Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

भारतीय स्थल सेनाध्यक्ष सेठ चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए

भारतीय स्थल सेनाध्यक्ष सेठ चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ७ सप्तमी (३ भाद्र २०८३, १९ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका जनरल सेठ तथा उनकी श्रीमती कोमल सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजङ्ग केसी र उनकी धर्मपत्नीले बिदाइ गरेका थिए।

भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए। त्यसैगरी उनले राष्ट्रपति पौडेल, प्रधानमन्त्री तथा रक्षामन्त्री र प्रधान सेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

नेपाली सेनाका अनुसार जनरल सेठको नेपाल भ्रमणले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन योगदान पुगेको छ।

 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार