

नेपाल सम्वत् ११४४, कौलागाः ८ (८ कार्तिक, २०८१) विहीवार, बाँपीझ्याला । पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ । उपत्यकावासीको माग अनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
खुद्रामा यसको मूल्य प्रतिकेजी दुई सय रुपियाँदेखि २५० रुपियाँसम्ममा किनबेच भइरहेको छ । समितिका अनुसार केही दिनअगाडि देशभर आएको अविरल वर्षाले गोलभेँडा खेतीमा क्षति पुगेकाले मूल्य उच्च भएको हो । कालीमाटीका व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले गोलभेँडाको मूल्य यति धेरै महँगो भएको यो पहिलो पटक भएको बताउनुभयो ।
उहाँका अनुसार यहाँभन्दा अघि गोलभेँडाको मूल्य यति धेरै महँगिएको थिएन । उपभोक्ताले बढीमा १५० देखि १८० रुपियाँ तिरेका थिए । उहाँका अनुसार अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट तीन हजारदेखि तीन हजार पाँच सय रुपियाँसम्म पुगेको छ । तिहारपछि बिस्तारै गोलभेँडाको मूल्य घट्ने बताउनुभयो । आचार्यका अनुसार हाल काठमाडौँ र भक्तपुरका केही ठाउँबाट गोलभेँडा आइरहेको छ ।
यसअघि काठमाडौँ उपत्यका, चितवन, रामेछाप, धादिङ, पालुङ, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटलगायतका जिल्लाबाट कालीमाटी तरकारी बजारमा गोलभेँडा आउने गरेका थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij