Search

काठमाण्डौं महानगरपालीका र भीमेश्वर नगरपालीका बीच समन्वय गरेर जानु पर्छ ।

काठमाण्डौं महानगरपालीका र भीमेश्वर नगरपालीका बीच समन्वय गरेर जानु पर्छ ।

काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालीका वडा नंं २१, लगन नयापासा टोलमा बुबा स्वर्गिय हिरा रत्न शाक्य र आमा स्वर्गिय मंगल शोभा शाक्यको कोखबाट २०२० साल जेष्ठ ९ जन्मनु भएको सुपुत्र विद्यासुन्दर शाक्य हुन् । स्तानातक सम्म अध्ययन पुरा गर्नु भएका शाक्यज्यु वि.सं २०३६ साल देखि शुरु गरियो र २०४६ सालमा स्थानिय रुपमा जनआन्दोलन संयोजन समितीको संयोजकको रुपमा काम गर्नु भएको थियो । हाल नेकपाको प्रदेश कमीटी सदस्य पदमा कार्यरत हुनु हुन्छ । र सरकारले घोषणा गरेको स्थानिय निकायमा तत्कालिन ने.क.पा. एमाले र हालको नेकपाको तर्फबाट नगर प्रमुखको पदमा टिकट प्राप्त भए पश्चात काठमाण्डौं महानगरवासी जनताहरुले बहुमतले विजयी गराई महानगर प्रमुख (मेयर) बन्न सफल हुनु भएका महानगर प्रमुख विद्यासुन्दर शाक्यसंग यस बाँपीझ्यालाको तर्फ बाट गरिएको छलफलको मुल अशंहरु हामी सम्पूर्ण काठमाण्डौं महानगरवासी, भीमेश्वर नगरवासी लगायत सम्पुर्ण नेपाली जनताहरुको लागी यहाँ प्रस्तुत गरेका छौं ।

दोलखा जानु भएको छ ?

गएको छु । नेपाल सम्वत् १११८ भिन्तुनाको उपलक्ष्यमा निभा पुचः येँ को आयोजना र दोलखा सेवा समाज दोलखाको स्थानिय संयोजनमा येँ–द्वाल्खा मोटरसाईकल ¥याली १११८ गरिएको थियो । त्यही बेला मेरो दोलखाको चोटीको यात्रा थियो । यस अघि कहिले धार्मीक यात्रासंग जोडिएर मेरो दोलखाको यात्रा भएको छ । अरु बेला भन्दा पनी न्ुह दँया १११८ येँ–द्वाल्खा मोटरसाईकल ¥यालीको स्मरण अझै यो मष्तिकमा ताजा रहेको छ । मोटरसाईकल ¥यालीमा गएको बेला बेलुकाको साँस्कृतीक कार्यक्रम, दोलखाली नेवारी लप्ती भोज येँ र द्वाल्खाको साँस्कृतिक कार्यक्रम रमाईलो संग भएको थियो । भोली पल्ट दोलखाको पृष्ठभुमीमा रहेको गौरीशंकर हिमाललाई अगाडीबाट नियाल्ने मौका पाउँदा मन झनै खुसी भएको थियो । तर म त्यतीबेला काठमाण्डौं महानगरपालीका वडा नं. २१ को वडाध्यक्ष थिए, एउटा अन्र्तराष्ट्रिय विदेशी महिला प्रमुखनी आउनु भएको रहेछ त्यसैले वहाँको स्वागतको लागि छोटो समयको बसाईमै काठमाण्डौं फर्कनु प¥यौ ।
दोलखा अत्यन्त मनोरम अनी रमणीय ठाँउ छ । तर त्यहाँको स्थानिय वासिन्दाहरु संग घुलमिल गरेर छलफल र घुम्न पाईएन ।

नेपाल मण्डलको प्राचिन नेवार शहरको बारेमा केहि बताई दिनु हुन्छ की ?

नेपाल मण्डल भन्ने शब्दले खास क्षेत्रलाई बुझाउँदछ । यो खास क्षेत्र बुझाउने जुन पद्धती ईतिहासमा मात्र सिमित रहेको थियो । हाल वर्तमान अवस्थामा नेपाल मण्डलको अर्थ कान्तीपुर, ललितपुर, भक्तपुर र अभयपुर (द्वाल्खा) को संयुक्त नामलाई नेपाल मण्डल भन्ने रहेछ । यसै नेपालका अन्य ८ जिल्ला समेत गरी जम्मा पहिला ११ जिल्ला हाल १ थप भई १२ जिल्ला नेपाल मण्डल भित्र पर्दछ ।
काठमाण्डौं जिल्ला भन्नाले तत्कालिन कुनै समय यो उपत्यकामा अर्थात नेपाल मण्डलमा नेवारै नेवारमात्र बस्दै आउनु भएको थियो । धेरै सर–सुविधाहरु उपत्यकामा भएको कारणले उपत्यकामा गैर नेवारहरुको आगमण शुरु भयो नेवार समुदायका सदस्यहरु विस्तार विस्तारै अल्पमतमा पर्दे गएका छन् । तैपनि उपत्ययका लगायत नेपाल मण्डल भित्रका नेवार समूदायहरुले आफ्नो मातृभाषा, संस्कृती, परम्परा र सस्कारहरुलाई बचाई संरक्षण गर्दे त्यसलाई निरन्तरता दिई आईरहेका छन । यसकारण वहाँहरुको अभियानलाई साथ सहयोग गर्नका लागि काठमाण्डौं महानगरपालीकाले साथ सहयोग दिएर आएका छौं ।

नेवार समुदायको भाषा, संस्कृती, सम्पदाहरु नेपालको गहना हो, यो दिन प्रतिदिन लोप हुर्दै गईरहेकोले त्यसको संरक्षणको लागि काठमाण्डौं महानगरपालिकाको के विचार गरी राखेको छ ?

काठमाण्डौं महानगरपालीकाको पुर्व महानगर प्रमुख केशव स्थापितको पालादेखिनै नेपाल भाषालाई काम काजीको भाषाको रुपमा प्रयोग गर्ने भनेर निर्णय भएको थियो । त्यस बेला म का.म.न.पा वडा नं. २१ को वडाध्यक्ष थिए । त्यसपछि म काठमाण्डौं महानगरपालीकाको नगर प्रमुख पदमा निर्वाचित भईसकेपछि पनि नेपाल भाषालाई काम काजी भाषाको रुपमा प्रयोग गर्ने भनेर फेरी पुनः निर्णय गरेका छौ । यसै गरी नेपाल भाषा संग सम्वन्धीत बिभिन्न गतीविधीहरुलाई पुर्ण रुपमा हामीले प्रोत्साहित पनि गर्दै आएका छौं । हालसालै एउटा निति पनि बनाएका छौ, काठमाण्डौ महानगर क्षेत्र भित्र तथा यस महानगर भित्रको माताहतमा रहेका सरकारी तथा निजी विद्यालयहरु र गुठीमा अध्यापन गराउनको लागि नेपाल भाषाको पाठ्यक्रम तयार गरी राखेका छौं । जुन आउने अािर्थक वर्षदेखि लागु गर्देछौं ।

अहिले के मा वेस्त हुनु हुन्छ ?

सबभन्दा पहिले त एउटा राजनिती कर्मी त्यसै पनि वेस्त हुने र यस माथि देशको संघिय राजधानी काठमाण्डौ महानगरपालीकाको नगर प्रमुख हुँदा यहाँको काठमाण्डौंवासीहरुको जनजिवन संग सम्वन्धित हरेक गतीविधीमा सामेल हुनु पर्ने बाध्यात्मक स्थिती भएकोले वेस्त त हुने नै भयो । यसै गरी हाल विश्वव्यापी रुपमा संक्रमण भईरहेको कोविड १९ भाईरसबाट काठमाण्डौं महानगरवासीलाई कसरी बचाउने भन्ने अभियानमा लागेका छौ. ।

अहिले काठमाण्डौं महानगरपालीकाको सातौं नगर अधिवेशन चलि राखेको छ भन्नु भयो । नेपाल भाषा, नेवारी संस्कृती र परम्परालाई अहिलेको बजेटले कस्तो सम्वोधन गरेको छ ?

अहिलेको बजेटले मात्र होईन सवै बजेटले काठमाण्डौं उपत्ययकाको नेपाल भाषा, नेवारी संस्कृती र परम्परालाई सम्वोधन गरेको छ । यसरी जति वेलादेखि हामी निर्वाचित भएर आयौं त्यतीवेला देखि यहाँका जतीपनी गुठी, नेवारी संस्कृती र परम्परा छन् ति सवैलाई सम्वोधन गरेर आएका छौं । गुठी सम्वन्धीको कुरा गर्नु हुन्छ भने महानगरपालीकाले मात्र गरेर हुदैन त्यस्को लागि गुठीयारहरु पनी लाग्नु पर्छ । यसै गरी गुठीयारहरु सक्रिय छन् वहाँहरुलाई काठमाण्डौं महानगरपालीकाले सहयोग गरेको छ । यसरी उपत्ययका भित्र रहेका नेवारी संस्कृती, परम्परा र जात्रा पर्वहरुलाई सहयोग गर्ने गुठीयार र सम्वन्धित निकायलाई जसरी प्रोत्साहित गरेर आएका छौं । त्यसै गरी यहाँ भित्रका स्थानिय बाजागाजा प्रवद्र्धनका लागि सिकाउने गुरुहरुलाई नगद सहित सम्मान गरेर अगाडी बढी रहेका छौं । यसैपाली देखि हाम्रै पहलमा ईन्द्रजात्रा व्यवस्थापन समिती लगायत नेपाल सरकार, प्रदेश सरकार र अन्य गुठीयारहरु संग छलफल गरेर ५ करोडको अक्षकोष स्थापना गर्ने निर्णय गरेका थियौ त्यही अनुसार काठमाण्डौं महानगरपालीकाले २ करोडका व्यवस्थापन अहिलेको बजेटमा व्यवस्थापन गरेका छौं । नेपाल सरकारले १ करोड ५० लाख उपलब्ध गराई सकेको छ । प्रदेश सरकार र गुठी संस्थानले १ करोड ५० लाख दिन बाँकी छ । त्यो सवै गरेर ५ करोडको अक्षकोष स्थापना गरेर त्यहीबाट यहाँको जात्रा परम्पराहरु चलाउछौं । यसै गरी यहाँका जति पनि गुठी, जात्रापर्वहरु छन् त्यसको बारेमा सम्वन्धीत गुठीयारहरु संग छलफल चलाएका छौ ।

उपत्यका मेयर फोरमका संयोजक हुनु हुन्छ ? उपत्यका मेयर फोरमले उपत्यका विकास प्राधिकरण खारेजीको माग गर्दै आएको छ, तर उसले मानेको छैन यस अर्थमा उपत्यका प्राधिकरण उपत्यका मेयर फोरम भन्दा बलियो हो कि भन्न थालेका छन् । यसको वास्तविकता के हो ?

उपत्यका विकास प्राधिकरण खारेजी हुनु पर्छ भनेर हामीले पटक पटक भनेका छौं । नेपाल सरकारलाई पनि ध्यान आकर्षण गराई सकेका छौं । विवाद भनेको उपत्यका विकास प्राधिकरणको व्यक्तिहरु संग होईन अहिले हिजो जुन नयाँ संविधान आईसकेको छ । संविधानले नचिनको व्यक्तिलाई अहिले राख्नु हुदैन । त्यही अनुसार आवश्यक सयन्त्रहरु बनाएर अगाडी बढ्नु पर्छ भनेका छौं । अहिले २०७२ सालको नयाँ संविधान आईसककोले स्थानिय निकाय होईन स्थानिय तह भईसक्यौ । र स्थानिय सरकार भई सकेपछि त्यो संस्था त्यतीकै आफु कार्यकारी रुपमा रहनु हुदैन भन्ने हाम्रो मान्यता निष्कर्श हो । त्यही अनुसार नेपाल सरकार अर्को ऐन बनाएर त्यसलाई खारेजी गर्नु पर्छ भनेर सरकारको हामीले ध्यान आकर्षण गरेका छौं । हामीलाई विश्वास छ सरकारले यसको निष्कर्श चाडैनै निकाल्छ र त्यो संस्था खारेजी हुन्छ ।

काठमाण्डौं महानगरपालीकामा हिजो स्थानिय निकाय नहुदा कर्मचारीले मात्र चलाएको थियो र अहिले जनप्रतिनिधीहरु आएको अवस्था छ जनतालाई दिएको सेवा र स्ुविधामा हिजो र आज के भिन्नता जनताले महशुष गरेका छन् ?

हामी स्थानिय निकायमा आईसके पछी जनता धेरै खुसी भएका छन् । छिटो छरितो सेवा पाएका छन् तैपती छिटो छरितो र मैत्री सेवा दिन्छौं भनेर हामीले प्रतिवद्धता जनाएका छौं । त्यो अनुसार हुन नसकेता पनि हिजो भन्दा धेरै छिटो र छरितो सेवा दिन सफल भएका छौं । विकास निर्माण, संस्कृती संरक्षण, सम्पदा जोगाउनको लागि हामीले गरेको कामले महानगरवासीहरु खुसी पनी छन् । आफैले चुनेर पठाएर आफैलाई शासन गर्न पठाएका जनप्रतिधि पाएपछी महानगरवासीहरु खुसी छन् अहिले म मात्र होईन म लगायत उपप्रमुख, वडाध्यक्षहरु त्यतीकै खटीरहनु भएका छन् । जसको कारणले महानगरवासीहरु हिजो भन्दा फरक महशुष गरेर खुसी नै रहेका छन् ।

काठमाण्डौं महानगरपालीकाले आफै टेलिभिजन संचालनमा ल्याउने कुरा थियो । कुरो कहाँ पुग्यो होला ?

काठमाण्डौंं महानगरपालीकाले अहिले पनि नेपाल टेलिभिजन संग सहकार्य गरेर केही समय खरीद गरेर आफ्ना धारणा सार्वजनिक गरेका छौं । त्यो मात्र भएर नपुगेर काठमाण्डौं महानगरपालीका देशकै संंघिय राजधानी भएको र पुरानो नगरपालीका भएकोले आफ्नै टेलिभिजन हुनु पर्छ भनेर हाम्रो योजना हो । त्यस्को लागि हामीले कार्यदल बनाएर बजेटपनी व्यवस्था गरेका छौं । र त्यही कार्यदलबाटै संचालन गरेर अगाडी बढ्छौं ।

उपत्यका मेयर फोरमले सरकार संग उपत्यकाका नाकाहरु कडा गर्नु पर्ने कुरा कोराना संग जोडेर ल्याएको देखिन्छ तर फोरम आफैले चाही कोरोना संक्रमण रोक्न के गरेका छ ?

फोरम आफैले धेरै काम गरेको छ । यदी उपत्यका फोरममा आवद्ध भएका नगरपालीकाहरुले त्यहाका जनप्रतिनिधी, कर्मचारीहरु र स्थानिय व्यक्तिहरुले सहयोग नगरेको भए अहिले सम्म उपत्यका ध्वस्त भई सक्ने थियो । तर सवै जनप्रतिनिधीहरुले त्यहाँको राहत वितरणदेखि लिएर उपत्यकालाई संक्रमणबाट बचाउन धेरै काम गरेका छ । र यहाँमात्र होईन सवैले तिर प्रशंसा गरेका छन् तिन तहका सरकार मध्ये स्थानिय तह धेरै क्रियाशिल भएको छ । यदी स्थानिय तह यतीवेला क्रियाशिल नभएको भए यती बेला उपत्यकामा धेरै उथल पुथल आई सक्ने थियो । ठुलो आन्दोलन हुने थियो । खान नपाएका भनेर आउथ्यौ तर अहिले त्यो सवैलाई बचाउने काम स्थानिय तहले गरेको छ । खान नपाउने ठाउँमा स्थानिय तह अन्तर्गत जनप्रतिनिधी, कर्मचारी र स्थानिय व्यक्तिहरुको सहयोगमा खानाको व्यवस्था गरिएको छ । यसकारण कही कतै पनि राहत नपाएको र खान पाईएन भन्ने गुँनासो छैन । र अहिले पनि आवश्यकता पर्दा खेरी उपचारको व्यवस्था समेत हामीले गरी आएका छौं । काठमाण्डौं देशकै संघिय राजधानी यसमाथी यहाँ ५० लाख जनताहरु बसोबास गरी रहेको काठमाण्डौंवासी मात्र नभएर उपत्यकाबाट आउँने जनताहरु पनि धेरै भएकोले यसको सुरक्षाको लागि उपत्यकालाई सिल गर्नु पर्छ भनेर सरकार संग माग गरेका छौं ।

अनी हामी नेपालीहरुको बानी के छ भने कतै एकछिन बस्न नसक्ने कहाँ सुरक्षित छ त्यहाँ भागेर आउँने र जहाँ सुरक्षित छैन त्यहाँ एकछिन नबसेर भागेर जाने यही कारणले गर्दा सवै भन्दा उत्तम उपाय यसरी भागेर आउँने र जानेलाई निरुत्साहीत गर्नु पर्छ भनेर एक जिल्लाबाट अर्को जिल्लामा आवत जावत गर्न नपाउने गरी सिल गर्नु नै बेस हुन्छ भनी उपत्यका मेयर फोरमले गृह मन्त्रालय मार्फत घना बस्ती भएको उपत्यकालाई सुरक्षा गर्नु पर्छ भनेर माग गरेको छ । यसरी कुने पनि बेला संक्रमण फैलिएको खण्डमा नियन्त्रण भन्दा बाहिर जान सक्छ यहि कुरालाई मध्यनजर गरी हामीले कडा भन्दा कडा निगरानी अपनाएका छौं । र उपत्यका आएका सवै व्यक्तिलाई पिसिआर गराएर राख्ने हो भने खर्च पनि बढ्दै जाने र संक्रमणको जोखीम पनी हुने भएकोले हामीले सम्पुर्ण नाकाहरु सिल गर्नु पर्छ र उपत्यका भित्र भने आर्थिक गतीविधीहरु खुकुलो बनाउने पर्छ भनेर नेपाल सरकारलाई हामीले सुझाव पनि दिएका थियौं । नेपाल सरकारले पनि सकेसम्म हाम्रो सुझावलाई कार्यन्वयन गर्ने तर्फ लागेको पनि देखिन्छ ।

रानीपोखरी पुनः निर्माण धमाधम हुने तर यहाँका पुरातात्विक महत्वका मठ–मन्दिरहरु भने केहि नहुने अवस्था देखिन्छ भएको के हो ?

पुनः निर्माणका काम अहिले धेरै अगाडी बढी सकेका छन् । रानीपोखरीमात्र होईन पुरातात्वीक महत्वका मठ–मन्दिरहरु पनि पुनः निर्माण भएका छन् । तर जहाँ अहि विवाद छ त्यहामात्र रोकिएको छ होईन भने अरु त बन्दै गएको छ । अहिले काठमाण्डौं उपत्यकामा हेर्ने हो भने धेरै सम्पदाहरु पुनः निमांण भई सकेका छन् र कति त पुनः निर्माणको क्रममा नै छन् । त्यसैले काठमाण्डौं महानगरपालीकाका वासिन्दाहरु महानगरपालीकाले सम्पदा पुनः निर्माण गर्नमा सहकार्य र सहयोग गरेको देखेर धेरै खुसी छन् । यसै गरी सम्पदाहरु बनाउन कतै बनाउन छुटेको छ भने हामीले सार्वजनिक रुपमा आब्हान पनी गरेका छौं । बाह, बहि, ट्वा छें, दे छें, देवल त्यस्तो पुनः निर्माण गर्नु पर्ने छ भने हामी गरी दिन्छौं तर नयाँ निर्माणलाई हामीले रोकेका छौं । यसै गरी यसपालीको बजेट हेर्ने हो भने पुनः निर्माणमा हामीले धेरै बजेट छुट्याएका छौं ।

महानगरपालीकाको मेयर तपाईं र उप–मेयर हरि प्रभा खड्गी बीच समय समयमा मत भिन्नता भएको कुरोहरु सञ्चार माध्यममा आएको सुनिन्छ र देखिन्छ वास्तवमा तपाईंहरुको सम्वन्धको कुरो के हो ?

मलाई त त्यस्तो लाग्दैन । हामी हरेक बैठक बस्छौं निर्णय गछौं, बैठकमा सर्वसम्मतीले निर्णय गछौं र बैठकमा सर्वसम्मतीले निर्णय गरी सकेपछि बाहिर फरक त्यस्तो आउनु पर्ने त होईन समाचार सम्पादन गर्दा त्यस्तो देखियो की होईन भने हाम्रो बिचमा त्यस्तो छैन । त्यसै गरी नगर परिषद्को तेस्रो दिनसम्म बैठक बस्यौ कहि कतै त्यस्तो देखिएन । पर्सि पनि हामी बैठक बस्दैछौं र यहाँ काम गर्दा प्रतिपक्ष र सत्ता पक्ष भन्ने छैन सवै हामी सत्ता पक्ष नै भएर विकास निर्माणका काम गछौं । त्यसैले मैले चाही त्यस्तो मन भिन्नता देखेको छैनौं ।

गुठी विधेयकको सवालमा समस्या समाधानका लागि सरकारले तपाईंलाई प्रमुख जिम्मेवारी दिन खोजेको तर तपाईंले अस्विकार ग¥यौ भनिन्छ वास्तविकता के हो ?

सल्लाह चाही भएको हो तर कार्यकारी पद भएकोले धेरै वेस्त हुनु पर्ने त्यसैले जिम्मेवारी लिने तर जिम्मा लिई सकेपछि काम गर्न नसक्ने भयो भने त्यो राम्रो हुदैन त्यसैले सक्ने व्यक्तिलाई जिम्मेवारी दिदा राम्रो हुन्छ भनेर सुझाव दिएको थिए ।

फुटपाथको बजार व्यवस्थापनको सवालमा तपाईंले कस्तो निती लिनु भएको छ ?

कोरोनापछी चाह िफुटपाथ व्यवस्थापनमा स्थानिय युवाहरु र क्लवहरु पनी जागरुक भएर लागेका छन् । र काठमाण्डौं महानगरपालीकाले त्यो अभियानलाई सहयोग गरेको छ । हुनत फेरी काठमाण्डौं संघिय राजधानी भएको कारणले त्यो कुरा गाहे गाहो त छ नै छ । किन भने फुटपाथमा काम गरेर जिविकोपार्जन गर्नेहरुको संख्या पनि धेरै छन । यसै गरी स्थानिय क्लवहरुले पैसा लिएर त्यहा पसल राख्न दिने जुन किसिमको क्रियाकलापको विकास भएको त्यसरी स्थानिय क्लव र व्यक्तिहरु अगाडी सरेको ठाउँमा नगरपालीकाले हस्तक्षेप गर्न अलि अलि अप्ठ्यारो हुने त्यस्तो ठाउँमा स्थानिय व्यक्तिहरु देखेपछी वडाध्यक्षहरु प्नि पछाडी बसेको देखिन्छ । तर स्थानिय व्यक्तिहरु आफैले यस सम्वन्धी व्यवस्थापन गर्न सहकार्य र सहयोग गरेको खण्डमा काम गर्न सजिलो हुन्छ र गरी पनी दिन्छौं । त्यसैले स्थानिय वासिन्दाहरुको सहकार्य र सहभागीताको यस कार्यमा सहयोग चाहिन्छ ।

उपत्यकाको पुरानो बसपार्कमा भ्युटाउर बनाउने कार्य धेरै अगाडी देखि शुरु भएको देखिन्छ तर खासै काम भएको देखिन्दैन भन्ने जन गुँनासो छ वास्तवमा के हो ?

त्यो तपाईं संग म पनि सहमत छु । जुन सम्झौता र सहमती गरेर अगाडी बढेको थियो त्यो अनुसार काम भएको छैन । त्यसै गरी सम्झौता अनुसार काम भएको छैन भन्ने मेरो पनी बुझाई रहेको छ । त्यही अनुसार मैले प्राविधिकहरुलाई पनी भनी रहेको छु र भए नभएको के हो त्यसलाई सम्झौता अनुसार अगाडी बढ्न के गर्नु पर्ला भनेर हामीले कार्यपालीकामा पनी छलफल गरेका छौं । यसै गरी सम्झौता तोडिएको छैननी । यसैले त्यसबारेमा अहिले यसरी नै जाने भनेर ठोस सुझाव चाही आएको छैननी ।

भाषा तथा संस्कृतविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको बिचारमा द्वाल्खा शहर नेवाःहरुको भर्जिन सिटीको रुपमा परिभाषित गर्नु भएको छ । प्राचिन शहर द्वाल्खा र स्वःनिग येँ विच भावनात्मक सम्वन्ध स्थापित गर्न के कस्तो कार्य योजना तय गर्नु पर्ला बताई दिनु हुन्छ की ?

त्यही बारे त अहिले सोचेको छैन । तर सहकार्य गर्न सक्छौ यहाँको महानगरपालीका र त्यहाको नगरपालकिा स्थानिय तह विच एउटा भातृ सम्वन्ध कायम गरेर पनी अगाडी बढ्न सक्छौं । अस्ती केहि समय अगाडी मात्र काठमाण्डौं भीमसेनथानको केही स्थानिय साथीभाईहरु र वडाध्यक्ष लगायत द्वाल्खा गएर भीमसेन मन्दिर पुजा गरेर आउनु भएको छ । यहाँ पनी भीमसेन त्यहा पनी भीमसेन त्यसैले यहाँको वासिन्दा त्यहा जान सकिने र त्यहाँको वासिन्दा यहाँ आउन सकिने भएकोले त्यही अनुसार नाता गाँसेर आएको जानकारी गराउनु भएको थियो । त्यती वेला पनी मैले काठमाण्डौं महानगरपालीकाले के गर्नु पर्छ गर्छु भनेर भनेको थिए । त्यो संग संगै एउटा भीमसेन संग मात्रको सम्वन्धमात्र नजोडिएर दुई ऐतिहासिक र साँस्कृतिक नगर विच ऐतिहासिक र सांस्कृतिक पक्षलाई संरक्षण र प्रवद्र्धन गर्नको लागि पनी दुई नगरपालीका विच समन्वय र सहकार्य गरी अगाडी बढ्न सकिन्छ । यसरी एउटा भातृ सम्वन्ध कायम गरेर अगाडी बढ्यो भने राम्रो हुन्छ भनी मैले महशुष गरेको छु ।

बाँपीझ्याला पत्रिका पढ्नु भएको छ ? यस पत्रिका मार्फत दोलखावासीलाई केही भन्नु हुन्छ की ?

छैन । नेवाः भाषा हाम्रो पहिचान हो त्यसैले हामी सवै मिलेर आफ्नो मातृभाषाको संरक्षण गर्नु पर्छ यो नै अहिलेको मुख्य आवश्यकता रहेको छ । त्यसमाथी उपत्यका र द्वाल्खाको सम्वन्ध भनेको हाम्रो ऐतिहासिक सम्वन्ध, सांस्कृतीक सम्वन्ध रहेको छ त्यसैले यस अभियानमा तपाई दोलखावासीहरुको सहयोग दोलखाले खोजेको छ । यस कार्यमा यहाँहरुको सहयोगको अपेक्षा गरेको छु । जवसम्म हामी नेवार जातीको पहिचान राख्नको लागि नेपाल भरी रहेको नेपाल भाषा, संस्कृती पराम्परा र सम्पदाहरुको संरक्षण गछौं त्यतीवेला सम्म नेवार जातीको शिर जहिले पनी सगरमाथा जसरी नै अग्लो अनी उच्च रहन्छ त्यसैले यसलाई सधै उच्च राख्नको लागि नेपाल भाषा संस्कृती परम्परा र सम्पदाहरुको संरक्षणमा लाग्नु हाम्रो सम्पूर्ण नेवार जातकिो कर्तव्य र जिम्मेवारी भित्र पर्दछ ।

अन्तमा महानगर प्रमुखको हैसियतले नेपाल मण्डलवासी जनसमुदायहरुलाई केहि भन्नु हुन्छ की ?

मैले आफ्नो सन्देश भन्दा अनुरोध गर्न चाहन्छु । काठमाण्डौं महानगरपालीकाको प्रमुख भनेको वहाँहरुकै प्रतिनिधको प्रमुख पात्र मात्र हो । यो महानगर भनेको नगर प्रमुखको होईन हामी सवैको हो । वहाँहरुले यो ठाउँमा पठाई सकेपछि वहाँहरुले सहयोग गर्नु पर्छ, चुनावको बेलामा मात्र सहयोग गर्ने होईनकी । महानगरको विकासको क्रियाकलापमा, आवश्यक पुर्वाधार तयारीको लागि विशेषतः महानगरवासीहरुको आवश्यक सल्लाह, सुझाव चाहिन्छ । यसरी वहाँहरुको निरन्तर सहयोगको अपेक्षा गरेका छौ यसरी निरन्तर सहयोग गरेको खण्डमा वहाँहरुले काठमाण्डौं महानगरको जुन सपना देख्नु भएको छ त्यो पुरा गर्न म सक्षम र सफल हुन्छु भन्ने विश्वास लिएको छु । यसै गरी काठमाण्डौं महानगरवासीहरुले जुन यहाँको सम्पदाहरु बनाउनको लागि विशेष सहयोग गरेर आउनु भएको छ । यसै गरी अन्य अन्य विषयहरुमा पनि सहयोगको अपेक्षा गरेको छु र वहाँहरुले महानगरको बारेमा त्यस्तो केही नयाँ नौलौ कुराहरु ल्याउनु हुन्छ भने महानगरले जहिले पनि सहयोग गर्ने प्रतिवद्धता पनि दिन चाहन्छु । यही अनृरोध महानगरवासीको माझमा यस पत्रिकाले पु¥याई दिने कुरामा म विश्वस्त छु ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!