Search

घरमा बालबालिकाको सिकाइ

घरमा बालबालिकाको सिकाइ
डा. मीनाक्षी दाहाल
प्राध्यापक

कोभिड १९ को कारणले विद्यालय बन्द भएको तीन महिना भन्दा बढी भइसकेको छ । अझै विद्यालय खोल्न कति समय लाग्छ भन्ने अन्यौल कायमनै छ । यदि यो कोभिडको १९ को संक्रमण अन्त्य भएमा पनि विद्यालय खोल्न थप कति समय पर्खनु पर्दछ भन्ने विषयपनि छलफल कै क्रममा रहेको छ । यस अवधिमा हामी सबै बालबालिकाको पढाइका बारेमा चिन्तित छौं । यद्धपि विभिन्न माध्यम (अनलाइन, टिभी, रेडियो) बाट कक्षा सञ्चालनभइरहेका भएतापनि यस प्रति विभिन्न धारणाहरु आइरहेका छन् । बालबालिकालाई घण्टौं सम्म राख्नु उनीहरुको मानसिक तथा शारिरीक स्वास्थ्यको लागिहानीकारक हुनुको साथै सिकाइपनि सोचे जस्तो नहुने कुरा प्रमाणित भैसकेको छ । यस क्रममा हामीले के गर्ने र के नगर्ने, कसरी बालबालिकालाई सिकाउने वा सिकाइका क्रियाकलापहरुलाई निरन्तरता दिने सम्बन्धमा विभिन्न माध्यमबाट विज्ञहरुका सुझाव सल्लाह प्रसस्त र क्रमशःआइरहेका छन् । साथै यस अर्थमा हामीले विद्यालय सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा पठनपाठनलाई कसरी सूचारु गर्ने भन्ने सन्दर्भमा विकल्पहरुको खोजी गरिरहेका छौं । तर मनन गर्नुपर्ने विषय वापत चाहिं केहो भने,हामी विद्यालयको विकल्प खोज्दैछौं कि सिकाइ प्रक्रियाको विकल्प खोजीरहेका छौं ?हामी पाठ्यपुस्तक केन्द्रित र शिक्षक केन्द्रित सिकाइ कै पर्याय खोज्दैछौं वा उपलब्धि केन्द्रित, बालकेन्द्रित र सिकाइ केन्द्रित विकल्प हरुमा छलफल गर्दैछौं ।

सिकाइ जहिले पनि र जहाँ पनि भैरहन्छ । यो नियमित र प्राकृतिक प्रक्रिया हो । तर महत्वपूर्ण पक्ष चै के सिक्ने र कसरी सिक्ने भन्ने नै हो । सायद यही के सिक्ने र के सिकाउने भन्ने विषयले कसरी सिकाउने भन्ने प्रक्रियालाई निर्धारण गर्दछ । तर यसो भन्दैमा सिकाइका लागि जहिले पनि औपचारिक वातावरण र निश्चित विषयवस्तु आवश्यक पर्छ भन्ने छैन । अझ अनौपचारिक वातावरणमा सिकाइ प्रभावकारी हुने हुन्छ । तसर्थ यस लेखमा प्रारम्भिक उमेरका अभ mभनौं ८ वर्ष उमेर भन्दा साना बालबालिकाको सिक्ने प्रक्रिया, क्षमता र प्रभावकारी सिकाइका लागि आवश्यक वातावरणको बारेमा चर्चा गरिएको छ ।

बालबालिकाहरु स्वभावैले केही न केहीकार्यमा सक्रिय र आपूmलाई संलग्न राखिरहन्छन् । यो उनीहरुको सिकाइको एउटा महत्वपूर्ण प्रक्रिया हो । यो उमेर बालबालिकालो सिकाइको जग बस्ने पनि उमेर हो । बालबालिकाले आफ्नो वरीपरीको वातावरणबाट प्रकृतिक र स्वभाविक रुपमा सिक्न पाए भने उनीहरुको सिकाई छिटो र परिणाममूखी हुन्छ । बालबालिकाको सिकाइका लागि वातावरणले महत्वपूर्ण भूमिका खेल्छ भन्ने सन्दर्भमा धेरै बिचारहरु आएका छन् र यस्ता बिचारहरुले विद्यालय केन्द्रित पठनपाठन बालबालिकाको सिकाइको लागिप्रभावकारी हुदैनन् भन्ने तर्क गर्दछन् । ‘प्रोफेसर केन रविन्सनशंका गर्छन् कतै विद्यालयले बालबालिकाको सृजना त मारिहेका छैनन् ? यो उमेरमा त बालबालिकाहरु अझ धेरै सक्रिय, क्रियाशील, अझ धेरै सृजनशील हुन पर्ने तर किन उनीहरु विद्यालय जान भन्दा नजान पाए खुशी हुन्छन् ? किन विद्यालयले पाठ्यपुस्तकमा मात्र बालबालिकालाइृ केन्द्रित गराउँछ वाकि न शिक्षकले बालबालिकालाई उनीहरुले चाहे जस्तो मात्र बनाउन चाहन्छन् ? यस्तै बिचार ‘इभान इलिचले विद्यालय आवश्यक छैन भनेर चलाएका थिए । विद्यालय वा बन्द कक्षा कोठाको सिकाइ भन्दा प्रकृति नजिक वा प्रकृतिबाट नै सिकाइ प्रभावकारी र अर्थपूर्ण हुन्छ भनेर अहिले नर्वे जस्ता देशहरुले प्रकृतिमा विद्यालय ९ल्बतगचभ उचभ कअजयय०ि अथवा जंगल स्कूल ९ायचभकत पष्लमभच नबचतभल० हरु सञ्चालन गरिरहेका छन् । यि विद्यालयमा बालबालिकाहरुलाई दिनभरी जंगलमा लगिन्छ, स्वतन्त्र रुपमा बालबालिकाहरु झार पात, रुख, हाँगा बिंगा तथा जे जे हुन्छन् जंगल भित्र तिनीहरुसँग खेल्छन्, यसैका बारेमा कुरा गर्छन् र सिक्छन् ।

यो सन्दर्भ अहिले किनचर्चा गर्दै छु भने अहिले हाम्रो परिस्थितिले अर्कै मोड लिएको छ र बालबालिकाहरु विद्यालयको चार घेर भन्दा बाहिर छन् । यो बेला त उनीहरुलाई स्वतन्त्र र प्राकृतिक रुपमा सिक्न पाउने अवसर थियो । परन्तु हामी उनीहरु घरको अझ ठूलो अझ बलियो यस्तो घेरमा फसाउन लागी परेका छौं कि लाग्छ बालबालिकाको खुशीवा स्वतन्त्रता र स्वच्छन्दता हामी हेर्न वा सहन सक्दैनौं । किनभने अहिले बालबालिकालागि के गर्ने कसरी पढाउने वासिकाउने भनेर लेखिएकाअधिकांश लेखहरुले बालबालिकाको सिकाइलाई भन्दा पनि बालबालिकालाई सृजनशील र क्रियाशील बनाउने भन्दा पनि विद्यालयको विकल्पको रुपमा घरमा समय व्यवस्थापन गरी विद्यालयमा जस्तै अभिभावक केन्द्रित पाठ केन्द्रित क्रियाकलापमा धकेल्ने कुरालाइृ जोड दिइएको पाइन्छ ।

के घर विद्यालय जस्तो बनाउनु आवश्यक हो अझआजको आवश्यकता हो ? कदापि होइन । जब हामीले घरलाई घर जस्तो र बालबालिकालाई बालबालिका जस्तो बन्न दिदैंनौ त्यस बेला अन्य धेरै मनो सामाजिक असरहरु देखिन थाल्छ । एक पटक सोचौं न हामी सामन्य अवस्थामा त केही नियमित काम सके पछि कति बेला घर जाने भनेर घरको वातावरणलाई सम्झि रहन्छौं । हामी सबैले घरलाई एउटा एउटा यस्तो स्थान जहाँ हामी आपूmलाई पूनर्जीवन प्राप्त गर्छौं, आनन्द प्राप्ति गर्छौं सबै खाले दुःख पिडा बिर्साउने, कस्तै जटील समस्या पर्दा पनि परिवारको साथ जहाँ कुनै डर, त्रास वा दबाब हुदैन भनेर कल्पना गर्छौं । अझ अहिलेका विषम परिस्थितीमा हामी वयस्कहरु (अभिभावकहरु) घरको वातावरण कस्तो चाहन्छौं ?अनि एकपटक हाम्रा बालबालिकालाई सम्झौं त के उनीहरु पनि यस्तै हामीले सोचे जस्तै रमाइलो तनाव मुक्त कुनै काम सक्ने दबाव नभएको वा समय सीमाले नबाँधिएको अवस्था चाहन्छन् कि ?

प्रश्न उठ्न सक्छ, के बालबालिकालाइृ केही नगराउने, नपढाउने अनि त उनीहरुले पहिले जानेका कुरा सबै बिर्सी हाल्छन् नी । दिनभरी के गरेर बस्ने अनि दिन बिताउने ? अझ हामी लाई कचकच गरेर र चकचक गरेर दिक्क लगाउँछन् । त्यसो भए के त घरमा विद्यालय चलाउने कि विद्यालय जस्तै घर बनाउने । एकछिन सिकाइ प्रक्रियाको चर्चा गरौं । सिकाइजहिले पनि सरलबाट जटील तिर हुन्छ अर्थात जे थाहा छ जे देख्न सकिन्छ त्यस्ता विषयवस्तुबाट अलि कथा हा नभएका नदेखिएका र कल्पना गर्नुपर्ने विषयवस्तु सिकाउदा प्रभावाकारी हुन्छ । प्रारम्भिक उमेरका बालबालिकाहरुमा यस्तो सिकाइ स्वस्पूmर्त हुन्छ । तर हामीले पाठ्यपुस्तमा लेखेका कुरा मात्र बारम्बार पढ्न वा लेख्न लगायौं भने त्यस अवस्थामा पढाइ हुन्छ तर सिकाई हुदैन । सिकाइका लागि कल्पना गर्नु पर्छ, खोज गर्नु पर्छ, प्रश्न गर्नु पर्छ, यस्तो भयो तर यस्तो किनभएन, यसो भएको भए के हुन्थ्यो जस्ता विभिन्न विषय, वस्तु वा अवस्थाहरुको विश्लेषण गर्नुपर्छ । यसका लागि पाठ्यपुस्तक एउटा स्रोत सामग्रीको रुपमा रहला तर त्यसैको आवश्यकता नपर्न सक्छ । तसर्थ अहिले बालबालिकालाई पढाउने वा पढ्न सिकाउने भन्दापनि पढ्न लेख्न र सम्झन आवश्यक सीपहरु सिकाउने समय हो ।

यसको लागि कडा अनुशासन (यति सके पछि खाजाखान पाउछौ, आज यति पाना लेख र देखाउ) वा डर वा समय सीमाको आवश्यक पर्दैन बरु बालबालिकाहरुलाई उनीहरुकै रुची अनुसार खेल्न दिएमा र सँगै आपूmहरु प्निखेलेमा यस्ता सीपहरुको विकास हुन्छ । सिकाइको अर्को महत्वपूर्ण पक्षभनेको बालबालिकाले पूर्णबाट खण्ड ९धजयभि तय उबचत० सिक्छन् । जस्तो कि शब्दबाट अक्षर सिक्छन् । हामीले अक्षर नचिनाए पनि बालबालिकाले कलम चिन्दछन्, भन्न सक्दछन् । त्यसैले बालबालिकालाइृ कलमचिन्न, भन्न र कलमको चित्र बनाउन जति सजिलो हुन्छ, “क” चिन्न, सम्झन र लेख्न त्यतिकै अप्ठ्यारो र “क” लेख्न गाह्रो । यसै गरी सिकाइ एकीकृत र सर्वाङ्गीण हुन्छ । यसलाई अझ सजिलो सँग बुझ्दा बालबालिकाले विज्ञान सिक्ने प्रक्रिया र गणित सिक्ने प्रक्रिया एउटै हुन्छ र एकै चोटी हुन्छ । हामीले विज्ञानमा विभिन्न प्रकारका घरपालुवा जनावरको बारेमा सिकाइ रहेका छौं भने बालबालिकाले त्यति ने बेला गणित, ठूलो सानो, कतिखुट्टा, कति सिङ्ग जस्ता आधारभूत गणित सिकीरहेका हुन्छन् । यसको लागि छुट्टै विधि, छुट्टै समय वा क्रियाकलाप आवश्यक पर्दैन । यसै गरी भाषा, शब्दज्ञान तथा विषयवस्तुको ज्ञान सँगै भैरहेको हुन्छ । तसर्थ घरमा बालबालिकालाई गणित पढ्ने समय, विज्ञान पढ्ने समय भनेर अलग अलग समय छुट्याउन जरुरी पर्दैन । बालबालिकाले जे गरीरहेका हुन्छन् त्यही समय नै सिकाइको समय हुन्छ र बनाउन पर्दछ । जस्तो खानाखाने बेलामा अनावश्यक आज कति पन्ना लेख्यौ वा यो काम सक्यौ भनेर सोध्नु भन्दा, आजको खानाको परिकार के के हो ? तरकारीमा के के कुरा राखेको छ ल स्वादबाट थाहा पाउ भनेर सोध्यौं भने उनीहरुले सिकाइका आधारभूत सीपका साथै भाषा, विज्ञान र गणित पनिसिक्ने अवसर पाउँदछन् । अझ महत्वपूर्ण कुरा त खानेबेलामा मोवाइलवा टीभी हेर्न खोज्ने केटाकेटीलाई खाना कै कुरा गरेर खाना खुवाउन सकिन्छ ।

लेखाइका सन्दर्भमा पनि, जे परीपरी देखिन्छ वा जे सुनिन्छ वा जे कल्पना गरिन्छ तेही लेख्न लगाउन पर्दछ । लेख्नु भनेको अक्षर मिलाएर, वा अर्थपूर्ण वाक्य लेख्नु मात्रहोइन । लेख्नु भनेको त दिमागमा आएको कुरालाई हुबहु कपिमा सार्नु हो । त्यो चित्र पनि हुन सक्छ, संकेत हुन सक्छ र अक्षर वा शब्द पनि हुन सक्छ । तसर्थ यो लेख, यति सार भनेर निश्चित विषयको घेरमा बाँध्नु भन्दा बालबालिकालाई बेलगाम स्वतन्त्र र निस्फिक्रि भएर आफ्नो मनको कुरालाई व्यक्त गर्न दिने गरिएमा उनीहरुलाई लेखाइ प्रति रुची बढ्छ र आफ्नो मनमा आएका कुराहरु तुरुन्तै लेख्ने बानीको विकास हुन्छ ।
खेल नै सबै भन्दा उत्तम विधि हो जसले सबै उमेरका व्यक्तिलाई मनोसामाजिक समस्या हुनबाट जोगाउँछ र एक अर्काबाट सिक्ने अवसर प्रदानगर्दछ । अभिभावक र बालबालिका मिलेर खेल खेल्ने गरेमा घरको वातावरण रमाइलो त हुन्छ नै बालबालिकाले पनि धेरै कुरा सिक्ने अवसर पाउँदछन् । तसर्थ घरलाई विद्यालय बनाउने भन्दापनि घरलाई घर नै बनाएर बालबालिकाको लागि अझ रमाइलो वातावरणमा सिक्ने अवसरको सूनिश्चितता गरौं ।

(लेखक काठमाण्डौ विश्वविद्यालय स्कूलअफ एजुकेशनका भिजिटिङ फ्याकल्टी हुनुहुन्छ)

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment