नेपाल सम्वत् ११४६, दिल्लागाः ११ एकादशी (२४ साउन, २०८३, ९ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । आज साउन २४ गते राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। भू–क्षय नियन्त्रण, प्राकृतिक स्रोतको संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
बाढी, पहिरो तथा भू–क्षयजस्ता प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न, जमिनको उर्वराशक्ति जोगाउन तथा सडक, पुल, बस्ती र अन्य पूर्वाधारलाई भू–क्षयबाट हुने क्षतिबाट संरक्षण गर्न भू–संरक्षणको महत्वपूर्ण भूमिका रहन्छ।
नेपालमा विसं २०३१ देखि राष्ट्रिय भू–संरक्षण दिवस मनाउन थालिएको पाइन्छ। भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको दिन साउन २४ गतेलाई भू–संरक्षण दिवसका रूपमा मनाउने गरिएको हो।
भू–संरक्षणअन्तर्गत वृक्षरोपण, पहिरो नियन्त्रण, गल्छी तथा खोल्सा व्यवस्थापन, जलाधार संरक्षण, जैविक तथा इन्जिनियरिङ प्रविधिको प्रयोगलगायतका कार्य गरिन्छन्। बढ्दो वन विनाश, अव्यवस्थित सडक निर्माण, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपका कारण भू–क्षयको जोखिम बढिरहेका बेला भू–संरक्षणको महत्व अझ बढेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij