Search

भीमेश्वर नगरपालीकाको नामनै प्रख्यात भीमेश्वर मन्दिरको नामबाट नामाकरण गरिएको छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नंं २, चरिकोटमा बुबा चन्द्र बहादुर के.सी. र आमा कृष्ण कुमारी के.सी.को कोखबाट जन्मनु भएको जेष्ठ सुपुत्र भरत के.सि. हुनु हुन्छ । वि.सं २०३६ सालको शिक्षक आन्दोलनदेखि राजनितीमा प्रवेश गर्नु भएको हो । यसै गरी २०३७ सालमा तत्कालिन भीम माध्यमीक विद्यालय हालको भीम उच्च माध्यमिक विद्यालय दोलखामा अध्ययन गर्दाको सिलसिलामा अनेरास्वयवियुमा आवद्ध भई सक्रिय हुर्दै आउनु भएका के.सी.ज्यु २०३८ सालमा एस.एल.सि पास गरे पश्चात २०३९ देखि २०४५ सम्म नेपाल ल क्याम्पस प्रर्दशनी मार्ग काठमाण्डौंमा प्रा.क.सदस्यमा रहि कार्य गरेको र पछि पुनः सदरमुकाम चरिकोट आई सकेपछि आफ्नो राजनिती यात्रा गाउँकमिटी देखि शुरु गर्नु भई २०५१/०५२ बाट पार्टी ईलाका कमिटी हुदै भातृ संगठन जनसाँस्कृतीक मञ्चमा नेतृत्व सम्माल्नु पुग्नु भयो । यसै गरी चरिकोट गाउँ कमिटीमा रहन्दा रहन्दै ईलाका कमिटीमा जिम्मेवारी पाएर काम गर्दा गर्दै २०४७/०९/०९ मा औपचारीक रुपमा पार्टीको सांगठानीक सदस्य प्राप्त गरी नेपाल खेलकुद महासंघको क्षेत्रिय ईञ्चाजृ हुर्दै नेपाल केन्द्रिय महासंघको उपाध्यक्ष र ३ प्रदेशको प्रमुख रहन्दा रहन्दै सरकारले घोषणा गरेको स्थानिय निकायमा तत्कालिन ने.क.पा. एमाले र हालको नेकपाको तर्फबाट नगर प्रमुखको पदमा टिकट प्राप्त भए पश्चात भीमेश्वर नगरवासी जनताहरुले बहुमतले विजयी गराई नगर प्रमुख (मेयर) बन्न सफल हुनु भएका नगर प्रमुख भरत के.सी.ज्यु संग यस बाँपीझ्यालाको तर्फ बाट गरिएको छलफलको मुल अशंहरु हामी सम्पूर्ण भीमेश्वर नगरवासी, दोलखा जिल्लावासी र शुभचिन्तकहरुको लागी यहाँ समावेश गरिएको छ ।

तपाई भीमेश्वर नगरपालीकाको प्रमुख (मेयर) जनप्रतिनिधिको रुपमा निर्वाचन भएको ३ वर्ष भयो । यो ३ वर्षको वजेटको तर्जुमा बारे कस्तो अनुभव हासिल गर्नु भयो ? यो अवधिमा भीमेश्वर नगरवासीले प्रशंसा गर्न लाएकको योजना के छनौट गर्नु भयो र यो योजनाले जनतालाई कस्तो सम्वोधन भयो ?

भीमेश्वर नगरपालीका दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा अवस्थित छ । जुन उपत्यकाबाट १३० किलोमिटर पुर्व उत्तरमा रहेको छ । निर्वाचन भएको तिन वर्ष पनि भयो यस अवधी धेरै काम सम्पन्न गरेका छौं । जव हामी २०७४ सालमा निर्वाचित भएर आयौ त्यसपछि शुरुमै पहिलो वर्ष नगरको प्रोफाईल अर्थात नगरको पाश्र्वचित्र बनायौ त्यसपछि दोश्रो वर्षमा नगरपालीकाको क्तचबतभनथ उबिल अर्थात आवधिक योजना बनायौ र मुलभुत रुपमा भीमेश्वर नगरपालीकाले गरेका आयोजनाका कुराहरु गर्नु पर्दा विकास निर्माण र पुर्वाधारका कामहरु त थुप्रै गरेका छौ । यसको अवाला पनि यस नगरपालीकालाई समृद्धी बनाउन एवं गौरव गर्न लाएकका कुराहरु यहाँ राख्ने छु । जस्को लागि पहिलो प्राथमिकता हामीले पर्यटनलाई दिएका छौं । यही अनुसार क्रियाकलापहरु अगाडी बढाउदै लगेका छौ । यसै गरी कृषिलाई अगाडी बढाएको छौ भने यसको साथै शिक्षालाई पनि संगै संगै लगेका छौ । यी कुराहरु गरी रहन्दा पर्यटकिय गन्तव्य समृद्ध भीमेश्वर नगर बनाउनका लागि हामीले यी सवैलाई सं–संगै लानु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

यसको लागि हामीले पहिलो थालनी शिक्षा क्षेत्रबाट गरेका छौ । यस नगरपालीका भित्र अध्ययन गर्ने निजि विद्यालय र सरकारी विद्यालयका विद्यार्थीहरुले लगाउने पोसाक अर्थात युनिफम एउटै गरेका छौ जुन नेपाल राज्य भित्रकै पहिलो नगरपालीका हो जसले आफ्नो नगर भित्र रहेका स्कुलका विद्यार्थीहरुको पोषाक अर्थात युनिफर्म एउटै गरेको छ । यसरी सामूदायिक विद्यालयमा जाने विद्यार्थीहरु र संस्थागत विद्यालयमा जाने विद्यार्थीहरुको विचमा रहेको विभेदको अन्त गर्न महत्वपुर्ण भुमीका खेलेको छ । यसरी सरकारी स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरु लुम्रे जुत्रे लुगा लगाएर स्कुल जादा हुने र निजि विद्यालयमा जाने विद्यार्थीहरु चाही चिटिक्क भएर टाई सुट लगाएर तुम्लेटमा पानी झुण्ड्याएर खाजा बोकेर जाने यसरी स्कुल जाने विद्यार्थी भाई बहिनीहरुको विचमा सरकारी स्कुल पढ्ने दोश्रो दर्जा र निजी विद्यालयका विद्यार्थीहरु ठुलो भन्ने स्कुलदेखिको मानसिकतालाई हटाउन यो व्यवस्था गरेका छौ । यसै गरी सरकारी स्कुल पढ्ने विद्याथीहरुको लागि पोषाक किन्नलाई गाह्रो होला भनेर कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको लागि नगरपालीकाले पोषाकको निशुल्क व्यवस्था गरि दिएका छौं भने अर्कोतिर गुणस्तरीय शिक्षाको लागि नेपाली माध्यम त छर्दैछ तर पनि बालबालिकाहरुलाई अगाडी बढ्न गाह्रो हुन्छ र अर्कोतिर न्यिदबष्शिबतष्यल को कारणले गर्दा अभिभावकहरु संगको सर–सल्लाह गरेर अग्रेजी माध्यमको पनि कक्षा शुरु गरी सकेका छौं । जस्को लागि अध्यापन गराई राख्नु भएका शिक्षक शिक्षीकाहरुको लागि तालिमको व्यवस्था गरेर अगाडी बढाएका छौ र यसको लागी लाग्ने कुल खर्चको ५० प्रतिशत अभिभावकले र ५० प्रतिशत नगरपालीकाले अनुदान दिने गरेका छौ । यसरी शिक्षा क्षेत्रमा नगरपालीकाले एउटा राम्रै फड्को मारेको महशुष गरेका छौं । यो किन गरेको भन्दा समृद्ध भीमेश्वर नगर बनाउनको लागि यहाँ बसोबास गर्ने बालबालिका, जनताहरु पछिल्ला दिनहरुमा जुनसुकै क्रियाकलापमा पोख्त होस भन्ने चाहेर हो यसै गरी दोलखा जिल्लाको मुटुको रुपमा रहेको यस नगरलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु आजको आवश्यकता रहेको छ ।

यसै गरी यस भित्र रहेका चम्पुजा पार्क, मञ्जुश्री पार्क जस्ता पर्यटकिय महत्वपुर्ण स्थानहरुको व्यवस्थापन र संरक्षणको लागि हामी लागी परेका छौं । यसै गरी दोलखाको सम्पदा वस्ती निर्माणको लागि पनि हामीले धेरै पहल ग¥यौ यो हाल आएर शुरु भई सकेको छ र यसको लागि प्रदेश सरकारले पनि रेडबुक मार्फत सम्वोधन गरको छ । यसको लागि केही कुराहरु ल्याएको छ । यसरी यस नगरलाई पर्यटकिय गन्तव्यको रुपमा एक वडा एक पहिचानको रुपमा विकास गर्न खोजेका छौ । यसै गरी विकास निर्माण र पुर्वाधारको कुरा गर्नु पर्दा खेरी भीमेश्वर नगरपालीका वडा नं. १ स्थित राङनाङथली जुन ठाउँ दोलखाको मात्र नभएर नेपाल राज्य भित्रकै थामी समुदायहरुको पहिलो उद्गम थलो रहेको ऐतिहासिकता छ । यस स्थानमा थामी संग्राहलय निर्माणको लागि कार्य थालनी भईसकेको छ । यसको आसपामा हाल पाईएको ६३ प्रजातीका फुल अनुसन्धान भईरहेको छ । जुन फुलको बारेमा बोटानिकलमा मास्टर संग्राम कार्कीले गर्नु भएको छ । जसले गर्दा जडिबुटीको गन्तव्यको रुपमा पनि विकास गर्न सक्छौ । यसरी पूर्वाधारका विभिन्न क्रियाकलाहरु पर्यटकिय क्रियाकलापहरु भए गरेका छन् यसरी दोलखालाई धार्मी पर्यटनको रुपमा विकास गर्ने भन्ने जुन अभियानमा लागेका छौं । यसको लागि नगरवासीहरुको सहयोगको लागि आब्हान सहित सहाभागी हुन अनुरोध पनि गर्दछु ।

दोलखा जिल्लाको गौरव भनेको ऐतिहासिक नगर भी.न.पा. –२ दोलखा शहरको सम्पदाहरु हुन् । यहाँको धेरै सम्पदा जात्रापर्वहरु लोप भएका छन् । कतिपय सम्पदा लोपहुने क्रममा छ । यी सम्पदा सञ्चालनका लागि दोलखाका पुर्खाहरुले गरेको व्यवस्थाहरुले थाम्न नसकिरहेको अवस्थामा अब स्थानिय सरकारको नाताले यी सम्पदा संरक्षणका लागि कस्तो योजना राख्नु भएको छ ? आम जनता समक्ष आफ्नो धारणा राखी दिनु हुन्छ ?

भीमेश्वर नगरपालीकाको नामनै ऐतिहासिक शहर दोलखा स्थित रहेको प्रख्यात भीमेश्वर मन्दिरको नामबाट नामाकरण गरिएको छ । यस नगरपालीकाको पहिचान नै ऐतिहासिक शहर दोलखा संग जोडिएको छ । यसै गरी ऐतिहासिक शहर दोलखामा रहेको विभिन्न मठ–मन्दिर भीमेश्वर मन्दिर, त्रिपुरासुन्दरी, राजकुलेश्वर तलेजु भगवानको मन्दिर, बौद्ध चैत्य लगायत यहाँका स्थानिय जात्रामात्रा, चाडपर्वहरुको प्रवद्र्धनको लागिको लागि हामीले अन्यन्तै महत्वपूर्णका साथ लागेका छौं । साथै यस सम्वन्धी भएका समस्याहरु समाधान गरेर संचालन गर्दै आएका पनि छौ । यसै सन्दर्भमा दोलखामा वर्षभरी मनाईने जात्रापर्वहरु संरक्षण गर्ने भनेर जस्तै मच्छिन्द्रनाथको जात्रामा लाग्ने खर्चहरु, बाजा बजाउनेहरुको लागि लाग्ने खर्चको लागि गुठीयारहरु अर्थात अरु सम्वन्धित पक्षले नदिए पनि कसै संग गुनासो गर्न नपर्ने गरी समयको आधारमा पारिश्रमिक जस्तै गरी हामीले अघिल्लो वर्षदेखि नै शुरु गरी सकेका छौं । यसको लागि भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष मार्फत वितरण गर्न लगाएका छौं । अर्को कुरा यस वर्षदेखि झन व्यवस्थीत गर्दै लादैछौं । जात्रा पर्वमा कति जनशक्ति चाहिन्छ त्यो सवै हिसाव गरेर खटिएका जनशक्तीहरुलाई घण्टाको आधारमा उनीहरुले पारिश्रमिक निर्धारण गरी भुक्तानी दिने व्यवस्था गर्न गई रहेका छौं यसको लागि हामीले सम्वन्धित पक्षहरु संग आवश्यक छलफल अगाडी बढाई सकेका छौं । यसरी ग¥यौ भने जात्रापर्वमा जाने कसैले चित्त दुखाउनु पर्ने ठाउँ रहन्दैन जस्तो लाग्छ । अर्को कुरा प्रख्यात दोलखा भीमेश्वरको पर्खाल निर्माण गर्नको लागि पनि हामीले बजेट छुट्याएका छौं भने अर्को तिर भीमेश्वर मन्दिरको आम्दानीको स्रोत राम्रै रहेकोले दोलखा भित्रको मठ–मन्दिर, जात्रामात्राको अभिभावकत्व गर्नु पर्छ र मन्दिरको आम्दानीको सदुपयोग गरिनु पर्छ नकी आम्दानी थुपारेर मात्र राखेर केहि हुदैन यस बारेमा सम्वन्धीत व्यक्ति, व्यक्तित्व, गुठीयार र भीमेश्वर व्यवस्थापन समितीका सम्वन्धीत पदाधिकारीहरु लगायत वडाध्यक्ष विराज श्रेष्ठसंग पनि पटक पटक यस बारेमा कुराहरु राखेको छु ।

दोलखा भित्रको जात्रा पर्वहरु दोलखा शहरको मात्र नभएर सिङ्गो दोखला जिल्ला अनी नेपालकै गहना हो । त्यसैले यहाँका चाडपर्व, जात्रामात्रा मास्न दिनु हुदैन यसको संरक्षण हुनु पर्छ भनेर नगरपालीकाले विशेष चासोका साथ व्यवस्थापन गर्दै आईरहेको छ । यसै गरी दोलखाको गौरवता संग–संगै नेपालको ईतिहास संग जोडिएको मुद्रा संग्रालयको पनि कामको थालनी भईसकेको छ । अर्को तिर सम्पदा वस्ती र सम्पदाका कुरा गर्दा वस्ती निर्माण गर्दा अगाडी पट्टी घरको मुहार तोकिएको मापदण्ड अनुसार बनायो भने पुनः निर्माण प्राधिकरणले रू. ५० हजार दिन्छ त्यसपछि नगरपालीको ५० प्रतिशत र घरधनीले ५० प्रतिशत बेहोर्ने गरी सर्कुलर गरेका छौं । जस्तै रू. १ लाख खर्च भयो भने पुनः निर्माण प्राधिकरणले रू. ५० हजार भुक्तानी गर्छ बाँकी रू. ५० हजारमा नगरपालीकाले २५ हजार र बाँकी २५ हजार घरधनीले गर्नु पर्ने प्रावधान राखेका छौं । यसरी गर्दा घरधनी कुल लागतको २५ प्रतिशत खर्चमा मात्र पर्न आउँछ तर यसको लागि अहिलेसम्म दोलखावासीहरु सम्पर्कमा नै आएका छैनन । पुरातात्वीक विभागले पुनः निर्माण गर्दा बनाउन छाडेका र बाँकी रहेका मठ–मन्दिरहरुलाई हामीले नगरपालीका मार्फत बनाउदै जाने सम्वन्धित वडा नं. –२ का स्थानिय वासिन्दा लगायत सम्पुर्ण सम्वन्धित पक्षको लागि जानकारी गराउन चाहन्छु ।

दोलखा भीमेश्वरले दोलखाको मठ–मन्दिर र जात्रापर्वहरुको अभिभावकत्वको भुमीका निर्वाह गर्नु पर्छ भनेर भन्नु भयो यो दोलखा र दोलखावासीको लागि सकारात्मक सोच हो तर यसको लागि यहाँले केहि सोच योजना बनाउनु भएको छ ?

मेरो विचारमा योजना भन्दा पनि भएकै स्रोत साधनको सदुपयोग गर्नु पर्ने निर्माण गर्नु पर्ने हुन्छ । यसको लागि घरेलुको जग्गा दोलखा भीमेश्वरको लागि भनेर लिष्टोल स्थित पुरानो हुलाक भएको ठाँउ अहिलेको साँस्कृतीक भवन देखि माथी भीेमेश्वरको पार्टी अर्थात पुलिस चौकीसम्म अगाडीको मुहार १२ फिटको दरले घरेलुलाई छोड्न लगाएर पर्खाल लगाउन लगाएको छ यो विशेषतः नगरपालीकै पहलमा भएको जानकारी गराउँद छु । अर्को कुरा यहाँ आयमुलक पसलका कवलहरु बनाउनु पर्छ । जुन पसल कवल कलात्मक काठहरुको प्रयोग गरी एकतल्ले बनाउनु पर्छ भन्ने सोचमा छौं र यसको माथिल्लो तल्लामा बिभिन्न जातजातीको फुलहरु रोप्ने र बगैचाको अवधारणा ल्याई त्यही अनुसार विकास गरी लग्यौ भने एकातर्फ आम्दानीको स्रोत अर्को तर्फ भीमेश्वर मन्दिरको शोभा बढाउन मद्धत गर्छ भन्ने मान्यता रहेको छ । यसमा दोलखावासी र वडाध्यक्षको ध्यान नै पुगेको छैन । यसरी मैले जती चासो लिन्छु त्यसै गरी सम्वन्धीत पक्षले धेरै चासो लिएको देखिन्दैन । त्यसैले यसको लागि सम्वन्धित पक्ष वडाध्यक्ष लगायत भीमेश्वर व्यवस्थापन समिती र दोलखावासीले ध्यान दिएर यस कामको थालनी गर्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ । अर्को तिर भीमेश्वर मन्दिरले पनी यस कार्यमा लगानी गर्नु पर्छ र हामीले पनि नगरपालीका मार्फत सक्दो सहयोग गछौं । यसौ ग¥यौ भने भीमेश्वर मन्दिरको उपयुक्त स्रोत मध्ये यो पनि एक हुन सक्छ जस्ले गर्दा दोलखाका स्थानिय जात्रामात्रा संचालनको श्रोतको रुपमा विकास गर्न सक्छौं ।

दोलखा प्राचिन मल्लकाल, लिच्छीवीकाल देखिको पृष्ठभुमी बोकेको ऐतिहासिक शहर हो, त्यतिवेला यहाँको बाटो घाटो, ढल, डबली, सार्वजनिक स्थल, देवस्थल, मठ मन्दिर, पाटी पौवा, धारा पँधेरा, पोखरी आदि व्यवस्थित ढंगबाट निर्माण भएको पाइन्छ । तर ती सार्वजनिक महत्वका स्थलहरु हाल आएर व्यक्तिहरुबाट अतिक्रमण भैरहेको छ । हालको कार्यकारी अधिकार सम्पन्न स्थानिय सरकारको यस्को संरक्षणमा कस्तो भुमीका रहन्छ ?

यस बारेमा मैले भन्नु पर्दा हरेक कुराको संरक्षण स्थानिय वासिन्दाहरुबाटै हुनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । सार्बजनिक बाटोघाटो, ढल, डब्बली ग्राह्यताको आधारमा बनाउन शुरु गरी सकेका छौ । यसै गरी पुरातात्विक मठ–मन्दिरहरु पुनः निर्माण प्राधिकरणले छोडेर बाँकी रहेको नगरपालीकाले क्रमशः बनाउदै लानेछ यसको बारेमा मैले माथि पनि भनी सकेको छु । यसै गरी कसैले सार्वजनिक जग्गा, बाटो मिच्यो भने यस सम्वन्धमा त्यहीकै व्यक्तिहरुबाट उजुरी आयो भने हामीले गएर नापजाँच गर्ने कारवाही गर्ने कुराहरु आउँछ तर यहाँ भईरहेको मिलोमतोमा बनाउने गएर हेर्दा ठिक छ भन्ने अनि निर्माण सम्पन्न भईसकेपछि च्यापेको छ मिचेको छ भन्ने प्रवृत्तिहरु देखा परेका छन् । यसको बारेमा जवसम्म त्यहाँकै स्थानिय व्यक्तित्वहरु आफै जागरुक भएर जिम्मेवारी अनी दायित्व बोध गर्दैन त्यहाँ केही पनि हुदैन ।
त्यसैले यो कुरामा सवैले आ–आफ्नो जिम्मेवारी र दयित्वको बोध गर्नु पर्छ । यो सार्वजनिक बाटो, जग्गा हो मैले मिच्नु हुदैन यो दोलखाको गौरवता र इज्जत संग जोडिएको छ भन्ने कुरा सवैले बुझ्न जरुरी रहेको छ । यसै गरी स्थानिय व्यक्तिहरुले पनि चासो राख्नु पर्छ यो राखेको देखिन्दैन । यस सम्वन्धमा हामीले थाहा पाएसम्म नक्सा पास नगर्ने र साँध सच्याउन लगाएर मात्र नक्सा पास गर्ने गराएर केहि हद्मा भएपनि सार्वजनिक जग्गा जोगाउन पहल गरेका छौं । तर यसको लागि स्थानिय बासिन्दा टोल टोलको वासिन्दाहरुले नै विशेष पहल गरी चासो राख्नु पर्दछ । यसै गरी सार्वजनिक महत्वका भवनहरु हामीले बनाई दिन्छौ तर जुन जग्गाको स्वामित्व नगरपालीकालाई हस्तान्तर हुनु पर्छ भनेका छौ । यसको शुरुवात कुमारी भवनबाट गर्दैछौं । यसरी किन भनेको भने जवसम्म नगरपालीकाको स्वामित्वमा जग्गा आउँदैन तवसम्म हामीले लगानी गर्न सक्दैनौं ।

भीमेश्वर नगरपालीका भित्र ९ वडा रहेको छ यस मध्ये विशेषतः प्राचिन ऐतिहासिक पृष्ठभुमी रहेको वडा नं. २ मा नेवारी तामाङ र थामी भाषी रहेको यहाँलाई अवगतै छ । यस वडाको प्राचिन नेवारी साँस्कृतिक पक्षलाई संस्थागत गर्न, थामी र तामाङलाई संस्कृतीको जर्गेना गर्न यस आर्थिक वर्ष २०७७÷०७८ को बजेट र निती कार्यक्रम कस्तो रहेको छ ? यस बारे जनसमुदायलाई प्रष्ट पारी दिनु हुन्छ की ?

यसपालीको बजेट चाही कोविड १९ कोरोनाको कारणले गर्दा हामीले धेरै कुराहरु सिक्यौ त्यसैले स्वास्थ्य क्षेत्रको पुर्वाधार पहिलो कुरा हुने र अर्को तिर कृषिलाई ग्राह्यता दिएका छौं । यसरी किन गरेको भने यस वर्ष हामी उत्पादनमा लगानी गरेनौं र लागेनौं भने आगामी वर्ष भोकमरी पर्न सक्ने प्रवल सम्भावना रहेको छ । यसकारण उत्पादनमुखी बजेटमा प्राथमिकता दिएका छौं । यसै गरी शिक्षा क्षेत्रमा पनि नियमित कार्यक्रमहरु अगाडी लान्छौ तर नयाँ कार्यक्रमहरु यसपाली लादैनौं । त्यसै गरी निःशुल्क स्कुलका विद्यार्थीहरुको स्कुल पोषाक वितरणको कुरा खाजा खुवाउने कुरालाई र अग्रेजी माध्यमका कुराहरुलाई निरन्तर अगाडी लान्छौं भने अरु नयाँ केहि लादैनौं ।

दोलखामा संग्रालय खोल्ने बारेमा यहाँको सक्रियता देखिएको थियो पछि त्यतीकै सेलाएको अवस्था छ किन होला ?

मुद्रा संग्रालयको बारेमा कुरा गर्नु पर्दा यसपाली प्रदेशबाट २ करोड रुपैयाको पर्छ भन्ने जानकारी प्राप्त भएको छ । रेडबुक आएको छैननी त्यस्ले गर्दा आशावादी भएका छौं । बजेट काटिएन भने यसपालीबाट हामी निर्माण कार्य थालनी गछौं । तर हामीले माथिल्लो टोल डाँडथोक स्थित भएको घर जग्गा धनीहरु संग कुरा गरेका थियौ जुन बेला हामी संग प्रदेशको ५० लाख बजेट थियो । त्यहाँ जग्गा पनी एक रोपनी जति रहेछ र नगरपालीकाले राखेको छलफल प्रस्तावमा कुरा मिलेन त्यसपछि त्यस बारेमा कुरा अगाडी बढाउन सकिएन ।
अहिले तल्लो टोल स्थित राजकुलेश्वर तलेजु भगवानको मन्दिर संगै बनाउन लागेका छौं । उक्त जग्गा राजकुलेश्वर तलेजु भगवानको गुठीको नाममा दर्ता रहेको जग्गा रहेछ । यस बारेमा सम्वन्धित पक्षहरु संग हामीले छलफललाई अगाडी बढायौ । यसरी छलफलको क्रममा सकारात्मक कुरो आएपछी उक्त गुठीको तर्फबाट जेष्ठ नागरिक एवं समाजसेवी यज्ञकुमार प्रधान, गुठीयार आनन्दमान प्रधानज्यू लगायतका व्यक्तित्वहरु संग भएको सहमतीको आधारमा बनाउने निर्णयमा पुग्यौ र उक्त जग्गा नगरपालीकालाई हस्तान्तर भएको छ । त्यही जग्गामा हाल बनाउन लागेका छौं । यसरी यहाँ संग्राहलय बने पछि यस स्थान अहिलेको भन्दा उर्जागर हुनेछ भन्ने आशा एवं विश्वास लिएका छौं । यस अभियानमा दोलखावासीहरुको सक्रिय सहभागीताको अपेक्षा गरेका छौं । यसरी यहाँ संग्रालय बने पछि दोलखाले त यसै ख्याती कमाउछ उसै ख्याती कमाउछ यसको साथै भीमेश्वर नगरपालीका र दोलखा जिल्लालाई समेत अर्को गौरवता कमाउने कुरामा म विश्वस्त छु ।

भीमेश्वर नगर प्रमुखले विशेषतः विकास निर्माणको क्रियाकलापमा प्राचिन दोलखा शहरलाई त्यती प्राथमिकतामा राखेको पाईन्दैन भन्ने जन गुनासो रहेको छ, यस्को बारेमा आफ्नो धारणा राखी दिनु हुन्छ की ?

प्राचिन ऐतिहासिक शहर दोलखालाई विकास निर्माणको क्रियाकलापमा जुन प्राथमिकता दिदैन भन्ने कुराहरु आएको छ र जस्ले राख्नु भएको छ । यो मेरो विचारमा निष्पक्ष रुपमा भन्दा पन पुर्वाग्रही रुपमा राखेको कुरा ठान्दछु । किन भने पुनः निर्माण, सम्पदा वस्ती पुनः निर्माणको सवालमा मैले दोलखामा जति नगर भित्रको अन्य वडाहरुमा लागेको भए भीमेश्वर नगरपालीका भित्रका सवै वडाहरु यति खेरसम्म अहिलेको भन्दा धेरै राम्रो बनी सक्ने थियो ।

मैले यहाँ केहि कुरा स्मरण गराउनु पर्छ पुनः निर्माणको सवालमा पहिचान पनि ग¥यौ । यस बारेमा काठमाण्डौंवासी दोलखावासीहरुले दोलखामा आएर घर नबनाएको भन्ने कुरा चले पछि यसको बारेमा हामी दोलखामा मात्र नभएर काठमाण्डौंमा बसोबास गर्नु हुने दोलखाली नेवार समुदाय तथा दोलखाली दाजुभाई, दिदिबहिनीहरु बिचमा काठमाण्डौं स्थित त्रिपुरेश्वरमा छलफल र अन्तरक्रिया कार्यक्रम नै चलायौ । त्यस कार्यक्रममा नगरपालीकाको तर्फबाट दोलखामा उपत्यकावासी दोलखावासीहरुले कम्तीमा एक परिवार एक घर बनाउनु पर्ने अर्थात कम्तीमा पनि दोलखामा ३ सय घर बन्नु पर्नेमा प्रस्ताव राख्यौ यसै गरी समाजसेवी एवं अग्रज व्यक्तित्वहरु आत्माकृष्ण श्रेष्ठ, माधवमणी राजभण्डारी, द्वारीकामान सिंह प्रधान, नहेन्द्र प्रधान, मुक्ति प्रधान, हरिदर्शन श्रेष्ठ, प्रवीणजी र उपेन्द्र भाई लगायत धेरै व्यक्तित्वहरुलाई यस बारेमा मैले कुरा चलाएको छु । सबै दाजुभाई दिदी बहिनीहरुको यहाँ नाम लिन असमर्थ छु कसै कसैको छुट्न पनि सक्छ । यसै गरी दोलखामा रहनु हुने स्थानिय व्यक्तित्वहरुलाई पनि यस बारे प्रस्ताव अघि सारेको छु । आफ्नो छोरा नाती दशैमा दोलखामा आउँदा टिका लगाउँदा खेरी दोलखामा एउटा घर बनाईस भनेर आशिक दिनु भनेर समेत भनेको छु । यो मेरो र नगरपालीकाको लागि होईन सवै दोलखाली समुदायको लागि भनी बुझ्न जरुरी छ ।

यसै गरी अहिले पनि म प्राचिन शहर दोलखालाई महत्वपुर्ण स्थानमा राखेर नै काम गरेको छु । पुनः निर्माण, सम्पदा वस्ती निर्माण देखि हरेक कुरामा लागि रहेको छु । तर केही दोलखाका दाजुभाई दिदिबहिनीहरुलाई चित्त दुख्ला आफु अलिकती पनि काम नगर्ने अनी अरुलाई दोष दिने यो बानी राम्रो लागेन । जन्मस्थान प्राण भन्दा प्यारो हुन्छ भन्ने भनाई रहेको छ यसै गरी यहाँका वासिन्दाहरुको अरुलाई आरोप प्रत्यारोप लगाउने जुन बानी छ त्यो हटाएर आ–आफ्नो जिम्मेवारी र दायित्व बोध गरेर लाग्नु पर्छ जस्तो लाग्छ नकी दोषारोपण मात्र गरेर बस्ने र केहि कुरा यहाँ मैले भन्नै पर्छ प्राचिन शहर दोलखामा जस्तो अन्यत्र मैले पहल भएको भए अकै भई सक्ने थियो । मैले अलि अलि मात्र पहल गरेको ठाउँहरु जस्तै भी.न.पा. १ को बोसिङपामा थामी समुदायको ५७ घरधुरी एकिकृत वस्ती निर्माण भयो । यसै गरी भी.न.पा.–५ जिलुमा एकिकृत वस्ती निर्माण भयोे र यता दोलखा साथीहरुले चाही आफु ध्यान नदिने अनी यसले गरेन उसले गरेन, नगरले गरेन भन्ने गुँनासो मात्र गर्ने तर मैले गरेन भन्ने चाही कसैले नभन्ने यही छ दुःखको कुरा यही सन्दर्भमा दोलखावासीहरु अलिकती आफु पनी समय दिउ र प्राचिन शहर दोलखा निर्माण लागौं जुटौं भनी आब्हान पनि गर्दछु ।

भीमेश्वर नगरपालीका र एनसेट संगको सहकार्यमा जुन दोलखाको डिपिआर तयार गरिएको थियो त्यही अनुसार पुनः निर्माण गर्न पुनः निर्माण प्राधिकरण संग बजेट पनि माग गरेको यसै गरी सडक, डब्बली बनाउनको लागि ५ करोड दिने भन्ने कुरा भएको थियो तर यो पनि विभिन्न कारणले गर्दा आउन सकेन ।

अवको २ वर्षको भावी योजना के छ ?

अवको २ वर्षको लागि हामीले निक्कै योजनाहरु समावेश गरी डिपिआर तयार गरेका छौं । त्यही अनुसार चरिकोटको टुँडिखेललाई रंगशाला बनाउने, कभर हल बनाउने त्यस्तै अन्य कार्यहरु दोलखा नागदह सडकहरुलाई पक्की बनाउने, अनाथालय माहांकाल, अनाथालय गाईघाट, पाटीखोला उखुबारी, घेवापानी सेरा, निगाले बागखोर जस्ता हाम्रा नगर गौरबका आयोजनाहरुलाई प्राथमिकतामा राखेका छौं । यसै गरी यी आयोजनाहरुलाई पुरा गरेर नगरलाई समृद्धी बनाउने तर्फ लाग्ने छौं ।

बाँपीझ्याला नेपाल भाषा पत्रिका पढ्नु भएको छ ?

पहिलो कुरा त प्राचिन शहर दोलखा संग मेरो भावनात्मक सम्वन्ध जोडिएको छ । जुन मेरो बाल्यकाल त्यही स्थित रहेको तत्कालिन भीम माध्यमिक स्कुलबाट माध्यमिकस्तर सम्मको अध्यापन सिध्याएको छु । त्यसले गर्दा त्यहाँको नेवारी भाषा, धर्म, संस्कृती र चाडपर्व संग म अनभिज्ञ छैन । जहाँसम्म त्यहाँको प्रतिनिधित्व गर्ने नेवारी भाषाको पत्रिका बाँपीझ्यालाको कुरा गर्नु पर्दा मैले हेरेको पढेको छु । तर सबै नेपाली भाषाबाट मात्र नभएर दोलखाली नेवारी भाषाबाट पनि भएको कारणले गर्दा त्यती बुझ्ने अवसर प्राप्त गरिन तर अध्ययन गरेको छु । अव अनलाईनमा आए पछि बुझ्ने प्रयास गरी पढ्ने छु । यसै गरी दोलखाको नेवार समूदायले बोलिने नेवारी भाषा संरक्षण र सन्दर्भणको लागि नगरले गर्नु पर्ने आवश्यक सहयोग गर्नेछु । साथै दोलखा जिल्लाको मुटुको रुपमा रहेको भीमेश्वर नगर र दोलखा जिल्लाको विकास निर्माणका, प्राचिन शहर दोलखा भित्रका पुनः निर्माण, सम्पदा बस्ती निर्माणका कुराहरु देखि लिएर दोलखावासी संग सम्वन्धित बिभिन्न कुराहरु यस पत्रिका मार्फत दोलखा जिल्ला भित्र बाहीर, देश भित्र देश बाहिर बस्ने सम्पूर्ण दोलखावासी र शुभचिन्तकहरुको बिचमा पु¥याउनु हुनेछ भन्ने कुरामा विश्वस्त छु ।

यसै गरी यस नगरपालीका भित्र बसोबास गर्ने समुदायहरुले बोलिने आ–आफ्नो मातृभाषाको बारेमा स्कुलमा पढाईने पाठ्यक्रमा स्थानिय भाषाभाषी अन्तर्गत यस सम्वन्धी पनि समावेश गर्देछौं । तर पाठ्यक्रमले भाषामै पढाउने होईन की यस नगरपालीका भित्र यो जातजाती रहेको छ जस्को आफ्नो मातृभाषा यस्तो यस्तो छ र बोल्छन् भनी समावेश गर्नेछौं । अर्को तर्फ दोलखाको ईतिहासको कुरा, तत्कालिन दोलखा राज्यका नेवार राजाहरुको शासनकाल र वहाँहरुको बारेमा पाठ्यक्रममा समावेश गर्ने तयारीमा छौं । यो सवै नेपाली भाषामै प्रकाशन गर्ने गराउने छौं । यसको लागि तिर्थ नारायण जोशीजी संग समन्वय गरी शिक्षा कार्यालय चरिकोटमा सम्पर्क गराई रहेको छु ।

यस अनलाईन पत्रिका मार्फत भीमेश्वर नगरवासीलाई केही भन्नु हुन्छ की ?

दोलखा जिल्लाको मुटु भनेको भीमेश्वर नगर हो । यसै गरी सम्पूर्ण नगरभित्रका बा आमा, दाजुभाई दिदिबहिनीहरुमा यो अनुरोध गर्न चाहन्छुकी यस नगरलाई सोचेको जति विकास गर्न निर्वाचित जनप्रतिनिधिले मात्र गर्दा गर्दै नभ्याउन सक्छ । त्यसैले सम्पुर्ण नगर भित्रका बा आमा, दाजुभाई दिदिबहिनीहरु तथा जनसमुदायको सहयोगको अपेक्षा गरेको छौं । यस अभियानमा निसंकोच सहयोग पाउने आशा अनी विश्वासमा विस्वस्त छु ।

भीमेश्वर नगरलाई समृद्ध बनाउने दायित्व अनी जिम्मेवारी नगरपालीकाको त छदैछ त्यसमाथि यस नगर भित्र बसोबास गर्ने नगरवासी बा आमा, दाजुभाई दिदि बहिनीहरु तथा शुभचिन्तकहरुको विशेष भुमीका रहन्छ । अर्को तर्फ तपाई हामीले जाने बुझेसम्मका कुराहरुलाई विकास निर्माण लगायत उन्नती र प्रगतीमा लगाउन भित्र आत्मा देखि सहकार्य गर्न अभिप्रेरित हौं । यदी यसो गरेको खण्डमा हाम्रो नगर भीमेश्वर दोलखा जिल्लामा मात्र नभएर सिङ्गो नेपाल राज्यको पहिलो नमुना नगरको रुपमा विकास भई समृद्ध नगरको रुपमा स्थापित गराउन सक्छौं ।
प्राचिन शहर दोलखाको आफ्नै मौलिकता अनि ऐतिहासिक पृष्ठभुमी रहेको छ । यस विशेषतालाई प्रतिनिधित्व गराउन हामी सवैले आ–आफ्नो क्षेत्रबाट सल्लाह, सुझाव दिनुका साथै सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा राखेका छु ।

अन्तमा मेरो आफ्नो भनाई समृद्ध नगर भीमेश्वरको बारेमा भीमेश्वर नगरवासी लगायत आ–आफ्नो पेशा व्यवसायको सिलसिलामा दोलखा जिल्ला भित्र, बाहिर र देश विदेशमा रहनु हुने भीमेश्वर नगरवासी, दोलखा जिल्लावासी र शुभचिन्तकहरुको विचमा खबर पु¥याउन प्रयासरत यस बाँपीझ्याला अनलाईन पत्रिका, यस पत्रिकालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने अग्रज दोलखावासीहरुको उत्तरोतर प्रगती कामना गर्दै सम्पूर्ण दोलखाली नेवारी समुदायको मन जिती नेपाल, नेपाली अनी नेवार जाती र यस भित्र रहेको भाषा, संस्कृती, रहन सहन अनी सम्पदाहरुको उत्थान र पहिचानको लागि सदैभ लाग्न अभिप्रेरीत हुन सकोस भन्ने कामना गर्दछु ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!