
नेपाल सम्वत् ११४४, यँलाथ्वः २ (२० भाद्र, २०८१) बिहीबार, बाँपीझ्याला । सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलसँग दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुका प्रमुखहरुको आज भदौ २० मा शिष्टाचार भेट भएको छ ।
उक्त भेटघाटमा प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलिया, नेपाल, प्रमुख निर्वाचन आयुक्त श्री दासो सोनाम तोग्बे, भुटान, निर्वाचन आयोगका अध्यक्ष श्री फुवाड थौफिक, माल्दिभ्स, निर्वाचन आयोगका अध्यक्ष श्री आर. एम ए. एल रथ्नायेके, श्रीलंका, निर्वाचन आयोगका उपनिर्वाचन आयुक्त श्री नितेश व्यास, भारत र उच्च अधिकारीहरुको सहभागिता रहेको थियो भनी आज जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, यसरी भेटघाटको क्रममा सम्माननीय राष्ट्रपतिज्यूबाट आवधिक निर्वाचन लोकतन्त्रको आधार भएकोले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन आवश्यक रहेको बताउनु भयो । उहाँले दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (FEMBoSA) मार्फत सदस्य राष्ट्रहरुका निर्वाचन गर्ने निकायहरुबीच आपसी सहयोग विस्तार हुँदै गएकोमा प्रसन्नता व्यक्त गर्नु भयो ।

उक्त अवसरमा नेपालका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाले दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (FEMBoSA) को १२औं सम्मेलनमा छलफल भएका विषयहरुको बारेमा जानकारी गराउँदै यस सम्मेलनबाट नेपालले उक्त मञ्चको अध्यक्षता ग्रहण गरेको विषय जानकारी गराउनु भएको थियो ।
यसैगरी भुटानका प्रमुख निर्वाचन आयुक्त, माल्दिभ्सका निर्वाचन आयोग अध्यक्ष, श्रीलंकाका निर्वाचन आयोग अध्यक्ष र भारतका निर्वाचन आयोगका उपनिर्वाचन आयुक्तले आ–आफ्नो मन्तव्य राख्दै यस सम्मेलन उपलब्धिमूलक भएको बताउनु भएको थियो भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij