Search

अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यावंशी’ आगामी गणतन्त्र दिवसमा रिलिज हुन सक्ने

अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यावंशी’ आगामी गणतन्त्र दिवसमा रिलिज हुन सक्ने

२६ असोज,बाँपीझ्याला, मुम्बई । अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यावंशी’ २०२१ को गणतन्त्र दिवसमा अवसरमा रिलिज हुने भएको छ ।

दिपावलीमा रिलिज मिति तोकिए पनि सबै हलहरु खुल्ने यकिन नभएपछि चलचित्रको रिलिज मिति पुनः एकपटक पछि सारिएको हो ।

त्यसपछि क्रिसमसमा रिलिज हुने अनुमान लगाइएको थियो । तर उक्त मितिमा रणवीर सिंह अभिनीत ‘८३’ रिलिज हुने निर्माण कम्पनी रिलायन्स इन्टरटेन्मेन्टले पुष्टि गरेको छ ।

यसकारण ‘सौर्यवंशी’ का निर्देशक रोहित शेठ्ठी र अभिनेता अक्षय कुमार यसको रिलिज अर्को वर्षको गणतन्त्र दिवसको बिदामा गर्ने योजनामा छन् ।

रिलायन्स इन्टरटेन्मेन्ट यी दुबै चलचित्रको रिलिज अर्को वर्षको मार्चभन्दा पहिला नै गर्न चाहन्छन् । यस चलचित्रमा अक्षय कुमारका साथै कट्रिना कैफ, अजय देवगन र रणवीर सिंहको पनि मुख्य भूमिका रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment