Search

पहिरोको कारण सिन्धुपाल्चोकमा ६२ घर जोखिममा, स्थानियले घर छाडे

पहिरोको कारण सिन्धुपाल्चोकमा ६२ घर जोखिममा, स्थानियले घर छाडे

११ भदौ, बाँपीझ्याला, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् ।

निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिनु भयो ।

पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथि सुन्दरडाँडा गाउँ छ । वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन् । बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ ।

अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ । गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको थापाले बताए । स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको वडा अध्यक्ष थापाको भनाई रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!