Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

भीमेश्वरमा रासायनिक मल बिक्रीका लागि ९ सहकारी सिफारिस, वडा नं. २ मा सिंहवन छनोट

भीमेश्वरमा रासायनिक मल बिक्रीका लागि ९ सहकारी सिफारिस, वडा नं. २ मा सिंहवन छनोट

नेपाल सम्वत् ११४६, दिल्लागाः १० दशमी (२३ साउन, २०८३, ८ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रासायनिक मल बिक्री तथा वितरण गर्न ९ वटा सहकारी संस्थालाई छनोट गरी सिफारिस गरेको छ।

स्थानीय तह मल वितरण व्यवस्थापन समितिको साउन २१ गते बसेको बैठकको निर्णयअनुसार रीतपूर्वक आवेदन दिएका सहकारीमध्ये ९ वटा संस्थालाई मल बिक्री तथा वितरणका लागि सम्बन्धित कार्यालयमा सिफारिस गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार अन्तिम मितिसम्म १४ वटा सहकारी संस्थाले आवेदन दिएका थिए। तीमध्ये ९ वटा सहकारी छनोट भएका हुन्। बाँकी ५ वटा सहकारी छनोटमा नपर्नुको कारणबारे नगरपालिकाले सार्वजनिक सूचनामा विस्तृत जानकारी दिएको छैन।

वडा नं. २ बाट मात्रै तीन वटा सहकारी संस्थाले आवेदन दिएका थिए। तीमध्ये सिंहवन कृषि सहकारी संस्था लिमिटेडलाई रासायनिक मल बिक्री तथा वितरणका लागि छनोट गरिएको छ। सिंहवनले वडा नं. २ का किसानलाई मल वितरण गर्नेछ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीद्वारा जारी सूचनाअनुसार छनोट भएका सहकारी र उनीहरूले मल वितरण गर्ने वडा यसप्रकार छन्।

सिंहवन कृषि सहकारी संस्था लिमिटेडले वडा नं. २, पौरखी कृषि सहकारी संस्था लिमिटेडले वडा नं. ६, जितु सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले वडा नं. ४, समाज सेवा साना किसान कृषि सहकारी संस्था लिमिटेडले वडा नं. ७ र बोच लाकुरी साना किसान कृषि सहकारी संस्था लिमिटेडले वडा नं. ८ मा मल वितरण गर्नेछन्।

त्यस्तै, सेती चन्द्र भूमे प्राङ्गारिक कृषि सहकारी संस्था लिमिटेडले वडा नं. १, अनमोल कृषि सहकारी संस्था लिमिटेडले वडा नं. ९, जुनतारा कृषि सहकारी संस्था लिमिटेडले वडा नं. ३ र सूर्योदय चरीकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वडा नं. ५ मा रासायनिक मल वितरण गर्ने जिम्मेवारी पाएका छन्।

यसअघि आवेदन प्रक्रियामा वडा नं. १ बाट कुनै पनि सहकारी सहभागी नभएको अवस्थामा अब सेती चन्द्र भूमे प्राङ्गारिक कृषि सहकारी संस्था लिमिटेडलाई उक्त वडामा मल वितरण गर्ने जिम्मेवारी दिइएको छ। यससँगै भीमेश्वर नगरपालिकाका सबै वडामा रासायनिक मल वितरणका लागि सहकारीको व्यवस्था भएको छ।

notice-urea.jpg
undefined

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार