Search

शुक्रबार नेपाली हलमा लागे छक्कापञ्जा ४, छड्के २ र क्रिड ३

शुक्रबार नेपाली हलमा लागे छक्कापञ्जा ४, छड्के २ र क्रिड ३

बाँपीझ्याला, काठमाडौँ । शुक्रबार नेपालमा तीन फिल्म रिलिज भएका छन् । नेपाली फिल्महरु ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ र हलिउडको ‘क्रिड ३’ प्रदर्शनमा आएका हुन् । कलाकार र ब्राण्डको हिसाबले यी तीनै फिल्म दर्शकमाझ प्रतीक्षित छन् ।

राजनीतिक कथावस्तुमा निर्माण भएको ‘छक्कापञ्जा ४’मा दीपकराज गिरी, नीर शाह, दीपाश्री निरौला, बेनिशा हमाल, केदारप्रसाद घिमिरे, निर्मल शर्मा र बुद्धि तामाङको शीर्ष भूमिका छ । एउटा गुण्डा दिग्विजय सिंह ‘राजा’लाई विशेष परिस्थितिले राजनीतिमा ल्याउँछ । गुण्डादेखि सांसद बन्नका लागि उसले कस्ता परिस्थितिसँग संघर्ष गर्नुपर्छ भन्ने कथावस्तु वरपर फिल्म घुमेको छ ।

हेमराज बीसी निर्देशित फिल्ममा सामाजिक सञ्जालले कसरी एजेण्डा सेटिङमा भूमिका खेलिरहेको छ र राजनीतिलाई निर्देशित गरिरहेको छ भन्ने चित्रण गर्छ । २ घण्टा ३२ मिनेट लामो यो फिल्मलाई कमेडी र पोलिटिकल ड्रामा जनरामा राखिएको छ । फिल्मको शीर्ष पात्र राजा र यसका प्रमुख पात्रहरुको जीवन यात्रा दर्शकलाई रोचक लाग्न सक्छ ।

अनमोल केसीको शीर्ष भूमिका रहेको ग्याङस्टर ड्रामा ‘छड्के २’ पनि शुक्रबार देशव्यापी रिलिज भएको छ । निगम श्रेष्ठ निर्देशित फिल्ममा स्वयं निगमसहित रविन तामाङ, रेशा आले मगर र कमलमणि नेपालको प्रमुख भूमिका छ । यार्सागुम्बासहितका प्राकृतिक स्रोतसाधन र ठेक्का हत्याउन र राजनीतिलाई प्रभावित तुल्याउन गुण्डा नाइकेबीच हुने संघर्षको कथावस्तुमा फिल्म घुमेको छ । तन्नेरी दर्शक र ग्याङस्टर ड्रामामा रुचि हुने दर्शकलाई यो फिल्म मन पर्नसक्छ ।

प्रायः लभस्टोरी फिल्ममा खेल्दै आएका अनमोलको यो पहिलो ग्याङस्टर फिल्म हो । १ घण्टा ३१ मिनेट लामो फिल्मलाई एक्सन र ड्रामा जनरामा राखिएको छ ।

माइकल बी जोर्डन निर्देशित हलिउड फिल्म ‘क्रिड ३’ पनि प्रदर्शनमा आएको छ । १ घण्टा ५८ मिनेट लामो फिल्ममा जोर्डन, टिजा थम्पसन र जोनाथन मेजर्सको शीर्ष भूमिका छ । आफ्नो करिअर र परिवारमा व्यस्त तथा खुसी रहेको एडोनिस नामक शीर्ष पात्रको जीवन त्यतिबेला बदलिन्छ जतिबेला उसको स्कुले साथीसँग उसको भेट हुन्छ । त्यतिबेला उनीहरुको लडाइँ बक्सिङभन्दा माथिल्लो स्तरमा हुन्छ । स्पोर्ट्स ड्रामा जनरामा यसलाई राखिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment