
नेपाल सम्वत् ११४५ थिंलागाः ९ ( ९ पुष , २०८१) डिसेम्बर २४, २०२४ , मंगलबार, बाँपीझ्याला । सप्तरीको सुरुङ्गा नगरपालिका–५ का पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानीसमेत गरिरहेका छन्। दुई कठ्ठा आफ्नै जमिन र चार कठ्ठा लिजमा लिएर खेती गर्दै पबितारले वार्षिक रु एक–डेढ लाख आम्दानी गर्ने गरेका छन्। यो वर्ष मात्रै उनले दुई क्विन्टल काउलीबाट रु ६० हजार कमाएका छन् भने अहिले खेतमा गोलभेँडा लगाएका छन्।
पबितारकै जस्तै कथा सोही ठाउँका चलितर पासवानको पनि छ। उनले तरकारीखेतीबाट १२ जनाको परिवारको जीविका चलाइरहेका छन्। गोलभेँडा, काउली, झिङ्नी, र बोडी जस्ता तरकारी खेती गरी नियमित आम्दानी गर्दै आएका छन्। तरकारीखेतीले यहाँका धेरै विपन्न दलित परिवारको जीवनस्तर उकासेको छ। गाउँका किसानहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरी विभिन्न संघसंस्थाबाट तालिम, बीउबिजन, र कृषि प्रविधिमा सहयोग प्राप्त गरेका छन्। अहिले समूहमा १६ जना सदस्य छन्।

यस क्षेत्रमा सबल नेपाल संस्थाले किसानलाई तालिम, मल्चिङ प्रविधि, र अन्य सामग्रीको सहयोग गर्दै तरकारीखेतीतर्फ प्रेरित गरेको छ। संस्थाले खेतीको समस्याहरू पहिचान गरी समाधानका उपाय सुझाउने कामसमेत गरिरहेको छ। सुरुङ्गा नगरपालिकाका कृषि शाखा प्रमुख रोशन चौधरीले किसानहरूको जीवनस्तर बदलिएको भन्दै संस्थाले कार्यक्रम रोक्दा पनि नगरपालिकाले किसानलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij