Search

यस पटकको दशैंमा नयाँ नोट बोक्न नपाईने, राष्ट्र बैंकले जारी गर्यो सूचना

यस पटकको दशैंमा नयाँ नोट बोक्न नपाईने, राष्ट्र बैंकले जारी गर्यो सूचना

बाँपीझ्याला, काठमाडौं । यस पटकको दशैंमा नयाँ नोट सटही गर्न नपाईने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोनाको कारण देखाउँदै नयाँ नोट सटही गर्ने जानकारी गराएसँगै यस पटकको दशैंमा नयाँ नोट बोक्न नपाईने भएको हो ।


‘यस बैंकले विगत वर्षहरूदेखि वडादशैं लगायतका राष्ट्रिय चाड पर्वहरूमा सर्वसाधारणको लागि साना दरका नयाँ नोटहरूको सटही व्यवस्थापन गर्दै आएको व्यहोरा अवगत नै छ,’ राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेखछ, ‘ यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएकोले आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यालयहरूबाट दशैंका लागि नयाँ नोट सटही गरिने छैन ।’

विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको र नेपाल सरकारले सोको रोकथाप तथा नियन्त्रणका लागि तोकेका स्वास्थ्यसम्बन्धी मापदण्डहरूमा बैंकहरूमा बढी भिडभाड हुन दिन नहुने भन्दै यस विषयमा पनि सर्तक रहन बैंकले आग्रह गरेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!