Search

२४ घण्टामा ५७४३ कोरोना संक्रमित थपिए

२४ घण्टामा ५७४३ कोरोना संक्रमित थपिए

०५ कार्तिक, बाँपीझ्याला, काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप पाँच हजार ७४३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७४३ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ५७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ९९६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९९ हजार ६०५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २० हजार ११८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ३४ हजार ८९६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १४ हजार ६७४ जना र होम आइसोलेसनमा २९ हजार ८०० जना रहेका छन् । आजसम्म देशभर चार हजार ६५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

सोमबार देशभर तीन हजार ७९० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३३५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ ।

शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर दुई हजार ९४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३२६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

मंगलबार देशभर तीन हजार ९३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार १०८ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!