Search

भक्तपुरमा शनिबार ‘वः फेस्टिबल’

भक्तपुरमा शनिबार ‘वः फेस्टिबल’

२६ जेठ, बाँपीझ्याला, काठमाण्डौँ ।नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा ‘वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो-२०२४’ आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला आयोजना हुन लागेको हो ।

मध्यपुरथिमि नगरपालिका-७ नगदेशको प्रांगणमा मेला आयोजना हुनेछ । मेला बिहान १० बजेदेखि बेलुकाको ७ बजेसम्म सञ्चालन हुने छ । मेलामा काठमाडौँ उपत्यकाका ख्यातीप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा आमा तथा महिला समुहलगायतले हरिया सागसब्जी र विभिन्न परिकारका नेवारी खाना उपलब्ध गराउने आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए ।

उनका अनुसार मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिनेछ । मेलामा नेवारी रेष्टुराँलगायत स्थानीय किसान र आमा तथा महिला समूहको मेहनत खेर नजाओस भन्ने उद्देश्यले स्थानीय विद्यालय, कलेज तथा सहकारी तथा अन्य संघसंस्थालाई चार लाख रुपैयाँभन्दा बढीको अग्रीम कुपन बिक्री समेत भइसकेको समितिले जनाएको छ ।

मेलामा विभिन्न वःका परिकार उपलब्ध हुनेछन् । अध्यक्ष प्रजापतिका अनुसार नेवा समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ । केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला वः/लापी वः, खें वः ख्वल्चा वः, भु वः/तःपा वः, सू वः/बारा वः का नामले पनि चिनिन्छ । बार वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको पाइन्छ । समितिका अनुसार कतिपय वः खानाका परिकारका रुपमा लिइँदैन ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment