरा मान्छे र छोरी मान्छेको एउटै होईन र ?


तर खै त अहिले त्यो दसै ???
त्यसैले सम्झिदापनी बैराग लाग्छ्स त्यसैले मागेर पाउने भए म मेरो त्यो बेलाको बालपन र दसै माग्थे ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!