Search

जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, २० जना घाइते

जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, २० जना घाइते

५ चैत्र, बाँपिझ्याला । बागलुङको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन् ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!