Search

धुलिखेल अस्पताल अन्तर्गत दोलखामा संचालित अस्पताल संचालन

धुलिखेल अस्पताल अन्तर्गत दोलखामा संचालित अस्पताल संचालन

(बाँपीझ्याला, दोलखा) दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं.–२ दोलखामा धुलिखेल अस्पताल अन्तर्गत संचालन गरिएको अस्पताल संचालनमा ल्याएको छ ।
“काठमाडौं विश्वविद्यालयको गुणस्तरीय स्वास्थ्य सेवा जनताको घर दैलोमा” भन्ने नाराका साथ धुलिखेल अस्पतालद्धारा दोलखा बजारमा ५५ शैया क्षेमताको दोलखा अस्पताल सञ्चालमा ल्याएको हो । ५५ शैया क्षमताको यो अस्पतालमा २४ सैं घण्टा सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । हाल सुरक्षित सुत्केरीका लागि शल्यक्रिया सहित ओ.पि.डि सेवा, २४ सैं घण्टा आपतकालीन सेवा, एक्स–रे सेवा, प्रयोगशाला, ई.सि.जि.सेवा सञ्चालनमा ल्याएको काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य तथा सामुदायिक विभाग अन्तर्गत स्कुल अफ मेडिकल साइन्सका सह–प्रध्यापक रोशनकुमार महतोले जानकारी दिनु भयो ।
हिमाली जिल्ला दोलखामा सुविधा सम्पन्न राम्रो अस्पतालन नहुँदा सामान्य उपचारको लागि समेत स्थानिय वासिन्दाहरु काठमाण्डौ जानुपर्ने वाध्यता रहेको थियो । दोलखा जिल्लालाई मध्यनजर गरी जिल्लामानै पहिलो पटक आइसीयू सहितको व्यवस्थापन गर्न लागेको अस्पतालले आइसीयू कक्षाको व्यवस्थापन भईरहेको र केहि दिनभित्रै आइसियू सेवा संचालनमा आउने जानकारी प्राप्त भएको छ ।

अस्पतालमा कोभिड–१९ को संक्रमणबाट बिरामी परेका विरामीहरुका लागि आईसोलेशन वार्डको ब्यवस्था र स्वाव संकलन गरी धुलिखेल अस्पतालमा पठाउने व्यवस्था गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!