Search

राष्ट्रपति चुनिएपछि बाइडनको पहिलो भाषणः भने, ‘यो जनताको जीत हो’

राष्ट्रपति चुनिएपछि बाइडनको पहिलो भाषणः भने, ‘यो जनताको जीत हो’

जो बाइडनले राष्ट्रपति पदमा छानिएपछि आफ्नो पहिलो भाषण दिएका छन् । उक्त भाषणमा बाइडनले आफूले ऐतिहासिक रुपमा सर्वाधिक भोट पाएको बताएका छन् ।

उनले भने, ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन् । यो जीत तपाईंको हो । हामीले ७.४ करोड भोट पाएका छौं र यति भोट आजसम्म कहिले पनि पाएका छैनन् ।’

बाइडनले थपे, ‘तपाईंहरुले ममाथि विश्वास जगाउनुभयो । यसलाई म विनम्रताका साथ स्वीकार गर्छु । म अमेरिकाको राष्ट्रपति हुँ र सबैलाई सँगै लिएर अघि बढ्नेछु । म रेड स्टेट र ब्लू स्टेटको रुपमा हेर्दिनँ । अमेरिकाको राष्ट्रपति हुँ । म कुनै पार्टीको राष्ट्रपति होइन । हामी सबै सँगै मिलेर काम गर्नेछौं । म यो मुलुकको मेरुदण्डलाई पुनः खडा गर्नेछु ।’ –बीबीसी

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!