Search

फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक

फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक

बाँपीझ्याला, काठमाडौँ । जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथामा आधारित फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, जातीय असमानता, सामाजिक रंग र विद्रोहको सार प्रस्तुत गरिएको छ । विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको शीर्ष भूमिका रहेको फिल्म आगमी चैत २४ गते रिलिज हुने तयारीमा छ ।

सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ चार वर्षअघि रिलिज भएको ‘प्रसाद’को दोस्रो शृंखला हो । फिल्ममा महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

राजेश श्रेष्ठको छायांकन रहेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । फिल्मा सुशील पौडेलको कथा, मिलन श्रेष्ठको सम्पादन र राजनराज सिवाकोटीको संगीत छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment