Search

विवाहको कुनै योजना छैन : कट्रिना

विवाहको कुनै योजना छैन : कट्रिना

बाँपीझ्याला, काठमाण्डौं । बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ । केही समय यता प्रेममा रहेको खबरबीच यी दुईको विवाहको खबर मिडियामा आएको छ । भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे बन्धनमा बाँधिने तयारी रहेको जनाएका छन् । तर, एक अनलाइनसँग कट्रिनाले कुरा गर्दै यो हल्ला मात्र रहेको जनाएकी छिन् ।

‘मलाई आफै थाहा छैन कि यो हल्ला किन फैलिरहेको छ,’ १५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुन्ने गरेको बताउँदै उनले भनिन्, ‘विवाहको अहिले नै कुनै योजना छैन । यद्यपि भारतीय सञ्चार माध्यमले यी दुईले विवाह गर्ने संकेत गरेको खबर सम्प्रेषण गरिरहेका छन् । गतराती कट्रिना विक्कीसँग सेलिब्रेटी म्यानेजर रेश्मा शेट्टी कहाँ पुगेपछि विवाहको चर्चा बढेको हो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!